• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र ३, बुधबार २०:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विदेशी विद्यार्थी तथा पत्रकारले अमेरिकामा बस्न पाउने अवधिलाई सीमित गर्ने र त्यसपछि बसाइ लम्ब्याउन आवेदन दिनुपर्ने व्यवस्था ल्याउने संघीय सरकारको नयाँ नियम रोक्न माग गर्दै श्रमिक संघ तथा अधिकारवादी संस्थाहरूको गठबन्धनले मंगलबार अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको होमल्यान्ड सेक्युरिटी विभाग डिएसएले ल्याएको नयाँ नियमले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा, सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागी भई अमेरिकामा काम गर्न अनुमति दिने जे भिसा र सञ्चारमाध्यममा कार्यरत व्यक्तिका लागि आई भिसाको निश्चित अवधि तोक्ने व्यवस्था गरेको छ। हाल यी भिसा सम्बन्धित कार्यक्रम वा अमेरिकामा रहेको रोजगारीको अवधिसम्म कायम रहन सक्छन्।

    नयाँ नियमअनुसार, आगामी सेप्टेम्बर १५ देखि लागू हुने गरी विद्यार्थी तथा एक्सचेन्ज भिसाको अवधि अधिकतम चार वर्ष तोकिनेछ। पत्रकारका लागि हाल वर्षौंसम्म कायम रहन सक्ने आई भिसाको अवधि अधिकतम २४० दिन हुनेछ। तर चिनियाँ नागरिकका हकमा यो अवधि ९० दिन मात्र हुनेछ।

    म्यासाचुसेट्स जिल्लाका लागि अमेरिकी जिल्ला अदालतमा दायर गरिएको मुद्दामा ती संस्थाहरूले नयाँ व्यवस्थालाई विश्वविद्यालय, अन्तर्राष्ट्रिय विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि “विनाशकारी” हुने बताएका छन्।

    न्यूज गिल्डका अध्यक्ष जोन स्लुसले नयाँ नियमलाई पत्रकारमाथिको आक्रमणको संज्ञा दिएका छन्। न्यूज गिल्डले रोयटर्समा कार्यरत धेरै अमेरिकी पत्रकारको प्रतिनिधित्व गर्छ। मुद्दा दायर गर्ने संस्थाहरूले विदेशी विद्यार्थी तथा अन्य गैर आप्रवासीहरूलाई अमेरिका आउनबाट नयाँ नियमले निरुत्साहित गर्ने दाबी गरेका छन्। उनीहरूका अनुसार, अध्ययनकै बीचमा कानुनी आप्रवासन हैसियत गुम्न सक्ने जोखिमका कारण विद्यार्थीहरू अमेरिका आउन हिच्किचाउनेछन्।

    उनीहरूले मुद्दामा भनेका छन्, “विद्यार्थीहरूले अवसर गुमाउनेछन्, विद्यालयहरूले प्रतिभा गुमाउनेछन् र अमेरिकी जनताले अमेरिकाको प्रमुख निर्यातमध्ये एक शिक्षा क्षेत्रबाट हुने अर्बौं डलरको आर्थिक योगदान गुमाउनेछन्।” तर होमल्यान्ड सेक्युरिटी विभागका एक प्रवक्ताले मुद्दालाई “देखावटी विरोध” भन्दै खारेज गरेका छन्।

    ती प्रवक्ताले भने, “यदि सञ्चारमाध्यमलाई वास्तवमै वैध अन्तर्राष्ट्रिय विद्यार्थीको चिन्ता छ भने, उनीहरूले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुपर्ने हो। किनभने ट्रम्प प्रशासनले व्यापक रूपमा भइरहेको भनिएको भिसा दुरुपयोगमाथि कडाइ गरिरहेको छ, ताकि वास्तवमै अमेरिकामा अध्ययन गर्न चाहने व्यक्तिले मात्र यहाँ अध्ययन गर्ने सुविधा पाऊन्।” यद्यपि, डिएचएस प्रवक्ताले उल्लेख गरेको कथित भिसा दुरुपयोगका सम्बन्धमा कुनै प्रमाण भने प्रस्तुत गरेनन्। रोयटर्स समाचार

    Post Views: 75
    प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार २०:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट
    प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय
    नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    • २. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    • ५. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ४. दुईवटा सैन्य कार्गो जहाजमा अमेरिकाबाट पुग्यो उद्धार उपकरण

    • ५. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.