• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फिर्ता

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ २७, बुधबार ०४:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    फिफा विश्वकप फुटबल हेर्न अमेरिका प्रस्थान गर्ने तयारीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । अध्यागमन अधिकारीहरूले उनीहरू ‘कालोसूची’ (ब्ल्याक लिस्ट) मा रहेको जनाउँदै सोमबार बिहान विमानस्थलबाटै फर्काइदिएका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीका अनुसार अध्यागमन विभागको रेकर्डमा उनीहरूको नाम कालोसूचीमा रहेकाले विदेश प्रस्थान अनुमति नदिइएको हो । ती अधिकारीले भने, ‘उहाँहरू ब्ल्याक लिस्टमा रहेकाले हामीले आज बिहान विमानस्थलबाट फर्काइदिएका हौँ ।’

    आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाख महिनामा नै एन्फाका सबै पदाधिकारीहरूलाई विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा उनीहरूलाई मेक्सिको हुँदै अमेरिकातर्फ जानबाट रोकिएको बुझिएको छ ।

    आगामी फिफा विश्वकप २०२६ मा सहभागी हुने उद्देश्यले विदेश जान पाउनुपर्ने माग राख्दै एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई आइतबार राखेप पुगेका थिए ।

    उनीहरूले आफूहरूमाथि लगाइएको विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरे तापनि राखेपले भने उक्त बाटो खुला गर्न स्पष्ट रूपमा अस्वीकार गरेको थियो । राखेपको अडान कायमै रहेका कारण अन्ततः उनीहरू विमानस्थलबाटै फर्किनुपरेको हो ।

    Post Views: 168
    प्रकाशित मिति: २०८३ जेष्ठ २७, बुधबार ०४:३५
    Advertisement
    संबन्धित शिर्षकहरु
    इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट
    प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय
    नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    • २. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    • ५. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ३. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ४. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ५. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.