• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

"१० महिनामा ७२ नेपालीको मृत्यु "
  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण ४, सोमबार ०७:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

     

    जापानमा पछिल्लो १० महिनामा ७२ नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असारको तेस्रो सातासम्म मृत्यु हुनेमध्ये २८ जना विद्यार्थीले आत्महत्या गरेका छन्। जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले मृत्युका घटना बढ्दै जाँदा शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए। उनका अनुसार नेपाल शव ल्याउन करिब १२ लाख रुपैयाँ खर्च लाग्ने भएकाले केही परिवारले जापानमै अन्त्येष्टि गर्ने गरेको बताएका छन ।

    दूतावासका अनुसार विद्यार्थी भिसामा जापान पुगेका नेपालीको शव नेपाल पठाउने खर्च धेरैजसो शैक्षिक संस्थाले नबेहोर्ने गरेका छन्। श्रम स्वीकृति नलिई विद्यार्थी भिसामा काम गर्नेहरूको मृत्यु भएमा वैदेशिक रोजगार बोर्डबाट पनि शव व्यवस्थापनको खर्च उपलब्ध नहुने अवस्था छ। जापान सरकारको तथ्यांकअनुसार सन् २०२५ सम्म जापानमा ३ लाख ९९२ नेपाली बसोबास गरिरहेका छन्। तीमध्ये १ लाख १६ हजार विद्यार्थी भिसामा रहेका छन्, जुन चीनपछि दोस्रो ठूलो विद्यार्थी समुदाय हो। जापानमा पछिल्लो १० महिनामा ७२ नेपालीको मृत्यु भएको र तीमध्ये २८ जना विद्यार्थीले आत्महत्या गरेको तथ्य सार्वजनिक भएपछि जापानमा रहेका नेपाली विद्यार्थीको मानसिक स्वास्थ्य र जीवनशैलीबारे गम्भीर प्रश्न उठेको छ।

    विज्ञहरूका अनुसार नेपाली विद्यार्थीको आत्महत्याको एउटै कारण नभई आर्थिक, सामाजिक, मानसिक तथा शैक्षिक दबाबको संयुक्त प्रभाव देखिन्छ। अधिकांश विद्यार्थी उच्च शिक्षा र राम्रो भविष्यको आशामा ऋण लिएर जापान पुग्ने भए पनि त्यहाँ पुगेपछि भाषा विद्यालयको पढाइसँगै लामो समय काम गर्नुपर्ने बाध्यताले उनीहरू निरन्तर तनावमा रहने गरेका छन्।

    विद्यार्थीहरूले घरभाडा, शिक्षण शुल्क, दैनिक खर्च र नेपालमा रहेको परिवारको ऋण तिर्नुपर्ने दबाब एकैसाथ सामना गर्नुपर्दा मानसिक तनाव बढ्ने गरेको जानकारहरू बताउँछन्। जापानी भाषा, नयाँ संस्कृति र सीमित सामाजिक सम्बन्धका कारण धेरै विद्यार्थी एक्लोपनको समस्याबाट समेत गुज्रिने गरेका छन्।

    मानसिक स्वास्थ्य समस्या देखिए पनि भाषागत कठिनाइ, सामाजिक संकोच र मानसिक रोगप्रतिको नकारात्मक धारणा ९स्टिग्मा० का कारण धेरै नेपालीले समयमै मनोपरामर्श वा उपचार लिन नसक्ने अवस्था रहेको बताइन्छ।

    जापानस्थित नेपाली दूतावासका अनुसार विद्यार्थी भिसामा गएका धेरै नेपाली होटल, रेस्टुरेन्ट, निर्माण तथा सप्लाई कम्पनीमा काम गर्ने गरेका छन्। कतिपय रोजगारदाताले श्रमिकको स्वास्थ्य बिमा र सामाजिक सुरक्षा व्यवस्था प्रभावकारी रूपमा लागू नगर्दा उनीहरूको जोखिम अझ बढ्ने गरेको छ।

    जापान सरकारको तथ्यांकअनुसार हाल जापानमा करिब ३ लाख नेपाली बसोबास गरिरहेका छन्। तीमध्ये १ लाख १६ हजार विद्यार्थी भिसामा रहेका छन्, जुन चीनपछि दोस्रो ठूलो विदेशी विद्यार्थी समुदाय हो।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार ०७:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !
    रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट
    अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि
    Advertisement
    ताजा अपडेट
    • १. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    चर्चित
    • १. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • २. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    • ३. अमेरिकी ग्रीनकार्ड पाउन अब एक लाख डलर धरौटी !

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.