• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

खाडीमा बस्नेले लडाई र आक्रमणको भिडियो खिचेर सामाजिक सन्जालमा राखे डिर्पोट गर्ने चेतावनी

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन १८, सोमबार ०६:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ईरानले दुवई र कतार लगायत अमेरिकाको आर्मी बेसमा आक्रमण गर्न थालेपछिको घटनामा एक नेपालीको निधन भएको छ । सो घटनाले यथार्थ भन्दा बढी सामाजिक सन्जालमा सनसनी फैलाएको भन्दै दुवई प्रहरीले घटनाको भिडियो सामाजिक सन्जालमा राखेको पाइएको आफ्नो नागरिकलाई कारबाही गर्ने र विदेशीलाई डिपोर्ट गर्ने सुचना जारी गरिएको छ । खासगरी यस्तो अवस्थामा ठुलो सख्यामा रहेका नेपालीहरुले यस विषयमा ख्याल गर्नुपर्ने अवस्था श्रृजना भएको छ । दुबई प्रहरीले विमानस्थल र दुबई क्षेत्रका कुनै पनि भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोधात्मक चेतावनी दिएको हो ।

    दबई, कतारलगायतका मध्यपूर्वमा भइरहेको इरान अमेरिका तनाव क्रममा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुलाई प्रहरीले त्यस्ता भिडियो पोस्ट नगर्न, डिलिट गर्न र कसैलाई पनि नपठाउन आग्रह गरेको हो । ‘यसले तपाईं र हाम्रो सुरक्षा र हित गर्दैैन,’ प्रहरीले भिडियो सन्देशमा भनेका छन्, ‘यसले अर्को वर्गलाई मात्र फाइदा पुग्छ, सबै भिडियो खिच्दै पोस्ट गर्न माहिर हुनुहुन्छ र अर्को पक्षले सजिलै फाइदा लिइरहेको छ, यसैले यो काम बन्द गर्नुहोस् ।’ प्रहरीले भनेको छ, ‘यदि काम रोकिएन र भिडियो खिच्ने फेला परे डिपोर्टसम्मको कारबाही गर्न बाध्य हुनेछौँ ।’

     मध्यपूर्व (खाडी) देशहरूमा १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्वी देशमा १७ लाख २९ हजार २ सय ८८ नेपाली छन् । वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि ती देश गएका नेपालीको यकिन संख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।

    परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काका अनुसार हाल इरानमा ६ जना नेपाली छन् ।

    इजरायल र अमेरिकाले शनिबार इरानमा हवाई आक्रमण गरेको थियो । आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    उनको हत्यापछि इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण गर्दै आएको छ । जसले गर्दा ती देशमा रहेका नेपालीको सुरक्षाप्रति चिन्ता र चासो व्यक्त हुँदै आएको छ ।

    परराष्ट्र मन्त्रालयले आज गरेको पत्रकार सम्मेलन मार्फत ती देशमा रहेका नेपालीको यकिन संख्याबारे जानकारी दिएको हो । इरान, युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत, इराक, बहराइन, ओमान, साइप्रस, इजरायल, लेबनान र इजिप्टमा उक्त संख्यामा नेपाली रहेको सहसचिव खड्काले बताए ।

    उक्त तथ्यांक मध्यपूर्वस्थित नेपाली राजदूतावासहरूबाट लिखित रूपमा प्राप्त भएको उनको भनाइ छ । त्यहाँको सरकारी निकायबाट परराष्ट्र मन्त्रालय मार्फत उपलब्ध भएको तथ्यांक रहेको र यसमा अवैध रूपमा बस्दै आएका नेपालीको संख्या नहुन सक्ने बताए ।

    Post Views: 183
    प्रकाशित मिति: २०८२ फाल्गुन १८, सोमबार ०६:३९
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.