विद्युतीय राहदानी छपाइमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वपरराष्ट्रसचिव सेवा लम्सालसँग बयान कागज गरेको छ। उनीहरूको कार्यकालमा राहदानी छपाइका लागि सैद्धान्तिक सहमतिलगायत प्रक्रिया अघि बढेकाले आयोगले उनीहरूको पनि कागज गराएको हो। यद्यपि खरिद प्रक्रियामा भने उनीहरूको कुनै संलग्नता देखिएको छैन।

आरजु देउवा परराष्ट्रमन्त्री भएपछि खरिद प्रक्रिया अघि बढी दुई जर्मन कम्पनीलाई ठेक्का दिइएको थियो। जसमा ठुलो अनियमितताको आरोप छ। यसमा आरजुलाई समेत आयोगले बयानमा बोलाइसकेको छ। फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोगले यस प्रकरणमा यही साता मुद्दा दायरको तयारी गरिरहेको छ।




