• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र ३, बुधबार २१:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने भएका छन्।  राष्ट्र संघको ८१औं महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ। प्रधानमन्त्री शाह नजाने भएपछि नेपाली प्रतिनिधि मण्डलको नेतृत्वमा परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन्।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

    मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने।’ यसअघि संयुक्त राष्ट्र संघको महासभामा प्रायः नेपाली टोलीको नेतृत्वमा प्रधानमन्त्रीले गर्दै आएका थिए।

    संयूक्त राष्ट्रसंघको बैठकमा विश्वभरीबाट राष्ट्रप्रमुखहरु जान्छन । त्यो एउटा नेपालका लागि ठुलो कुटनीतिक प्लेटफर्म पनि हो जहाँ आफ्नो देशको बारेमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लबिड गर्ने प्रचलन छ । यो अवसरलाई सदुपयोग गर्न सहभागी हुनु पर्ने थियो । आखिर प्रधानमन्त्रि महत्वपुर्ण स्थान वा प्रतिनिधित्व गर्ने ठाउमा नजाने भए जाने चाही कहाँ हो त भन्ने आम प्रश्न उठेका छन ।

    संयुक्त राष्ट्रसंघ महासभाको वार्षिक अधिवेशन विश्वका राष्ट्राध्यक्ष, सरकार प्रमुख, परराष्ट्रमन्त्री तथा उच्च कूटनीतिक अधिकारीहरूको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय जमघटका रूपमा चिनिन्छ। हरेक वर्ष सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने महासभामा विश्वका १९३ सदस्य राष्ट्र सहभागी हुन्छन्।

    महासभाको मुख्य आकर्षण साईडलाईन वार्ता हो। यसमा सदस्य राष्ट्रहरूले आफ्ना राष्ट्रिय प्राथमिकता, विदेश नीति तथा विश्वव्यापी मुद्दाबारे धारणा राख्छन्। अधिकांश देशले राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई महासभामा सम्बोधनका लागि पठाउने गर्छन्। महासभामा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व देशअनुसार फरक हुन्छ। कतिपय देशका राष्ट्रपति, प्रधानमन्त्री, राजा वा अन्य सरकार प्रमुख स्वयं न्यूयोर्क पुग्छन्।

    राष्ट्राध्यक्ष वा सरकार प्रमुख सहभागी हुन नसक्ने विशेष परिीस्थतिमा बाहेकको अवस्थामा सम्बन्धित देशका परराष्ट्रमन्त्री वा अन्य वरिष्ठ अधिकारीले महासभामा सम्बोधन गर्ने गर्छन्। प्रतिनिधिमण्डलमा सामान्यतः परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, राजदूत, कूटनीतिक कर्मचारी तथा सम्बन्धित विषयका विज्ञसमेत सहभागी हुन्छन्।

    Post Views: 20
    प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार २१:२६
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान
    स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता
    अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • २. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ४. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.