• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ४, शुक्रबार ०८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले १८ सयदेखि २ हजार  रोजगारी कटौती गर्ने भएको छ । आफ्नो आर्थिक दबाबलाई कम गर्न झन्डै १० प्रतिशत कर्मचारी कटौती गरिने बीबीसीले जनाएको हो ।  बीबीसीका अन्तरिम महानिर्देशक टाल्फान डेभिसले सबै च्यानल वा सेवा बन्द हुनसक्ने संभावना पनि कायमै रहेको बताएका छन् ।

    ‘हामीले सबै कुरा हेर्न जरुरी छ । हामीले आगामी दुई वर्षभित्र ५० करोड पाउन्ड हाराहारीमा रकम जोगाउनुपर्ने  छ । यसका लागि केही ठूला र कठिन निर्णय हुनेछन् । तर, सबै कदम गम्भीरतापूर्वक चाल्नेछौं,’ रेडियो फोरको बीबीसी मिडिया शोसँग उनले भने । ‘जागिर कटौती कर्मचारीहरूको लागि साँच्चै कठिन खबर हुनेछ,’ उनले भने ।

    बेलायतको प्रशारण संघकी प्रमुख फिलिप्पा चाइल्ड्सले “यति ठूलो मात्रामा कर्मचारी कटौती बीबीसीका लागि विनाशकारी हुने चेतावनी दिइन् । बीबीसीमा अहिले झन्डै २१,५०० पूर्ण–कालीन कर्मचारीहरु छन् ।

    बुधबार कर्मचारीहरुलाई पठाएको इमेलमा निमित्त महानिर्देशक टल्फानले  कम्पनीले उल्लेखनीय आर्थिक दबाब झेलिरहेको जनाएका छन् ।

    ‘हाम्रो लागत र हाम्रो आम्दानी बीचको खाडल बढ्दै गइरहेको छ । यसका धेरै कारणहरु छन् । मुद्रास्फीति धेरै उच्च छ । हाम्रो इजाजतपत्र शुल्क र व्यावसायिक आम्दानी दबाबमा छ र विश्वव्यापी अर्थतन्त्र अशान्त छ,’ इमेलमा लेखिएको छ । प्रशारक संघकी प्रमुख चाइल्ड्सले समाचार उद्योग केही बहुराष्ट्रिय निगमहरूको हातमा केन्द्रित हुँदै गएको समयमा बीबीसीलाई अझै सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताइन् ।

    ‘बेलायतलाई पहिलेभन्दा बढी आत्मविश्वासी, महत्वाकांक्षी र दिगो रूपमा वित्त पोषित बीबीसी आवश्यकता छ ,’ उनले भनिन् । उनले बीबीसीको कोषलाई अझै सुरक्षित र बलियो बनाउनका लागि सरकारले नीतिहरु ल्याउनुपर्ने बताइन् ।

    Post Views: 130
    प्रकाशित मिति: २०८३ बैशाख ४, शुक्रबार ०८:५१
    Advertisement
    संबन्धित शिर्षकहरु
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल
    Advertisement
    ताजा अपडेट
    • १. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • २. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    चर्चित
    • १. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • २. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ५. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.