• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ १८, सोमबार ०४:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालको हिमाली पर्यटन र पर्वतारोहण क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउन अमेरिकी प्रविधि महत्त्वपूर्ण सारथि बन्न सक्ने अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले बताएकी छिन्। नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजित ‘द एसेन्ट समिट’ मा बोल्दै अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले पर्वतारोहण क्षेत्रमा अमेरिकी प्रविधिको सम्भावना र द्विपक्षीय सहकार्यको आवश्यकतामा जोड दिइन्।

    उनले खासगरी नेपालको भौगोलिक चुनौती र बदलिँदो वातावरणीय अवस्थामा आधुनिक प्रविधिको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरिन्। रोजर्सले नेपाललाई अमेरिकाको विश्वासिलो साझेदारका रूपमा वर्णन गर्दै नवप्रवर्तन, उद्यमशीलता, शिक्षा तथा सुरक्षित प्रविधि समाधानका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको स्पष्ट पारिन्। उनले हिमालले संसारलाई साहस, धैर्य र सहकार्यको पाठ सिकाउने उल्लेख गर्दै यही मूल्यले नेपाल–अमेरिका सम्बन्धलाई पनि मार्गदर्शन गरिरहेको बताइन्।

    ‘हिमालमा सफलता केवल शिखरमा पुग्नु मात्र होइन, त्यो कोसँग यात्रा गरिन्छ भन्ने कुराले पनि निर्धारण गर्छ,’ उनले भनिन् ‘संयुक्त राज्य अमेरिका नेपालसँगको ७९ वर्ष पुरानो मित्रतालाई गर्वका साथ अगाडि बढाउँदै भविष्यमा अझ धेरै सफलताको शिखरहरू सँगै चढ्न चाहन्छ।’

    उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीचको ६ दशकभन्दा लामो पर्वतारोहण सम्बन्धको स्मरण समेत गरिन्। सन् १९६३ मा अमेरिकी आरोही जिम ह्विटेकरले नेपाली शेर्पा नावाङ गोम्बुसँग मिलेर गरेको ऐतिहासिक सगरमाथा आरोहणले दुई देशबीचको जनस्तरको सम्बन्धलाई बलियो जग दिएको उनको भनाइ थियो। ७९ वर्ष पुरानो कूटनीतिक मित्रतालाई गर्वका साथ अगाडि बढाउँदै भविष्यमा अझ धेरै सफलताका शिखरहरू सँगै चढ्न अमेरिका तयार रहेको उनले बताइन्।
    यस समिटमा १,४०० भन्दा बढी पर्वतारोही, अभियान नेता, नवप्रवर्तक, आउटडोर ब्रान्डका प्रतिनिधि तथा पर्यटन क्षेत्रका अगुवाहरू सहभागी भएका थिए। उनीहरूले नेपालको पर्वतारोहण सम्पदा र अमेरिकी नवप्रवर्तनलाई कसरी जोडेर हिमाली अभियानहरूलाई अझ सुरक्षित बनाउन सकिन्छ तथा नेपालको साहसिक पर्यटन क्षेत्रलाई कसरी सुदृढ गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए।

    आफ्नो मुख्य सम्बोधनमा अवर सचिव रोजर्सले उच्च गुणस्तरका आउटडोर सामग्रीदेखि अत्यन्त कठिन हिमाली परिस्थितिका लागि तयार गरिएका सञ्चार उपकरणसम्मका अमेरिकी उत्पादन र विशेषज्ञताले नेपालको पर्यटन अर्थतन्त्रलाई सहयोग पुर्‍याइरहेको तथा अमेरिकी व्यवसायका लागि नयाँ अवसरहरू सिर्जना गरिरहेको उल्लेख गरिन्।

    संयुक्त राज्य अमेरिका र नेपालबीच नवप्रवर्तन तथा आर्थिक वृद्धिलाई अगाडि बढाउन सहकार्य निरन्तर जारी रहेको छ। साथै, साहसिक पर्यटनको विश्वव्यापी गन्तव्यका रूपमा नेपालको उदीयमान पहिचानलाई थप सुदृढ बनाउन पनि अमेरिका नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेको छ।

    उहाँले नेपाल सरकारका उच्च अधिकारीहरू, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरू र अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व-सहभागीहरूसँग भेटघाट गर्नुहुनेछ। सोही अवसरमा उहाँले खुला समाज र आर्थिक समृद्धिको आधारका रूपमा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रताको वकालत गर्नुहुनेछ। साथै, उहाँले ऐतिहासिक पाटन दरबार स्क्वायर र अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोष (AFCP) अन्तर्गतका सातवटा सम्पदा स्थलहरूको भ्रमण गर्नुहुनेछ। यस भ्रमणले नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा अमेरिकाको सहयोगलाई दर्शाउनुका साथै नेपाली जनजीवन, धार्मिक परम्परा र पर्यटन अर्थतन्त्रको केन्द्रमा रहेका यस्ता स्थलहरूको सुरक्षाप्रति अमेरिकी प्रतिबद्धतालाई जोड दिनेछ।
    Post Views: 50
    प्रकाशित मिति: २०८३ जेष्ठ १८, सोमबार ०४:४१
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी
    काठमाडौं उपत्यकादेखि सिलिकन भ्यालीसम्मको यात्रामा नेपाली युवाको यात्रा
    राहदानी छपाइमा अनियमितताः पूर्वपराष्ट्रमन्त्री र सचिवसँग अख्तियारको बयान कागज
    Advertisement
    ताजा अपडेट
    • १. नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी

    • २. काठमाडौं उपत्यकादेखि सिलिकन भ्यालीसम्मको यात्रामा नेपाली युवाको यात्रा

    • ३. राहदानी छपाइमा अनियमितताः पूर्वपराष्ट्रमन्त्री र सचिवसँग अख्तियारको बयान कागज

    • ४. इजरायलमा केयरगिभर : आवेदकले प्रहरी प्रतिवेदन पछि बुझाउँदा हुने

    • ५. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ४. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ५. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.