• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ १६, शनिबार ०९:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालीहरूका लागि इजरायल रोजगारी खुला भएको छ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत नै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न २३ सय जना नेपाली श्रमिकको माग भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।  विभागका अनुसार इजरायलको दीर्घकालीन स्याहार केन्द्र (वेताबोध) का लागि केयर गिभर अर्थात् सहायक श्रमिक माग भएको हो । योग्यता पुगेकाहरूले १३ जेठदेखि ७ असारसम्म आवेदन दिन पाउनेछन्, जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन् ।

    छनोट भएका मध्ये पहिलो चरणमा १ हजार जनालाई तत्काल रोजगार प्रक्रियामा समावेश गराइने र बाँकी १३ सय जनालाई भने पहिलो चरणको प्रक्रिया पूरा भएपछि इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआईबीए) को आवश्यकताअनुसार रोजगार प्रक्रियामा समावेश गरिने विभागले उल्लेख गरेको छ । योग्यता पुगेकाहरूमध्ये अन्तिम छनोट भने लक्की ड्रबाट हुनेछ । लक्की ड्रमार्फत छनोट नभएकाहरूलाई इजरायलले रोजगार प्रक्रियामा समावेश गराइने छैन । विभागका अनुसार नेपाल र इजरायलबीच भएको श्रम सम्झौतामा नै लक्की ड्रमार्फत छनोट नभएकालाई रोजगार प्रक्रियामा समावेश गराउन इजरायल बाध्य नहुने व्यवस्था छ ।

    योपटक केयरगिभरको रूपमा इजरायल जानका लागि हिब्रु भाषा अनिवार्य गरिएको छैन । तर, अङ्ग्रेजी भाषा भने जानेको र इजरायल सरकारले तोकेको मापदण्ड अंग्रेजी भाषा परीक्षणमा भने पास हुनुपर्छ । केयर गिभरको काममा जानेले गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका जुनसुकै उमेरका व्यक्तिहरूको स्याहार गर्नुपर्ने हुन्छ ।

    केयर गिभरको काममा छनोट भएर इजरायल रोजगारीमा जान सफल हुनेले मासिक तलब ६४४३.८५ इजरायली मुद्रा अर्थात् झण्डै साढे ३ लाख रुपैयाँ पाउनेछन् । इजरायली सरकारको नियमानुसार ओभर टाइम पनि पाइन्छ । काम भने हप्तामा ६ दिन मात्रै गर्नुपर्छ । अतिरिक्त समयबाहेक हप्तामा ४२ घण्टा मात्रै काम गर्नुपर्छ ।

    इजरायली कानुनअनुसार वार्षिक बिदा पनि पाइन्छ । तर, खाने र बस्ने खर्च भने व्यक्ति स्वयम्‌ले नै व्यहोर्नुपर्नेछ । आवासको प्रबन्ध रोजगारदाताले गर्नेछन् तर खर्च भने आफैँले तिर्नुपर्छ । सुरुमा करार अवधि एक वर्षको हुनेछ । तर, करार अवधि थप गर्न सकिने सुविधा भने छ । यदि करार अवधि थप भयो भने यसरी जाने कामदारले पाँच वर्षसम्म इजरायलमा काम गर्न पाउनेछन् ।

    केयर गिभरको काममा जानका लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । उचाइ कम्तीमा पनि १.५ मिटर अर्थात् ४.९ फिट र तौल ४५ किलोभन्दा कम हुनु हुँदैन । शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको भए पनि हुन्छ ।

    अथवा, प्लस टु वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिमप्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको भए पनि हुन्छ । तर, याद गर्नुपर्ने कुरा के हो भने, पहिले नै इजरायल गई काम गरेको र बाबु, आमा, पति, पत्नी र छोराछोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्छ । यदि त्यस्तो भएमा आवेदन दिन पाइँदैन ।

    शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको, कुनै पनि प्रकारका जीर्ण रोगहरू जस्तै; क्षयरोग, हेपाटाइटिस, भिरिङ्गी, गोनोरिया र एड्स लागेको हुनु हुँदैन भने कुनै पनि दुर्व्यसनमा लागेको हुनु हुँदैन । गह्रौँ सामान उचाल्न सक्नेलगायत स्याहार केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न सामर्थ्य भएको हुनुपर्छ । आवेदन दिँदा पासपोर्टको म्याद कम्तीमा पनि ३ वर्ष बाँकी रहेको हुनुपर्छ ।

    अंग्रेजी भाषा परीक्षणको प्रमाणपत्रको रूपमा इजरायलको बीआईबीएले तोकेको CIIN international qualifications pvt ltd त्रिपुरेश्वर काठमाडौंबाट लिइएको क्याम्ब्रिज अपस्किल इङ्लिस टेस्ट क्याम्ब्रिज युनिर्भसिटी प्रेस एन्ड असिस्टेन्टको कम्तीमा रिडिङ  ए २, राइटिङ ए १, लिस्टनिङ ए २ र स्पिकिङ बी १ भएको प्रमाणपत्र आवश्यक पर्छ । यो प्रमाणपत्र आवेदन दिँदा नै पेस गर्नुपर्छ । नत्र दरखास्त स्वीकृत हुँदैन ।

    पूर्वसर्त के हुन् ?

    इजरायल जानका लागि छनोट भएका व्यक्तिहरूले केही पूर्वसर्त पनि पूरा गर्नुपर्ने विभागले जनाएको छ । आवश्यक परेमा इजरायल जानुअघि ७२ घण्टाअगाडि आफ्नै खर्चमा कोभिडको परीक्षण गराएर संक्रमण नभएको पुष्टि गर्नुपर्ने हुन्छ । यसका साथै इजरायल प्रवेश गरेपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले तोकेअनुसार आवश्यक खोप लिनुपर्ने र खोप लिन अस्वीकार गर्न नपाइने पनि पूर्वसर्त छ ।

    त्यस्तै, वैदेशिक रोजगार विभागले तोकेबमोजिमको समयमा इजरायल सरकारले तोकेको ढाँचामा द्विपक्षीय श्रम सम्झौताअनुसार सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराएको प्रमाणपत्र पेस गर्नुपर्छ । यहाँबाट केयर गिभरको काममा भनेर गएपछि सम्झौतामा उल्लेख भएका बाहेकका अन्य क्षेत्रमा काम गर्न पाइने छैन ।

    आवेदन दिने प्रक्रिया

    यी योग्यता पूरा भएकाले वैदेशिक रोजगार विभागको वेबसाइट https://ferms.dofe.gov.np मा गई अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । अनलाइन फारम के कसरी भर्ने भन्ने सम्पूर्ण जानकारी विभागको वेबसाइटमै उपलब्ध छ ।

    आवेदन स्वीकृत भएपछि तपाईंले राख्नुभएको मोबाइल नम्बर वा इमेलमा नै आवेदन स्वीकृत वा अस्वीकृत भएको अथवा थप कागजात आवश्यक भएमा सोसम्बन्धी थप जानकारी आउनेछ । त्यसैले आवेदन दिँदा मोबाइल नम्बर र इमेल भने आधिकारिक प्रयोग गर्नुपर्छ ।

    आवेदन दिँदा पासपोर्ट र वैध प्रहरी चारित्रिक प्रमाणपत्र स्क्यान गरी कपीसमेत अपलोड गर्नुपर्छ । उम्मेदवारले स्वयम् घोषणा गरेको उचाइ र तौल तोकिएको भन्दा कम भएमा पनि रोस्टरबाट नाम हट्ने विभागले जनाएको छ ।

    आवेदन दिएकाहरूको पहिलो चरणमा विभागको एफईआरएमएस प्रणालीबाट स्वीकृत भएका उम्मेदवारहरूको सूची तयार हुन्छ । छनोट समितले योग्य उम्मेदवारहरूको सूचीको अन्तिम रोस्टर तयार पारी इजरायलको बीआईबीएलाई जाँचबुझका लागि पठाउँछ । बीआईबीएको जाँचबुझमा सफल भएका उम्मेदवारहरूको सूची आएपछि विभागले आफ्नो वेबसाइटमा प्रकाशित गर्ने गर्छ । त्यसपछि बीआईबीएले नै उसको आफ्नो नियमअनुसार अन्तिम रोस्टरमा भएका उम्मेदवारहरूबाट लक्की ड्र प्रक्रियामार्फत आवश्यक कामदार छनोट गर्ने विभागले जनाएको छ ।

    छनोट भएकाहरूमध्ये पहिलो चरणमा एक हजार जनालाई जतिसक्दो छिटो पठाउने र बाँकीलाई पनि पहिलो चरणको प्रक्रिया पूरा भएपश्चात् पीआईबीएको आवश्यकताअनुसार रोजगार प्रक्रियामा समावेश गराइन्छ ।

     

    दुई देशबीच भएको सम्झौताअनुसार सरकारी प्रक्रियामार्फत नै श्रमिक पठाउने भएकाले हवाई भाडा, स्वास्थ्य परीक्षण, अंग्रेजी भाषा परीक्षण, बीमा र सामाजिक सुरक्षा कोषबापतको रकम श्रमिकले नै तिर्नुपर्छ । हवाई भाडा श्रमिक उड्ने समयको प्रचलित बजारदर अनुसार लाग्छ ।  स्वास्थ्य बीमा उमेरअनुसार ३ हजार ७०८ देखि ४ हजार ९३१ रुपैयाँसम्म पर्छ भने पूर्वप्रस्थान अभिमुखीकरण तालिमको ७ सय रुपैयाँ तिर्नुपर्छ । तर, महिलाको हकमा भने ७ सय रुपैयाँ तिर्न पर्दैन । निःशुल्क हुन्छ । वैदेशिक रोजगार कल्याणकारी कोषमा १५ सय रुपैयाँ जम्मा गर्नुपर्छ भने सामाजिक सुरक्षा कोषमा २ हजार ३०८ रुपैयाँ जम्मा गर्नुपर्छ । यसबाहेक यदि उडान हुनुभन्दा अघि कोरोना परीक्षण गर्नुपर्‍यो भने त्यसको पनि शुल्क व्यक्ति स्वयम्‌ले नै तिर्नुपर्छ ।

    Post Views: 73
    प्रकाशित मिति: २०८३ जेष्ठ १६, शनिबार ०९:५४
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी
    काठमाडौं उपत्यकादेखि सिलिकन भ्यालीसम्मको यात्रामा नेपाली युवाको यात्रा
    राहदानी छपाइमा अनियमितताः पूर्वपराष्ट्रमन्त्री र सचिवसँग अख्तियारको बयान कागज
    Advertisement
    ताजा अपडेट
    • १. नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी

    • २. काठमाडौं उपत्यकादेखि सिलिकन भ्यालीसम्मको यात्रामा नेपाली युवाको यात्रा

    • ३. राहदानी छपाइमा अनियमितताः पूर्वपराष्ट्रमन्त्री र सचिवसँग अख्तियारको बयान कागज

    • ४. इजरायलमा केयरगिभर : आवेदकले प्रहरी प्रतिवेदन पछि बुझाउँदा हुने

    • ५. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ४. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ५. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.