• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

  •  खबरमाला संवाददाता
  • २०८३ असार ११, बिहीबार ०४:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका दुईवटा अमूल्य मूर्ति फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा बुधबार आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

    समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी वकिलको  कार्यालयअन्तर्गतको पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे ।

    महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिअनुसार तेह्रौँ शताब्दीको कास्य पद्मपाणीको मूर्ति काठमाडौंस्थित थमबहिल (विक्रमशील महाविहार, भगवानबहाल)को अनुपम कलाकृति मानिन्छ । उक्त मूर्तिको अन्तिम तस्बिर सन् १९७१ मा लिइएको अभिलेखमा उल्लेख छ भने सन् १९७१ र १९७७ बीच कुनै समयमा अवैध रूपमा अमेरिका पुर्‍याइएको ठानिएको छ ।

    त्यसैगरी, सोह्रौँ शताब्दीको काठबाट निर्मित नृत्यदेवीको मूर्ति ललितपुरको इबहा बहीको उत्कृष्ट काष्ठकलाको नमुना मानिन्छ । उक्त मूर्ति सन् १९६९ र १९८३ बीच कुनै समयमा चोरी गरी अमेरिका लगिएको अनुमान गरिएको छ । पछि यो मूर्ति न्युयोर्कस्थित महानगर संग्रहालयबाट बरामद गरिएको थियो ।

    यी दुवै सम्पदा न्युयोर्क सरकारी वकिलको कार्यालयले अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय तथा अन्य साझेदार संस्थासँगको सहकार्यमा खोजी गरेर नेपाललाई हस्तान्तरण गरिएको हो ।

    त्यस अवसरमा महावाणिज्यदूत भण्डारीले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट अमेरिकी सरकार, न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, अनुसन्धानकर्ता, सङ्ग्रहालय, सम्पदा संरक्षण अभियन्ता तथा समुदायका सदस्यप्रति आभार व्यक्त गरे । उनले सबैको संयुक्त प्रयासबाट यी अमूल्य सांस्कृतिक सम्पदाको खोजी, नेपाललाई पुनः स्वामित्व प्राप्ति र स्वदेश फिर्ती सम्भव भएको बताए ।

    नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रणका लागि विकसित हुँदै गएको सहकार्य अन्तर्राष्ट्रिय साझेदारीको उत्कृष्ट उदाहरण भएको तथा साझा सांस्कृतिक सम्पदा संरक्षणप्रतिको प्रतिबद्धताको प्रतीक भएको उनको भनाइ थियो ।

    उनले अमेरिकास्थित नेपाली समुदाय तथा सामुदायिक संस्थाहरू, विशेषगरी नेवा गुठी न्युयोर्कलाई नेपालका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिए ।

    हस्तान्तरणपछि ती दुवै सम्पदालाई यही जुन २५ मा नेपाल पठाइने जनाइएको छ । ढुवानी तथा व्यवस्थापनको कार्य नेपाली महावाणिज्यदूतावास र नेवा गुठी न्युयोर्कको समन्वयमा गरिनेछ भने गुठीका प्रतिनिधिहरूले सम्पदासँगै नेपालसम्म यात्रा गर्नेछन् । काठमाडौं आइपुगेपछि ती सम्पदा पुरातत्त्व विभागलगायत सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरिनेछ ।

    समारोहमा न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, नेवा गुठी, मेट्रोपोलिटन म्युजियम, प्राध्यापक, नेपाली समुदायका सदस्य, सम्पदा संरक्षणकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । रासस

    Post Views: 16
    प्रकाशित मिति: २०८३ असार ११, बिहीबार ०४:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति
    विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !
    नेपाली मुलका ह्यारी भण्डारी मेरिल्याण्डमा डेमोक्रेटिक प्राइमरीमा विजयी
    Advertisement
    ताजा अपडेट
    • १. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • २. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    • ३. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • ४. नेपाली मुलका ह्यारी भण्डारी मेरिल्याण्डमा डेमोक्रेटिक प्राइमरीमा विजयी

    • ५. अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ३. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ४. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • ५. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.