• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मासिक एक हजार नेपाली रोजगारीका लागि कोरिया जान थाले !

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण ९, शनिबार ०४:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाले नेपाली कामदारको माग निरन्तर बढाउँदै लगेपछि मासिक औसत करिब एक हजार नेपाली रोजगारीका लागि कोरिया जान थालेका छन् । अन्य मुलुकको तुलनामा नेपाली कामदारप्रति कोरियाली रोजगारदाताको आकर्षण बढेसँगै जानेको संख्या पनि बढेको हो । सन् २०२६ को तेस्रो त्रैमासिकसम्म आइपुग्दा कोरियाले माग बढाउँदै लगेको छ ।

    हाल रोस्टरमा रहेका अधिकांश नेपाली यसै वर्षभित्र कोरिया जान सक्ने अनुमान गरिएको छ । कोरियाले नेपालसहित विभिन्न देशबाट वार्षिक पाँच पटक कामदारको माग गर्दै आएको छ । वैदेशिक रोजगार विभागको ईपीएस शाखाका अनुसार हाल कृषि तथा पशुपालनतर्फ करिब १ हजार २००, सीबीटी (कोरिया रिटर्नी) तर्फ करिब १ हजार ४०० र उत्पादनमूलक क्षेत्रतर्फ करिब ७ हजार गरी झन्डै ९ हजार ६ सय नेपाली प्रतीक्षासूची (रोस्टर) मा छन् ।

    यस वर्ष अझै दुई चरणको माग आउन बाँकी रहेकाले रोस्टरमा रहेका अधिकांश नेपालीले रोजगारीको अवसर पाउने शाखाको अनुमान छ । माग बढ्दै गएसँगै नयाँ कोरियन भाषा परीक्षा सञ्चालन हुने सम्भावना पनि बलियो बनेको छ । एचआरडी कोरिया नेपालका अनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा भएको माग वृद्धि र आगामी त्रैमासिकको सम्भावित मागलाई आधार मानेर भाषा परीक्षा आयोजना गर्ने तयारी भइरहेको छ ।

    यद्यपि परीक्षा कहिले गर्ने र कति जनाका लागि गर्ने भन्ने निर्णय भने भइसकेको छैन । अधिकारीहरूका अनुसार रोस्टरमा रहेका उम्मेदवारको संख्या, रोजगारदाताको माग र आगामी आवश्यकता मूल्यांकन गरेर परीक्षा मिति तथा आवेदन संख्या तय गरिनेछ । नेपालमा ईपीएस भाषा परीक्षा सञ्चालन गर्न लामो समय लाग्ने भएकाले कोरियाले रोस्टर सकिनुअघि नै नयाँ परीक्षा प्रक्रिया सुरु गर्ने अभ्यास गर्दै आएको छ । आगामी त्रैमासिक माग सेप्टेम्बरमा आउने भएकाले दशैंअघि वा लगत्तै भाषा परीक्षा हुन सक्ने अनुमान गरिएको छ ।

    यसअघि सरकारी ईपीएस प्रणालीमार्फत मात्र नेपालीहरू कोरिया जाने गरे पनि पछिल्लो समय व्यक्तिगत रूपमा पनि रोजगारीका लागि जानेको संख्या बढेको छ । विदेशी श्रमिकसम्बन्धी कानुनलाई श्रमिकमैत्री बनाउँदै सामाजिक सुरक्षा सुदृढ गरेपछि दक्षिण कोरिया नेपाली युवाका लागि अझ आकर्षक गन्तव्य बनेको छ । दक्षिण कोरियाले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २.९ प्रतिशतले बढाएर प्रतिघण्टा १० हजार ३२० वन निर्धारण गरेको छ ।

    यसका कारण नेपालसहित विभिन्न देशका युवाको आकर्षण झन् बढेको हो । यो दरअनुसार नेपाली कामदारले प्रतिघण्टा करिब १ हजार ३२ रुपैयाँ (विनिमय दरअनुसार) प्राप्त गर्नेछन् । मासिक २०९ कार्यघण्टाका आधारमा न्यूनतम पारिश्रमिक करिब २१ लाख ५६ हजार ८८० वन पुग्छ । यो सन् २०२५ को प्रतिघण्टा १० हजार ३० वनको तुलनामा २.९ प्रतिशत बढी हो । विनिमय दरअनुसार मासिक करिब ६ हजार रुपैयाँभन्दा बढी आम्दानी वृद्धि हुने देखिन्छ । नयाँ पारिश्रमिक सन् २०२६ जनवरी १ देखि सबै उद्योगमा लागू भइसकेको छ ।

    Post Views: 54
    प्रकाशित मिति: २०८३ श्रावण ९, शनिबार ०४:०१
    Advertisement
    संबन्धित शिर्षकहरु
    सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?
    नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक
    अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज
    Advertisement
    ताजा अपडेट
    • १. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • २. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    • ३. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ४. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ५. सम्पत्ति छानबिनसम्बन्धी मुद्दाहरू अब संवैधानिक इजलासमा

    चर्चित
    • १. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • २. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ३. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ४. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    • ५. नेपालमा पोर्चुगलको काउन्सिलर कार्यलय स्थापना हुने, एनआरएनए पोर्चुगलद्धारा स्वागत

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.