• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र ३, बुधबार २०:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाली सेनाका एक पुर्व बरिष्ठ अधिकारीले प्रधानमन्त्रि बालेन्द्र शाहको ड्रेस कोडको विषयमा गंभीर आपत्ति जनाएका छन । भर्खरै नेपाल भ्रमणमा क्रममा प्रधानमन्त्रिले विशिष्ठ भेटघटका क्रममा लगाएका ड्रेसले देशका्े छविमा आँच आउने बताएका छन । त्यति मात्रै नभएर पुर्व रथि प्रमसिंह बस्न्यातले नेपालको कानुन नै उल्लंघन हुने गरी लगाएको ड्रेसमाथी प्रश्न गर्दै प्रधानमन्त्रिज्यू तपाई यूक्रेनको राष्ट्रपति जस्तो हुन लागेको हो ? नेपालको राष्ट्रिय पोशाक छैन भन्दै प्रश्न उठाएका छन । वर्तमान प्रधानमन्त्रिमाथी सेनाको उपल्लो तहबाट प्रश्न उठाएको यो पहिलो पल्ट हो । राष्ट्रिय स्वतन्त्र पाटीका सांसदले सेनाका अफिसरमाथी हप्की दप्की गरिएको विषयमा यतिखेर सेनाको एउटा तप्का वर्तमान सरकारप्रति शसंकित बन्दै गईरहेको अनुमान गर्न सकिन्छ । पुर्वरथि बस्नेतको फेसबुकमा प्रकासित विज्ञप्ति जस्ताको तस्तै । सो विज्ञप्तिमा प्रधानमन्त्रिले नेपाली परम्परा मास्न उद्धत भएको आरोप लगाएका छन ।

    सम्माननिय प्रधानमन्त्रि तथा रक्षयामन्त्रि बालेन शाहज्यु

    सलाम ,

    १, म नेपालि सेनाको अबकास प्राप्त अधिकृत हुँ भने नेपालको इतिहास, संस्कार र संस्कृति को अभिलेखको लागि मेरो निजि खर्चमा सो कामको लागि परेको १० बर्ष भयो तर म बि स २०५३ साल देखि काम गरि रहेको छु। नेपालमा लिखित संबिधान छ, लिखित कानुन छन् साथै अलिखित कानुर र नियम पनि छन्। अर्थात कस्टमरि ल पनि छन्। यो संसारमा हुन्छन। देसको संबिधान भन्दामाथि कस्टमरि ल हुन्छन। यो सबैले मान्नु पर्छ।

    २, तपाइँ प्रधानमन्त्रि भयपछि यो देसले सदियौदेखि मानि आयका हाम्रा कस्टमरि ल मासिदै छन्। उदाहरणको लागि आज मात्र तपाइले देसको कस्टमरि ल मास्नु भो। तपाइले भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्दाका तपाइका पोसाकका तस्बिर तपाइँ कै अफिसबाट सार्बजानिक भयको मैले देखे। अन्तरास्ट्रिय मान्यता र देसको अनुसानको लागि समेत तपाइले किन भेस्ट र कोट ( पाइण्ट लगाउनु भो ? के तापाई युक्रेनको रास्ट्रपति जस्तो युद्ध मैदानको कमाण्ड गर्दै हुनुहुन्छ ? के नेपालको औपचारिक पोसाक छैन ? यस्ता प्रोग्राममा तपाइका मन खुसि चल्दैन, चल्दै चल्दैन। प्रधानमन्त्रीको पद यो व्यक्तिको होइन। मन लाग्दो पाराले पोसाक ( पहिरन लगाउन पाइन्न। तपाइले नेपालको इज्जत घटाउनु भयको छ। हाम्रो परम्परा मास्नु भाको छ। याद राख्नुस प्रधान मन्त्रि ज्यु , भारतीयहरु यस्ता औपचारिक प्रोग्राम अति नै औपचारिक हुन्छन। उदाहरणयोग्य बन्नुस।

    ३, प्रधानमन्त्रीज्यु, म एउटा अनुसासित सिपाही हु। यो देसको परम्पराको सम्मान गर्छु। तर तपाइका क्रियाकलाप देख्दा सार्है दुख लाग्छ । मलाइ कोहिसंग केहि लिनु छैन तर म देसको संस्कार, संस्कृति र इज्जत गुमाउन चाहान्न।

    ४, अन्तमा, मैले रा स्व पा को सरकारलाइ साथ् दियको छु। देसमा केहि होला भन्ने आस गरेको छु । तर , तपाइँ र तपाइका पार्टिले मेरो बिस्वासघात गरि रहेको महसुस गरेको छु। अवकासप्राप्त कर्मचारीमध्ये बहालवाला र अबकास्प्राप्त धेरै मान्य गुन्यहरु जिवितै छन्। तर म मात्र एक्लो देख्छु ? तपाइका सबल र दुर्बल पाटोलार्इ जस्ताको तस्तै प्रस्तुत गरेको छु जस्तो लाग्दछ ? तपाइका सरकारले धेरै राम्रा काम गर्दै छन्। तपाइँ माथि भ्रस्टचारका कुनै दाग छैनन्। तर मैले यो देसकोलागि, प्रधानमन्त्रि पदको मर्यादाको लागि , रक्ष्यामन्त्रि पदको मार्यादाको लागि र तपाइँ कै लागि पनि बिनम्रताको साथ् सुझाब दियको छु।

    जो आदेस , श्रीमान्

    ( प्रेमसिंह बस्न्यात

    Post Views: 86
    प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार २०:०१
    Advertisement
    संबन्धित शिर्षकहरु
    इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट
    प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय
    नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    • २. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    • ५. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ४. दुईवटा सैन्य कार्गो जहाजमा अमेरिकाबाट पुग्यो उद्धार उपकरण

    • ५. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.