• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी गायिका जेसिका काठमाडौँमा

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र ९, मंगलवार ०३:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रख्यात अमेरिकी गायिका तथा गीतकार जेसिका लीन नेपाली सङ्गीतकर्मी तथा सङ्गीत उद्योगका पेसाकर्मीहरूसँग भदौ ८ देखि १३ गतेसम्म चल्ने सप्ताहव्यापी व्यावसायिक आदानप्रदान, मार्गदर्शन तथा सहकार्यका लागि काठमाडौँ आइपुगेकी छिन्। यो कार्यक्रम अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा प्रायोजित ‘आर्ट्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको एक हिस्सा हो।

    गीत लेखन, साङ्गीतिक व्यवसाय, डिजिटल प्लेटफर्म, प्रतिलिपि अधिकार र बृहत्तर सङ्गीत उद्योगमा केन्द्रित अन्तरक्रियात्मक सत्रहरूमार्फत लीन यस हप्ताभरि नेपाली गायक-गायिका, सङ्गीतकार, गीतकार, निर्माता, कलाकार व्यवस्थापक र अन्य साङ्गीतिक पेसाकर्मीहरूसँग संलग्न हुनेछिन्। नेपाली कलाकार तथा पेसाकर्मीहरूले बजार, श्रोता-दर्शक र अमेरिकी सङ्गीत उद्योगका समकक्षीहरूसँग सहकार्यका अवसरहरूबारे नयाँ दृष्टिकोण हासिल गर्नेछन्।

    ‘अमेरिका र नेपालबिचको साझेदारी कलाको क्षेत्रसम्म पनि फैलिएको छ र यसै साल अमेरिकी स्वतन्त्रताको २५० वर्षको उत्सव मनाउँदै गर्दा अमेरिकी सांस्कृतिक उत्कृष्टता बाँड्न पाउँदा हामी गौरवान्वित छौँ। सङ्गीत हाम्रा दुई देशका जनतालाई जोड्ने एक शक्तिशाली माध्यम हो। अमेरिकी र नेपाली कलाकार तथा श्रोता-दर्शकहरूलाई एकअर्काबाट सिक्ने, आफ्ना दृष्टिकोणहरू बाँड्ने र सार्थक व्यावसायिक सम्बन्धहरू निर्माण गर्ने अवसर सृजना गर्दै नेपालको बढ्दो उद्योगधन्दाको आर्थिक वृद्धि र सिर्जनात्मकतामा योगदान दिन पाउँदा हामीलाई खुसी छ,’ कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमले भने।

    ‘आर्ट्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको समापन भदौ १३ गते शनिवार ललितपुरको पुलचोकस्थित ‘द प्लाजा’ सम्मेलन केन्द्रमा एक सार्वजनिक कन्सर्टका साथ हुनेछ । दर्ता भएका आमन्त्रित अतिथिका लागि ढोका दिउँसो ३:३० बजे खुल्नेछ भने कार्यक्रम ठिक ४:३० बजे सुरु हुनेछ । कन्सर्टमा जेसिका लीनका अतिरिक्त नेपाली कलाकारहरू रातो रानी र उजन शाक्यका पनि प्रस्तुति रहनेछन् । जेसिका लीन र प्रख्यात सारङ्गीवादक एवं अमेरिकी सरकारी आदानप्रदान कार्यक्रमका पूर्वसहभागी किरण नेपालीको विशेष ‘फ्युजन’ प्रस्तुति पनि उक्त साँझमा समाविष्ट छ ।

    Post Views: 2
    प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार ०३:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    • ५. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.