• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रिक्त २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी: केहि नाममा सहमति हुन बाँकी !

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण २०, बुधबार ०६:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    परराष्ट्र मन्त्रालयले एकसाथ २१ जना राजदूत सिफारिस गर्ने तयारी गरेको छ । खुल्ला प्रतिस्पर्धाका आधारमा राजदुत नियूक्ति गर्ने तयारी स्वरुप केहि सरकारी कर्मचारी र केहि बाहिरबाट गरी २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । आउँदो हप्ता करिअर र स्वतन्त्र अर्थात राजनीति गरी २१ जनालाई राजदूतमा सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लग्ने तयारी भएको छ ।

    परराष्ट्रले अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजराइल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरेबिया, श्रीलंका, बेलायत, अमेरिका, स्पेन, इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्र संघीय नियोग भियनामा राजदूत सिफारिस गर्न लागेको हो । राजदूत नियुक्ति गर्दा करिअर र राजनीतिबाट ५० , ५० प्रतिशत गर्ने परराष्ट्रको अभ्यास अनुसार गर्ने तयारी भईरहेको छ । परराष्ट्रले भने २१ राजदूत सिफारिस गर्दा करिअरलाई ६ वा ७ र बाँकी राजनीति कोटामा सिफारिस गर्ने तयारी गरी रहेको बताइएको छ । खुल्ला प्रतिस्पर्धाका आधारमा नियूक्ति गर्ने बताए पनि कति जनाले आवेदन दिए वा कतिले योग्य थिए हालसम्म मन्त्रालयले केहि खुलाएको छैन ।

    हाल नेपालका विदेशमा ३१ दूतावास, तीन स्थायी नियोग र १० महाबाणिज्य दूतावास गरी कुल ४४ वटा नियोग छन् । यीमध्ये तीनवटा दूतावास र दुईवटा महाबाणिज्य दूतावास यस वर्षबाट बन्द गर्ने निर्णय सरकारले गरिसकेको छ । ती बन्द भएपछि २८ दूतावास, तीन स्थायी नियोग र आठ महाबाणिज्य दूतावास गरी कुल ३९ वटा नियोग हुनेछन् ।

    सरकारले यसै वर्ष दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कका रहेका नेपाली दूतावास बन्द गर्दै छ । अमेरिकाको सान फ्रान्सिस्को र चीनको छेङ्दुमा रहेको महाबाणिज्यदूतावास बन्द गर्ने घोषणा गरिसकेको छ । भारतको विशाखपटनममा रहेको दूतावासको शाखा पनि यसैवर्ष खारेज गरिँदै छ ।

    यस अघि नै सरकारले राजदूत नियुक्तिमा ढिलाई भएपछि कार्यकाल सकेर फर्कने तयारी गरिरहेका बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्टका निम्ति नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन निर्देशन दिएको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको थियो । हाल अमेरिकाको न्यूयोर्क, स्वीट्जरल्यान्डको जेनेभा र अस्ट्रियाको भियनास्थित तीनवटा राष्ट्रसंघीय स्थायी नियोगमा नेपाली राजदूत छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार करिअर डिप्लोम्याटको रूपमा राजदूतमा सिफारिस गर्न लागिएकामा परराष्ट्र मन्त्रालयको युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उत्तरपूर्वी एसिया महाशाख प्रमुख भृगु ढुंगाना, उत्तर तथा दक्षिण अमेरिका महाशाखा प्रमुख दिलीपकुमार पौडेल, शिष्टाचार महापाल कुमारराज खरेल, अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा प्रमुख विष्णुप्रसाद गौतमलगायत छन् । तर राजनीतिक कोटामा नियुक्ति हुनेको सूची भने गोप्य राखिएको छ । राजनीतिक कोटामा राजदूत नियुक्तिको लागि परराष्ट्रले २०८३ जेठ १४ गते एक सूचना प्रकाशित गर्दै रिक्त रहेकामध्ये १३ देशका राजदूताको लागि आवेदन मागेको थियो । मन्त्रालय श्रोतका अनुसार प्रधानमन्त्रि र परराष्ट्रमन्त्रि एवं पाटी सभापति रवि लामीछानेको कोटामा केहि मानिसको नाममा सहमति नभएकोले केहि दिन पर सर्ने देखिन्छ परराष्ट्र श्रोतले बतायो ।

    Post Views: 2
    प्रकाशित मिति: २०८३ श्रावण २०, बुधबार ०६:२०
    Advertisement
    संबन्धित शिर्षकहरु
    विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक
    नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 
    अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !
    Advertisement
    ताजा अपडेट
    • १. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • २. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ३. अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !

    • ४. रिक्त २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी: केहि नाममा सहमति हुन बाँकी !

    • ५. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ३. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ४. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ५. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.