• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एन्जल भण्डारीको नेतृत्वमा अमेरिकी टोली विश्व विजेता

"विश्व रोबोटिक्समा नेपाली चेलीको सफलता "
  •  खबरमाला संवाददाता
  • २०८३ असार १, सोमबार ०४:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रविधिको तीव्र विकाससँगै विश्व प्रतिस्पर्धा झन् कठिन बन्दै गइरहेका बेला नेपाली मूलकी एक किशोरीले विश्वमञ्चमै नेपालको गौरव बढाएकी छन् । अमेरिकामा जन्मिनुभएकी दोस्रो पुस्ताकी नेपाली छात्रा एन्जल भण्डारीले प्रतिष्ठित विश्व रोबोटिक्स प्रतियोगितामा उपाधि जित्दै विश्व विजेताको इतिहास रच्नुभएको हो ।

    उहाँको यो सफलता केवल एउटा प्रतियोगिताको जित मात्र नभई प्रवासमा हुर्किएर पनि नेपाली पहिचान, संस्कार र सपनालाई साथमै बोकेर अन्तर्राष्ट्रिय स्तरमा चम्कन सकिने प्रेरणादायी उदाहरण बनेको छ । एन्जलको उपलब्धिले विश्वभर फैलिएको नेपाली समुदायलाई गर्व महसुस गराएको छ ।

    अमेरिकाको नेब्रास्का राज्यस्थित ब्राउनेल टलबोट विद्यालयमा अध्ययनरत एन्जलको नेतृत्वमा रहेको टोलीले गत अप्रिल २२ देखि २५ सम्म सेन्ट लुईसमा सम्पन्न विश्वस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक उपाधि जितेको हो । विश्वभरबाट सात हजारभन्दा बढी टोली सहभागी भएको प्रतियोगितामा ४० भन्दा बढी देशका करिब नौ सय उत्कृष्ट टोली अन्तिम चरणका लागि छनोट भएका थिए । कडा प्रतिस्पर्धाबीच एन्जलको टोलीले अपराजित २३-० को शानदार प्रदर्शन गर्दै विश्व कीर्तिमानसहित उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।

    प्रतियोगिताको विशेषता के थियो भने टोलीका विद्यार्थीहरूले रोबोटको सम्पूर्ण डिजाइन, निर्माण, कम्प्युटर प्रणालीमार्फत सञ्चालन, परीक्षणदेखि अन्तिम प्रस्तुतीकरणसम्मका सबै काम आफैं सम्पन्न गरेका थिए । आधुनिक प्रविधिको जटिल क्षेत्रमा किशोर-किशोरीहरूको सिर्जनात्मक क्षमता र सामूहिक मेहनतले हासिल गरेको यो सफलता अहिले विश्वभर चर्चाको विषय बनेको छ ।

    छ सदस्यीय टोलीमा एन्जलले संयोजक, रणनीतिकार तथा सञ्चालन नेतृत्वकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले प्राविधिक सदस्यहरूबीच समन्वय गर्नुका साथै रणनीतिक योजना निर्माण, तथ्यांक विश्लेषण, इन्जिनियरिङ अभिलेख तयारी तथा निर्णायकसमक्ष प्रभावशाली प्रस्तुतीकरणको नेतृत्व गर्नुभएको थियो ।

    उहाँको आत्मविश्वास, नेतृत्व क्षमता र सूक्ष्म विश्लेषण गर्ने शैलीले टोलीलाई केवल विजयी मात्र बनाएन, विश्व रोबोटिक्स क्षेत्रमा उदाहरणीय टोलीका रूपमा स्थापित गरायो । एन्जलको प्रतिभा रोबोटिक्समा मात्र सीमित छैन । उहाँ अन्तर्राष्ट्रिय व्यापार योजना प्रस्तुतीकरण प्रतियोगितामा पनि १० हजारभन्दा बढी प्रतिस्पर्धीबीच अन्तिम चरणसम्म पुग्न सफल हुनुभएको छ । विज्ञान, प्रविधि, नेतृत्व र व्यावसायिक सोचमा अब्बल एन्जल अब न्यूयोर्कस्थित फोर्डहम विश्वविद्यालयमा विश्वव्यापी व्यापार तथा वित्त विषय अध्ययन गर्ने तयारीमा हुनुहुन्छ ।

    एन्जलको सफलतापछाडि उहाँको परिवारको संघर्ष र दूरदृष्टिको कथा पनि उत्तिकै प्रेरणादायी छ । संखुवासभाको चैनपुरबाट अमेरिका पुग्नुभएका उहाँका बुवा ज्ञानेन्द्र भण्डारी अमेरिकास्थित नेपाली समुदायका परिचित सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँ नेब्रास्काको नेपाली समाजका संस्थापक तथा पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

    नेपालमा कानुन विषयमा स्नातक पूरा गरेपछि उहाँ सन् १९९५ मा उच्च शिक्षाका लागि अमेरिका पुग्नुभएको थियो । त्यहाँ उहाँले कम्प्युटर सञ्जाल इन्जिनियरिङ विषयसमेत अध्ययन गर्नुभएको थियो । एन्जलकी आमा स्मृति राना भण्डारीसँग मिलेर उहाँले सन् २००४ देखि नेपाली तथा भारतीय परिकारसम्बन्धी रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ । अमेरिकामा लोकप्रिय उक्त रेष्टुरेन्टमा विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटलगायत चर्चित व्यक्तित्वहरू नियमित ग्राहकका रूपमा पुग्ने गरेका छन् ।

    एन्जल भण्डारीको यो सफलता व्यक्तिगत उपलब्धिमा सीमित छैन । यो संसारभर रहेका नेपाली मूलका युवापुस्ताका लागि प्रेरणाको उज्यालो दीप बनेको छ । प्रवासको भूमिमा जन्मिएर पनि नेपाली पहिचानलाई हृदयमा बोकेकी एक नेपाली छोरीले विश्वमञ्चमा नेपालको नाम सुनौलो अक्षरमा लेखेकी छन् ।

    source from himalayantimes

    Post Views: 81
    प्रकाशित मिति: २०८३ असार १, सोमबार ०४:०७
    Advertisement
    संबन्धित शिर्षकहरु
    भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?
    विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !
    सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न
    Advertisement
    ताजा अपडेट
    • १. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    • २. विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !

    • ३. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ४. अगस्टमा चीन र आयरल्यान्डमा सम्मेलन, नागरिकता र लगानी मुख्य एजेन्डा

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.