• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पलाई बेइजिङमा उच्च सम्मान, ट्रम्पको सम्मानमा स्टेट डिनर

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ३१, बिहीबार ०४:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भ्रमणका लागि चीन पुगेका छन्। चीनको राजधानी बेइजिङमा उनलाई उपराष्ट्रपति हान झेङले स्वागत गरे। उनी चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतामध्ये हुन्। यसअघि सन् २०१७ मा ट्रम्प चीन भ्रमणमा जाँदा तल्लो तहका नेताले स्वागत गरेका थिए। यसपटक उच्च तहका नेता स्वागतमा पठाइएकाले चीनले यो भ्रमणलाई विशेष महत्व दिइएको विश्लेषण गरिएको छ।

    ट्रम्पको भ्रमणमा अमेरिका र चीनबिच केही समययता चर्किएको भन्सार शुल्कसहित प्रविधिमा बढेको प्रतिस्पर्धा, इरान युद्ध तथा अमेरिकाको ताइवानसँगको सम्बन्धबारे छलफल हुने बताइएको छ।भ्रमणमा ट्रम्पले आफ्नो भ्रमणमा अमेरिकाका व्यापार तथा प्रविधिक उद्योगका चर्चित व्यवसायीलाई पनि लिएर गएका छन्। जसमा एलन मस्कदेखि टिम कुकलगायत छन्।

    ह्वाइट हाउसका अनुसार चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङले ट्रम्पको सम्मानमा स्टेट डिनर आयोजना गर्नेछन् । चीनमा यस्तो स्टेट डिनरलाई ठूलो कूटनीतिक सम्मानको रूपमा हेरिन्छ ।

    यस्ता कार्यक्रम सामान्यतया बेइजिङको ग्रेट हल अफ द पिपलमा आयोजना गरिन्छ, जहाँ चीनको उच्च नेतृत्वले विदेशी अतिथिको स्वागत गर्छ । यसमा दुवै देशका उच्च अधिकारी, व्यवसायी प्रतिनिधि र विशेष अतिथिहरू सहभागी हुने गर्छन् ।

    कूटनीतिक विशेषज्ञहरूका अनुसार कुनै विदेशी नेताको लागि चीनले जति ठूलो औपचारिक स्वागत गर्छ, त्यसलाई सम्बन्धको महत्वको संकेतका रुपमा हेरिन्छ । स्टेट डिनरमार्फत् अमेरिकासँगको सम्बन्धलाई रणनीतिकस्तरमा महत्व दिइरहेको सन्देश चीनले दिन खोजेको कूटनीतिज्ञहरूले बताएका छन्।

    ट्रम्पको पहिलो कार्यकालमा सन् २०१७ को चीन भ्रमणका बेला पनि राष्ट्रपति सीले विशेष स्वागत कार्यक्रम राखेका थिए ।

    Post Views: 57
    प्रकाशित मिति: २०८३ बैशाख ३१, बिहीबार ०४:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !
    सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने
    पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • २. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    • ३. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • ४. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • ५. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ४. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.