• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारतको सर्वोच्च अदालतले सोमबार र शुक्रबार भिडियो कन्फरेन्समार्फत् सुनुवाइ गर्ने

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ ३, आईतवार ०५:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — भारतको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतले पद्धतिमा आमूल परिवर्तन गर्दै आधुनिक र वातावरणमैत्री प्रणाली लागू गर्ने निर्णय गरेको छ । अदालतले मुद्दाको सुनुवाइ सोमबार र शुक्रबार भिडियो कन्फरेन्समार्फत मात्र गर्ने निर्णय गरेको छ ।

    सर्वोच्च अदालतद्वारा जारी निर्देशनअनुसार अब सोमबार र शुक्रबार तथा अन्य निर्धारित दिनहरूमा भिडियो कन्फरेन्समार्फत मात्र सुनुवाइ हुनेछ । यस निर्णयको एक भागको रूपमा, अदालतले कुनै पनि पक्षलाई समस्या नहोस् भन्नका लागि दर्ता शाखालाई सुनुवाईको लागि भिडियो लिङ्कहरू समयमै पठाउन र प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराउने सुनिश्चितताका लागि पनि निर्देशन दिएको छ।

    कोभिड–१९ महामारीपछि सुरु भएको डिजिटल सुनुवाइलाई अब स्थायी र व्यवस्थित ढाँचामा समावेश गरिएको अदालत प्रशासनले जनाएको छ ।

    इन्धन खपत कम गर्न सकियोस् र स्रोतहरूको राम्रो उपयोग गर्न सकियोस् भनी सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले सर्वसम्मतिले ‘कार–पुलिङ’ व्यवस्थालाई आपसमा बढावा दिने निर्णय गरेका छन् । वर्तमान विश्व परिस्थिति र ऊर्जा संरक्षणको आवश्यकतालाई मध्यनजर गर्दै यो कदम चालिएको हो । यसको उद्देश्य वातावरणमा पर्ने दबाब कम गर्नु पनि हो ।

    घरबाट नै सेवा

    सर्वोच्च अदालतको दर्तामा आबद्ध कर्मचारीका लागि पनि नयाँ प्रणाली लागू गरिएको छ । आदेशअनुसार प्रत्येक शाखा र शाखामा रहेका ५० प्रतिशत कर्मचारीले हप्ताको दुई दिन घरबाटै काम गर्न पाउनेछन् तर काम बिना कुनै अवरोध जारी राख्न सकियोस् भनी बाँकी कर्मचारीहरु कार्यालयमै उपस्थित हुने स्पष्ट पारिएको छ । कर्मचारीहरुलाई घरबाट सेवा (वर्क फ्रम होम) का दिन आफ्नो कार्यालय समयमा फोनमार्फत् उपलब्ध हुने सुनिश्चितता मिलाउन र आवश्यक परे तुरुन्त कार्यालय आउन तयार रहन निर्देशन दिइएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि इन्धनको खपत घटाउन अपिल गर्नुभएको थियो । यही क्रममा प्रधानमन्त्री आफैंसहित धेरै मन्त्रीले आफ्नो कार्यालय र सवारी समूहको आकार घटाएका थिए । यसबाहेक भारतका दिल्लीलगायतका कैयौँ राज्यले पनि अनुकुलताअनुसार ‘वर्क फ्रम होम’को आदेश दिएका थिए ।

    दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन घरबाटै काम गर्ने प्रणाली लागू गर्न आदेश दिनुभएको छ । आदेशमा निजी कम्पनीलाई पनि त्यसो गर्न निर्देशन दिने उल्लेख छ । दिल्लीको राज्य सरकारले अब ५० प्रतिशत बैठक अनलाइनबाट गरी इन्धनको बचत गर्न निर्देशन दिएको छ। श्रम विभाग र अन्य विभागले २० प्रतिशत कम इन्धन पाउनेछन्। सरकारका मन्त्रीहरू, विधायकहरू महानगर र दिल्ली ट्रान्सपोर्ट कर्पोरेसनद्वारा सञ्चालित हुने गाडीमा सवार गर्नेछन् । मन्त्रीहरुको विदेश भ्रमण स्थगित भएको छ । दिल्ली सरकारले तीन महिनासम्म ठूला सार्वजनिक कार्यक्रम नगर्ने भएको छ ।

    त्यसैगरी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सचिवालय र निर्देशालय स्तरमा एयर कन्डिसनर र लिफ्टको आवश्यकताको आधारमा प्रयोग गर्न निर्देशन दिँदै एसीको तापक्रम २४ देखि २६ डिग्री सेल्सियसको बीचमा राख्न आदेश दिनुभएको छ । यसका साथै ५० भन्दा बढी कर्मचारी भएका संस्थाहरुलाई सार्वजनिक यातायात, रेल यात्रा र कारपुलिङलाई प्रोत्साहित गर्न भनिएको छ ।

    रासस

    Post Views: 65
    प्रकाशित मिति: २०८३ जेष्ठ ३, आईतवार ०५:१४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.