• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्वकपको पहिलो खेलमा मेक्सिकोद्धारा दक्षिण अफ्रिका २-० ले पराजित

" विश्वकप २०२६ विशेष  "
  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ २९, शुक्रबार ०३:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्वकप २०२६ को सह(आयोजक मेक्सिकोले प्रतियोगितामा उत्साहजनक सुरुवात गर्दै पहिलो खेल जितेको छ । मेक्सिको सिटी स्टेडियममा उपस्थित हजारौँ दर्शकमाझ जुलियन क्विनोनेस र राउल जिमिनेजले गोल गरेपछि मेक्सिकोले दक्षिण अफ्रिकामाथि २ को विरुद्ध जिरो गोलको जित दर्ता गरेको छ।

    यो खेल रोमाञ्चक र नाटकीय रह्यो, जहाँ तीन खेलाडीले रातो कार्ड पाए। दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थेम्बा ज्वानेले रातो कार्ड खाएर मैदान छाडे भने खेलको अन्तिम समयमा मेक्सिकोका सेसार मोन्टेसले पनि रातो कार्ड पाए।

    खेलको नवौं जुलियन क्विनोनेसले सुरुवाती गोल गर्दै मेक्सिको सिटी स्टेडियमलाई उत्सवमा डुबाए। दक्षिण अफ्रिकी रक्षापङ्क्तिले बल अगाडि बढाउन खोज्दा एरिक लिराले उत्कृष्ट प्रेसिङ गर्दै बल खोसेका थिए, जसमा क्विनोनेसले प्रहार गर्दै गोलरक्षक रोनवेन विलियम्सको खुट्टाको मुनिबाट बललाई जाली चुमाए।

    ४९ औँ मिनेटमा स्पेफेलो सिथोले दक्षिण अफ्रिका मैदानबाट बाहिरिए। राउल जिमिनेज गोलतर्फ बढिरहेका बेला डि(बक्सको छेउमा उनलाई लडाएपछि सिथोलेले सिधै रातो कार्ड पाए। ६७ औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै मेक्सिको अग्रता दोब्बर पारेका थिए। रोबर्टो अल्भाराडोको सटिक क्रसलाई जिमिनेजले आफ्नो ट्रेडमार्क हेडमार्फत गोलमा परिणत गरे। गोल गरेपछि स्ट्राइकर जिमिनेजको अनुहारमा खुसी र भावुकता प्रष्ट देखिन्थ्यो।

    ८४ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड पाए पाएका थिए। इन्जुरी समयमा मेक्सिकोका सेसार मोन्टेसले खेलको अन्तिम समयमा रातो कार्ड खाँदै मैदान छाडे। मेक्सिकोले खेलको सुरुवातदेखि नै दबाब बनाएको थियो। खेल सुरु भएको ५ मिनेटमै इजरायल रेयेसको क्रसमा जिमिनेजले गोलको अवसर बनाएका थिए, जसलाई दक्षिण अफ्रिकी गोलरक्षकले मुस्किलले बचाए। क्विनोनेसले पहिलो गोल गर्नुका साथै दोस्रो गोलका लागि पनि जग बसालेका थिए।

    खेलमा १७ वर्षीय युवा खेलाडी गिल्बर्टो मोरा मैदान प्रवेश गर्दा रङ्गशालामा उपस्थित बक्सिङ सुपरस्टार ुक्यानेलो अल्भारेजु सहित सबै समर्थकले भव्य स्वागत गरेका थिए। मेक्सिकोले विश्वकपको आफ्नो पछिल्ला ८ वटा उद्घाटन खेलहरूमा अपराजित रहने कीर्तिमान कायम राखेको छ, जसमा ६ जित र २ बराबरी समावेश छन्। सन् २०१० को विश्वकपमा दक्षिण अफ्रिकासँग १(१ को बराबरी खेलेको मेक्सिकोले यसपटक भने उसलाई पराजित गरेरै छाड्यो।

    Post Views: 9
    प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार ०३:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी
    बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा
    पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस
    Advertisement
    ताजा अपडेट
    • १. द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी

    • २. बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा

    • ३. पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    • ४. मेटाको पहिलो एआई डाटा सेन्टर भारतमा खुल्ने

    • ५.  प्रिय भारतीय पर्यटक, संसार तपाईँको नृत्य गर्ने मञ्च होइन

    चर्चित
    • १. १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन

    • २. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • ३. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • ४. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ५. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.