अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलाएको भनेर पक्राउ परेका आरोपित ‘पार्ट-टाइम’ शिक्षक रहेको खुलेको छ। वासिङ्टन हिल्टन होटलमा शनिबार ह्वाइट हाउस संवाददाताहरूले राखेको रात्री भोजमा भएको गोलीकाण्डका आरोपित क्यालिफोर्निया राज्यको टोरन्सका कोल टोमस एलेन रहेको सुरक्षा अधिकारीहरूले पहिचान गरेका छन्।

आक्रमणको उद्देश्य अझै खुल्न सकेको छैन। अहिलेसम्म खुलेको छैन। तर संघीय निर्वाचन आयोगको अभिलेखका अनुसार सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अघि उनले ट्रम्पकी प्रतिद्न्दी कमला ह्यारिसलाई २५ डलर चन्दा दिएका थिए। क्यालिफोर्निया इन्सटिच्युट अफ टेक्नोलोजी (क्याल्टेक) बाट स्नातक गरेका एलेन ‘पार्ट-टाइम’ शिक्षकका रूपमा काम गर्थे। उनी भिडियो गेम डेभेलपर रहेको पनि खुलेको छ।
कोलसँग सम्बन्धित फेसबुक पोस्टहरूका अनुसार, उनलाई डिसेम्बर २०२४ मा टोरन्सस्थित ‘सी२ एजुकेसन’को कार्यालयले महिनाको उत्कृष्ट शिक्षक घोषित गरेको थियो। ‘सी२ एजुकेसन’ कलेज जान चाहने विद्यार्थीहरूका लागि देशव्यापी रूपमा सञ्चालित एक निजी परीक्षा तयारी र ट्युसन सेवा हो।
अन्दाजी ३१ वर्षका एलेन कार्यक्रम हुने वासिङ्टन हिल्टन होटलमा पाहुनाका रूपमा बसेको प्रहरीले अनुमान गरेको छ। उनको नाममा रहेको लिन्क्डइन प्रोफाइलमा उनले आफूलाई डिग्रीले मेकानिकल इन्जिनियर र कम्प्युटर वैज्ञानिक, अनुभवले स्वतन्त्र गेम डेभेलपर, र जन्मले शिक्षक भनेर वर्णन गरेको रोयटर्सले जनाएको छ।
डोनाल्ड ट्रम्पले आयोजित वार्षिक पत्रकार सम्मेलनमा आफ्नो प्रशासनका उपलब्धि, आगामी नीति तथा राष्ट्रिय प्राथमिकताबारे विस्तृत धारणा सार्वजनिक गर्ने गरी पत्रकार सम्मेलन आयोजना गरिएको थियो । राष्ट्रपतिले विगत एक वर्षमा अर्थतन्त्र, रोजगारी सिर्जना, राष्ट्रिय सुरक्षा र विदेश नीतिमा भएको प्रगतिलाई मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरे। उनले अमेरिकी अर्थतन्त्रलाई सुदृढ बनाउन अपनाइएका कदमहरूले सकारात्मक परिणाम दिएको दाबी गरेका थिए । आगामी योजनाबारे बोल्दै राष्ट्रपतिले पूर्वाधार विकास, आप्रवासन नीति सुधार, तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा सरकारको ध्यान केन्द्रित रहने उल्लेख गरे। उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति निर्माण गरिने पनि बताए।
पत्रकारहरूले सम्मेलनमा विभिन्न समसामयिक र विवादित विषयमा प्रश्न उठाएका थिए। त्यस क्रममा राष्ट्रपतिले सरकारका निर्णयहरूको बचाउ गर्दै आलोचनाप्रति प्रतिक्रिया जनाए। उनले प्रशासन पारदर्शी र जवाफदेही रहेको दाबीसमेत गरे। वार्षिक पत्रकार सम्मेलनलाई सरकार र मिडियाबीच प्रत्यक्ष संवादको महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ, जहाँ राष्ट्रपतिले आफ्नो धारणा सार्वजनिक गर्नुका साथै जनताको चासोका विषयमा स्पष्टता दिने प्रयास गर्छन्।





