• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीको जानकारीमुलक कार्यक्रम टोक्योमा सम्पन्न

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख २१, सोमबार ०६:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    टोक्यो । विदेशमा रहेका नेपालीहरुको पुँजी र सिपलाई एकीकृत गरी नेपालको समृद्धिका लागि परिचालन गर्ने उद्देश्यका साथ महेश कुमार श्रेष्ठको नेतृत्वमा अघि बढाइएको ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को बारेमा जापानको राजधानी टोक्योमा एक भव्य अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

    आइतबार आयोजित उक्त विशेष कार्यक्रममा कम्पनीको अवधारणा, भावी योजना र लगानीका क्षेत्रहरुका बारेमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा अभियानका संयोजक एवं गैरआवासीय नेपाली संघका निर्वतमान अध्यक्ष महेश कुमार श्रेष्ठले गैरआवासीय नेपालीहरुको सानो–सानो पुँजीलाई एकत्रित गरेर ठूला र गौरवका आयोजनामा लगानी गर्ने लक्ष्य रहेको बताए ।

    कार्यक्रममा श्रेष्ठले कम्पनीले मुख्यगरी जलविद्युत, पर्यटन, कृषि, र पूर्वाधारका क्षेत्रमा लगानी केन्द्रित गर्ने जानकारी दिए । ‘हामी केवल लगानी मात्र गर्दैनौँ, विदेशमा सिकेको सीप र प्रविधिलाई पनि नेपाल भित्र्याउनेछौँ,’ उनले भने । पारदर्शी ढंगले सामूहिक लगानीको अवधारणा कार्यान्वयनमा ल्याइने भएकाले यसमा जोखिम न्यून र प्रतिफलको सुनिश्चितता रहने दाबी समेत गरिएको थियो ।

    कार्यक्रममा जापानमा रहेका विभिन्न क्षेत्रका व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारण नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरुले सामूहिक लगानीकोे अवधारणालाई स्वागत गर्दै लगानीको सुरक्षा र सरकारी नीतिबारे जिज्ञासा राखेका थिए ।

    जापानवासी नेपालीहरुले सो कम्पनी मार्फत नेपालको विकासमा जोडिन पाउने अवसरलाई उत्साहका साथ हेरेका छन्। कार्यक्रममा सहभागी केही व्यवसायीहरुले सामूहिक लगानी मार्फत राष्ट्रिय गौरवका आयोजनामा साझेदारी गर्न आफूहरु तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।

    नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठुलो योगदान रहे पनि त्यसलाई उत्पादनशील क्षेत्रमा लगाउन नसकिएको अवस्थामा यो कम्पनीले एउटा भरपर्दो पुलको काम गर्ने अपेक्षा गरिएको छ । ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’ले संसारभर छरिएका नेपालीहरुलाई एउटै छातामुनि ल्याएर ठूला आयोजनाहरु निर्माण गर्ने लक्ष्य राखेको छ । उक्त कार्यक्रममा श्रेष्ठले आगामी दिनमा अन्य मुलुकहरुमा पनि यस्तै किसिमका अन्तक्र्रिया कार्यक्रमहरु आयोजना गरी लगानीकर्ताहरुलाई जोड्ने योजना रहेको सुनाए ।कम्पनीको डाइरेक्टरमा गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष रोविन शेरचन रहेका छन् ।

    Post Views: 15
    प्रकाशित मिति: २०८३ बैशाख २१, सोमबार ०६:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा नेपाल चेम्बर अफ कमर्स अध्यक्षमा गोकर्ण लमिछाने निर्वाचित
    लिपुलेकबारे नेपालले भारत र चीनलाई पठायो ६ बुँदे कूटनीतिक नोट
    लिक बाहिर गएको कुटनीति लिकमा ल्याउदै बालेन सरकार
    Advertisement
    ताजा अपडेट
    • १. डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीको जानकारीमुलक कार्यक्रम टोक्योमा सम्पन्न

    • २. क्यानडा नेपाल चेम्बर अफ कमर्स अध्यक्षमा गोकर्ण लमिछाने निर्वाचित

    • ३. लिपुलेकबारे नेपालले भारत र चीनलाई पठायो ६ बुँदे कूटनीतिक नोट

    • ४. लिक बाहिर गएको कुटनीति लिकमा ल्याउदै बालेन सरकार

    • ५. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    चर्चित
    • १. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    • २. अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास

    • ३. अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै

    • ४. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ५. एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.