• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ ९, शनिबार ०३:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालस्थित अमेरिकी दूतावासका कार्यरत सार्वजनिक मामिला प्रमुख माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्। पर्वतारोहण र कूटनीतिक सम्बन्ध दुवै क्षेत्रमा उल्लेखनीय उपलब्धि मानिएको उक्त आरोहण उनले मे २० तारिक बिहान ९ः१० बजे सगरमाथाको शिखरमा पुगेर सम्पन्न गरेका हुन्। पर्वतारोहण र कूटनीतिक सम्बन्धका लागि एउटा ऐतिहासिक उपलब्धिका रूपमा, अमेरिकास्थित अमेरिकी दुतावासका पब्लिक अफेयर्स प्रमुख माइक हार्कर विश्वको सर्वोच्च शिखर आरोहण गर्ने नेपालमा कार्यरत पहिलो अमेरिकी कुटनीतिज्ञ बनेका छन्।


    कूटनीतिक सेवामा रहँदै विश्वको सर्वोच्च शिखरमा पाइला टेक्ने ऐतिहासिक कीर्तिमान स्थापित गरेका छन्। यो उपलब्धिलाई अमेरिकाको २५०औँ स्वतन्त्रता दिवस “फ्रिडम २५०” का लागि गर्वको क्षण बनेको छ, जसले अमेरिकी आत्मबल, दृढता र अन्वेषणको भावनालाई स्मरण गराउँछ भन्दै नेपाल स्थित अमेरिकी दुतावासले आफ्नो प्रेश विज्ञप्तिमा उल्लेख गरेको छ ।

    हार्करले सन् २००६ मा अन्नपूर्ण आधार शिविरको पदयात्राका क्रममा पहिलो पटक नेपालसँग जोडिएपछि उनले त्यसयता हिमालय क्षेत्रसँग निरन्तर सम्बन्ध विस्तार गर्दै आएका थिए। कुटनीतिज्ञ “माइकको यो अभियान सन् २००६ मा अन्नपूर्ण आधार शिविरको पदयात्राबाट सुरु भएको करिब २० वर्ष लामो यात्राको परिणाम हो, जसले उनको नेपालसँगको जीवनभरको सम्बन्धलाई प्रारम्भ गरेको थियो।”, नेपालस्थित अमेरिकी दूतावासले उल्लेख गरेको छ ।

    दूतावासले यो सफलतालाई अमेरिका–नेपालबीच झण्डै आठ दशकदेखि कायम मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने प्रतीकका रूपमा समेत व्याख्या गरेको छ। साथै, दिगो साहसिक पर्यटनले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने सन्देश यसले दिएको उल्लेख गरिएको छ।

    त्यसैगरी, आरोहणले नेपालका शेर्पा समुदायको साहस, उच्चस्तरीय दक्षता र समर्पणलाई विशेष रूपमा उजागर गरेको दूतावासले जनाएको छ। हिमाली पर्वतारोहणको मेरुदण्डका रूपमा परिचित शेर्पा समुदायको योगदानबिना यस्तो उपलब्धि सम्भव नहुने पनि उल्लेख गरिएको छ। दुतावासको विज्ञप्तिमा यो आरोहणले नेपालको शेर्पा समुदायको साहस, विश्वस्तरीय दक्षता र समर्पणलाई उजागर गरेको छ। हिमाली पर्वतारोहणको वास्तविक आधारस्तम्भ उनीहरू नै हुन्, र उनीहरूको योगदानबिना यो उपलब्धि सम्भव हुने थिएन। सगरमाथाको संरक्षण गर्नु अत्यन्त आवश्यक छ, ताकि यो विश्वप्रसिद्ध सम्पदाले आगामी पुस्तासम्म हिमाली समुदायलाई सहयोग पुर्‍याउँदै साहसिक यात्रुहरूलाई प्रेरित गरिरहोस् भन्दै शुभकामना व्यक्त गरिएको छ ।

    Post Views: 95
    प्रकाशित मिति: २०८३ जेष्ठ ९, शनिबार ०३:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ
    परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित !
    थाईल्याण्डले किन घटायो पर्यटकहरुको फ्रिभिषा अबधि ?
    Advertisement
    ताजा अपडेट
    • १. द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

    • २. परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित !

    • ३. थाईल्याण्डले किन घटायो पर्यटकहरुको फ्रिभिषा अबधि ?

    • ४. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ३. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    • ४. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ५. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.