पछिल्लो समय भरातीय भुमिमा उदाएको कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले शनिवार आफ्ना समर्थकका साथ दिल्लीको जन्तरमन्तरमा बिशाल विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा अधिकांश युवाहरू थिए । प्रदर्शनमा प्रख्यात वातावरणविद् तथा शिक्षाविद् सोनाम वाङचुक पनि सहभागी थिए। उनी छ महिना लामो जेल सजाय बिताएर गत मार्च महिनामा रिहा गरिएका थिए। सीजेपीका संस्थापक दीपके शनिवार बिहान मात्रै अमेरिकाबाट दिल्ली ओर्लिएका हुन्। युवापुस्ताको यो प्रदर्शनलाई विश्वका विभिन्न देशका सञ्चारमाध्यमले महत्त्व दिएको पाइएको छ। यो आन्दोलनलाई विश्वका मिडियाले कतिपयले जेन जी आन्दोलनको रूपमा अर्थ्याएका छन्।

अमेरिकी मिडिया सीएनएनले कक्रोच जनता पार्टी सीजेपीको आन्दोलनबारेमा भारतका युवा अब दिक्क भइसकेका छन्। वर्षौँदेखि जाँचमा हुने गरेको अनियमितता, निरन्तरको बेरोजगारी र अवसरहरूको अभावका कारण मानिसहरूको निराशा अब अनलाइन र सडकमा खुला आक्रोशमा परिणत हुँदै छ।सीएनएनका अनुसार, उत्तरदायित्वको यस्तो माग उठिरहेको छ कि त्यसलाई धेरैले अब बेवास्ता गर्न सक्दैनन्। साथै मोदी सरकारले भारतमा दवाएको आवाज अब सोही पार्टीले सतहमा ल्याइए दिएको अर्थमा पनि बुझेका छन । भारतका प्रधानन्यायाधीश सूर्यकान्तको टिप्पणीका कारण कक्रोच जनता पार्टी बनेको विवरण छ। देशका बेरोजगार युवालाई उनले ूकक्रोचू भनेको प्रति धेरैले असन्तुष्टि व्यक्त गरेका छन्। प्रर्दशनका क्रममा दिल्लीमा कक्रोच जनता पार्टीको विरोध प्रदर्शन सकियो, अभिजित दीपकेले भने यो वास्तविक भारतीय जनताको आन्दोलन शुरु भएको र मोदी सरकारले गरेका कुकर्महरुको विरुद्ध र जनताको पक्षमा भएको हो ।
कक्रोच अभियानले भारतको राजधानीमा पहिलो प्रदर्शन गरेको छ र शिक्षामन्त्रीको राजीनामा माग गरेको छ। एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतको आधा जनसङ्ख्या २५ वर्षभन्दा कम उमेरको छ र उनीहरूमा लामो समयदेखि आक्रोश छ। परीक्षाको प्रश्नपत्र बाहिरिनुका साथै सबैभन्दा ठूलो स्कुल बोर्ड सीबीएसईमा भएको अनियमितताले त्यो आक्रोश बढाइ दिएको समाचारमा उल्लेख छ।
अघिल्लो महिना भारतका प्रधानन्यायाधीशले युवाको तुलना कक्रोचसँग गरेका थिए, जसले गर्दा निकै असन्तुष्टि फैलियो। त्यसको जबाफमा अमेरिकास्थित बोस्टन विश्वविद्यालयबाट भर्खरै पढाई पूरा गरेका अभिजित दीपकेले त्यसबेला सामाजिक सञ्जाल एक्समा कल्पना गरे, यदि सबै कक्रोचहरू एकसाथ आए भने के होला ? रिपोर्टका अनुसार कक्रोच जनता पार्टीको आरम्भको निम्ति त्यसले बाटो खुला गरिदियो। जुन नाम प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपाको नामप्रति ठट्यौलो व्यङ्ग्य थियो।
दीपकेको उक्त हल्का ठट्टाले इन्स्टाग्राममा २ करोड २० लाखभन्दा बढी फलोअर्स बटुल्यो जुन मोदीको दल भाजपाको भन्दा दोब्बर हो। उनीहरू अनलाइनमा लोकप्रिय हुँदैमा आन्दोलनले धरातलमा पनि उत्तिकै समर्थन पाउँछ भन्ने अर्थ्याउन नमिल्ने बताउँछन्। बरु यसको तीव्र रूपमा बढेको लोकप्रियता लामो समयसम्म नटिक्ने उनीहरूको विश्वास छ । भारतमा प्रमुख राज्यहरूमा हालै सम्पन्न चुनावमा पार्टीले जिते पनि कक्रोच समूहको लोकप्रियताले प्रधानमन्त्री मोदीको छविलाई असर गर्न थालेको विश्लेषकहरूको टिप्पणी प्रकाशित गरेको छ। त्यस्तै इरान युद्धका कारण इन्धनको बढ्दो मूल्य र ग्यासको अभावका कारण पनि जनतामा असन्तुष्टि बढ्दै गएको उल्लेख गरिएको छ। डिजिटल लोकप्रियता र वास्तविक धरातलमा मानिसहरूलाई एकजुट गराउन सक्ने क्षमताबीचको भिन्नता स्पष्ट रूपमा देखाउँदछ । कक्रोच जनता पार्टीले चार दिनमै ठूलो सङ्ख्यामा अनलाइन फ्यान फलोइङ बनाएको छ, सोसल मिडियामा भाजपालाई पछाडि पारेको छ। तर, धरातलमा विरोध प्रदर्शन अपेक्षा अनुरूप नभएको बताइएकोल छ । सीजेपीका संस्थापक अभिजित दीपकेले प्रदर्शनपछि एक्समा लेखेका छन्, आजको प्रदर्शन ट्रेलर मात्र हो । यसबाट भारतमा नयाँ तरंग शुरु भएको छ । नेपाल, बंगलादेश, श्रीलंका जस्ता देशमा जेन्जी आन्दोलनले ठुलो हलचल पैदा गरेपछि भारतमा शुरुभएको यो आन्दोलने कस्तो रुप पाउनेछ भविश्यले बताउने छ ।
नेपाललगायत विश्वका विभिन्न देशमा भएका जेन्जी आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनले राजनीतिमा सकारात्मक प्रभाव पार्न नसकेपछि भारतमा पनि यो आन्दोलन प्रभावकारी बन्न नसक्ने भन्दै भारतीय युवाहरुमा पुर्ण विश्सास प्राप्त नभएको चर्चा शूरु भएको छ । जति पनि जन्जी आन्दोलहरु भएर भएका राजनीतिक परिवर्तनबाट कुनै पनि देशमा व्यवस्था वा परम्परा परिवर्तन भए पनि राजनीतिक स्थायित्व नभई अस्थिरता शुरु भएका कारण भारतमा शुरु भएको आन्दोलन प्रभावकारी हुनेमा आशंका शुरु भएको हो ।





