• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण ४, सोमबार ०६:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएर लड्दा ज्यान गुमाउने विदेशी नागरिकहरूमध्ये नेपालीहरूको सङ्ख्या तात्कालिक सोभियत संघका देशका नागरिकहरूपछि सबैभन्दा धेरै रहेको तथ्य सार्वजनिक भएको छ। बीबीसी नेपाली र बीबीसी रसियनले नेपाल सरकार तथा विभिन्न खुला स्रोतहरूको विश्लेषणका आधारमा तयार पारेको अनुसन्धानअनुसार नेपाल सरकारले हालसम्म रुसी सेनामा भर्ती भएका १३१ नेपालीको मृत्यु, ९५ जना बेपत्ता भएको तथा नौ जना युक्रेनी नियन्त्रणमा रहेको पुष्टि गरेको छ।

    परराष्ट्रमन्त्री शिशिर खनालले केही दिनअघि राष्ट्रिय सभामा दिएको जानकारीअनुसार नेपाल सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरूको अवस्थाबारे अद्यावधिक विवरण संकलन गरिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म पुष्टि भएको मृतकको सङ्ख्यामा थप परिवर्तन भएको छैन। बीबीसीले सङ्कलन गरेको विवरणअनुसार युद्धमा ज्यान गुमाउने नेपालीहरूको औसत उमेर २४ वर्ष रहेको छ। मृतकमध्ये सबैभन्दा कान्छा २० वर्षका थिए।

    उपलब्ध विवरणअनुसार युक्रेन युद्धमा ज्यान गुमाउने पहिलो नेपाली सन्दीप थपलिया हुन्, जसको मृत्यु सन् २०२३ को जुन महिनामा भएको मानिएको छ।
    रुसी सेनामा नेपाली नागरिक भर्ती हुने मुख्य लहर सन् २०२३ को गर्मी र शरद् ऋतुमा चलेको थियो। त्यसै वर्ष डिसेम्बरमा नेपाल सरकारले रुसलाई नेपाली नागरिकलाई सेनामा भर्ती नगर्न औपचारिक अनुरोध गरेको थियो। यद्यपि त्यसपछि पनि भर्ती जारी रहेको संकेत विभिन्न प्रमाणहरूले देखाएका छन्।

    नेपाल सरकारले परम्परागत सैनिक सम्झौता भएका मुलुकबाहेक अन्य कुनै विदेशी सेनामा नेपाली नागरिकलाई भर्ती हुन अनुमति नदिने नीति दोहोर्‍याउँदै आएको छ। उपलब्ध विवरणअनुसार मृतकमध्ये ८५ प्रतिशतभन्दा बढीको स्थायी ठेगाना खुलेको छ। सबैभन्दा धेरै मृत्यु स्याङ्जा जिल्लाका ६ जनाको भएको छ। त्यसपछि धादिङ र रूपन्देहीका पाँच–पाँच जना तथा झापा, सङ्खुवासभा, नुवाकोट, गोरखा, बाँके, सुर्खेत र कञ्चनपुरका चार–चार जना रहेका छन्।

    प्रदेशगत रूपमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी देखिएको छ भने मधेश प्रदेशबाट सबैभन्दा कम रहेको छ। मृतकमध्ये करिब ४५ प्रतिशत आदिवासी जनजाति समुदायका तथा ३० प्रतिशतभन्दा बढी ब्राह्मण–क्षेत्री समुदायका रहेको अध्ययनले देखाएको छ। उपलब्ध तथ्याङ्कअनुसार कम्तीमा ३९ जना ब्राह्मण वा क्षेत्री, ३१ जना मगर, ११ जना राई वा लिम्बू, १० जना गुरुङ र नौ जना तामाङ समुदायका नागरिकले युद्धमा ज्यान गुमाएका छन्। बीबीसीको विश्लेषणअनुसार रुसको पक्षबाट लड्दै ज्यान गुमाउने विदेशी नागरिकहरूको सङ्ख्या कम्तीमा ३ हजार ५८९ पुगेको छ। तीमध्ये उत्तर कोरियाली सैनिकहरू पनि समावेश छन्। रुसका लागि लड्दै मृत्यु हुने विदेशीहरू ४० भन्दा बढी देशका नागरिक रहेको अध्ययनले देखाएको छ। तात्कालिक सोभियत संघका देशका नागरिकपछि सबैभन्दा धेरै मृत्यु नेपालीहरूको भएको बीबीसीको विश्लेषणले देखाएको छ।

    नेटोका अनुसार हालसम्म ४४ देशका करिब २४ हजार विदेशी नागरिक रुसको पक्षबाट ुभाडाका सैनिकका रूपमा युद्धमा सहभागी भएका छन्। तीमध्ये धेरैजसो आर्थिक अभाव, रोजगारीको खोजी वा अन्य कारणले भर्ती भएको अन्तर्राष्ट्रिय विश्लेषणहरूले उल्लेख गरेका छन्। नेपाल सरकारले भने रुससँग मृतक तथा बेपत्ता नेपालीको अवस्थाबारे जानकारी उपलब्ध गराउन, क्षतिपूर्ति दिलाउन तथा भविष्यमा नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न पटक–पटक औपचारिक आग्रह गर्दै आएको जनाएको छ। समचार अनुसार प्राय जसो नेपालीहरु खाडी मुलुकमा गएर त्यतैबाट रुस पुगेको बताइएको छ । स्मरणीय के छ भने मृतकको सख्या अझै धेरै हुन सक्ने अनुमान छ । खाडी मुलुकहरुमा हराएको भनिएका नेपालीहरुको सख्या जोड्ने हो भने अझै मर्नेहरुको सख्या बढ्न सक्नेछ ।

    Post Views: 51
    प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार ०६:३२
    Advertisement
    संबन्धित शिर्षकहरु
    जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?
    अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि
    फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर
    Advertisement
    ताजा अपडेट
    • १. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    चर्चित
    • १. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • २. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    • ३. अमेरिकी ग्रीनकार्ड पाउन अब एक लाख डलर धरौटी !

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.