• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्वभरका नेपालीलाई “बुद्ध पार्क ” परियोजनामा सहयोग गर्न र सहभागी हुन आव्हान

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक १४, बिहीबार ०४:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालको लुकेको स्वर्ग” नामक विश्वव्यापी प्रचार अभियान आगामी नोभेम्बर १, २०२५ अर्थात कात्तिक १५ मा सुरु हुँने भएको छ । सो अवसरमा राति १० बजेर ४५ मिनेट नेपाली समय अनुसार टिकटक र अन्य सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सहभागिता जनाउने मिल्ने गरी कार्यक्रम तय गरिएको छ। अमेरिकाको वासिङ्टन राज्यका लागि नेपालको महावाणिज्यदूत एसी शेर्पाको नेतृत्वमा सुरु गरिएको यस अभियानको उद्देश्य विश्वभरका नेपालीलाई एकजुट गरी सोलुखुम्बु र ओखलढुंगा बीच अवस्थित सुन्दर पिके पीक क्षेत्रमा निर्माण हुने “बुद्ध पार्क” परियोजनामा योगदान गर्न प्रेरित गर्नु रहेको महावाणिज्यदुत शेर्पाले बताएका छन ।
    आयोजकहरूले जनाए अनुसार टिकटक गेमबाट संकलित सम्पूर्ण रकम उक्त पार्कको निर्माणमा खर्च गरिनेछ। यो पार्क शान्ति, संस्कृति र एकताको प्रतीकका रूपमा विकास गरिनेछ—जहाँ पर्यटकहरूले ध्यान गर्न, विश्राम लिन, स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यको आनन्द उठाउन सक्नेछन्। यस परियोजनाले नेपालको पर्यटन, स्थानीय अर्थतन्त्र र अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने आयोजकहरूको भनाइ छ।

    विश्वका नेपाली समुदायहरूलाई ध्यानमा राख्दै कार्यक्रममा समयतालिका यसरी तय गरिएको छ । अमेरिका र क्यानडामा दिउँसो १२ बजे, भारतमा राति १० बजे, पाकिस्तानमा राति ९.३० बजे, बेलायतमा साँझ ४.०० बजे, दुबईमा राति ८.०० बजे, सिंगापुर र मलेसियामा मध्यरात नोभेम्बर २० र थाइल्यान्डमा राति ११ बजे कार्यतालिका तय भएको् जनाइएको छ ।

    सानो सहयोगले पनि नेपालको शान्ति र प्रगतिका लागि ठूलो परिवर्तन ल्याउन सक्छ,” भन्ने नारा लेखिएको अभियानले नेपालको पर्यटन प्रर्वद्धनमा मुख्य भुमिका खेल्ने देखिन्छ । सहभागीहरूलाई टिकटकमा प्रत्यक्ष सहभागिता जनाउन, भिडियोहरू शेयर गर्न र अभियानलाई विश्वभर फैलाउन अनुरोध गरिएको छ, जसले पिके पीकलाई विश्वप्रसिद्ध पर्यटन गन्तव्य बनाउन सघाउनेछ।

    पर्वतारोही, तथा महावाणिज्यदुत एसी शेर्पाले विश्वका सातै महादेशका सर्वोच्च शिखरहरू, जसमा सगरमाथा समेत पर्दछ, आरोहण गरिसकेका छन्। उनी “सेभेन समिट फाउन्डेशन” का संस्थापक हुन्, जसले नेपालको दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवामा सहयोग पुर्‍याउँदै आएको छ। सोलुखुम्बुको टाप्टिङमा जन्मिएका शेर्पा लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धन र सामुदायिक विकासका गतिविधिमा सक्रिय छन्।

     

    Post Views: 182
    प्रकाशित मिति: २०८२ कार्तिक १४, बिहीबार ०४:४१
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.