• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भीषण बाढीपछि अवरूद्ध सञ्चार यसरी भयो पुनर्स्थापना

  •  कमलकुमार बस्नेत/ रासस
  • २०८३ भाद्र १३, शनिबार ०९:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो।

    बाढी आएलगत्तै सञ्चार सेवा अवरुद्ध भयो, जसले गर्दा आम नागरिकले समयमै सही सूचना पाउन सकेनन्। फलस्वरुप मानिसहरु समयमै सही सूचनाबाट बञ्चित भए।

    मानिसहरुले जे जति सूचना पाए त्यसले आम मानिसमा चिन्ता फैलायो।

    सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै आएका बाढीका तस्बिर र भिडियोले तनाव झन बढायो । बाढीका कारण छोटो समयमा लाखौँ मानिसहरु प्रभावित भएपछि सरकारले खोज र उद्धारका लागि तत्काल काम सुरु गर्‍यो।

    सोही समयमा सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार पुनःस्थापनाका लागि काम सुरु गर्‍यो।

    मन्त्रालयमा समन्वय कार्यान्वयन तथा अनुगमन अधिकृत किरन घिमिरेका अनुसार तत्कालै नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, एनसेल, सशस्त्र प्रहरीको समन्वयमा तत्कालै काम सुरु भयो।

    ‘हामीले बाढी आएको दिन दिउँसो २ बजेदेखि नै सञ्चार पुनःस्थापनाका लागि काम गरिसकेका थियौं। सोही दिन प्रभावित क्षेत्रमै पुगेर अनुगमन गरी कसरी काम गर्ने योजना बनाएका थियौँ,’ अनुगमन अधिकृत पण्डितले भने।

    रसुवा, नुवाकोट र धादिङमा सञ्चालनमा रहेका नेपाल टेलिकम (एनटिसी)का १२० र एनसेलका ७८ बिटिएस टावर सञ्चालन थिए।

    जसमध्ये बाढीका कारण एनटिसीका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो । कतिपय ठाउँमा टावरमै ठूलो क्षति पुगेको थियो भने कतिपय ठाउँमा टावर सञ्चालनका लागि आवश्यक ऊर्जाको अभाव भइसकेको थियो।

    सरकारले त्यसपछि हेलिकप्टर र सडकमार्गबाट इन्धन, सोलार प्यानल र जेनेरेटर ढुवानी गरेर टावरहरु सञ्चालनको प्रयास गरेको थियो।

    जसमध्ये हालसम्म एनटिसीका ८६ र एनसेलका ७० वटा बिटिएस टावर सञ्चालनमा आइसकेको सम्बन्धित सेवाप्रदायकले जनाएका छन्।

    अब केही दिनमा बाँकी एनटिसीका ३८ र एनसेलका आठ वटा टावर सञ्चालनमा ल्याउने गरी काम भइरहेको कम्पनीहरुको भनाइ छ ।

    नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा नेपाल टेलिकमका कुल १२० वटा टावर थिए।

    जसमध्ये हाल ८२ वटा पुनः सञ्चालनमा ल्याइएका छन् भने  आएका छन्।

    उहाँका अनुसार केही टावर बाढीबाट पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । साथै बाँकी टावरहरू चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन विद्युत् आपूर्ति र इन्धन व्यवस्थापनलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ।

    बाढीका कारण अधिकांश साइटमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि सुरुमा करिब आठ घण्टासम्म ब्याट्री ब्याकअपबाट सेवा सञ्चालन गरिएको थियो। त्यसपछि हेलिकप्टरमार्फत जेनेरेटर र इन्धन प्रभावित क्षेत्रमा पु¥याइएको उहाँको भनाइ छ ।

    साथै सडक मार्गबाट समेत त्रिशूलीसम्म जेनेरेटर र इन्धन पुर्‍याइएको र प्रभावित क्षेत्रमा काम गर्ने कर्मचारीलाई आवतजावत गर्न सहज हुने अवस्था र आवश्यक इन्धन तथा अन्य सहयोग उपलब्ध भएमा बाँकी साइटहरू चाँडै सेवा पुनः सञ्चालनमा ल्याइने एनटिसीको भनाइ छ।

    ‘बाढीका कारण गल्छीदेखि नुवाकोटसम्मको फाइबर लिंक पूर्ण रूपमा अवरुद्ध भएको थियो । फाइबर क्षतिग्रस्त भएपछि ककनीतर्फको आरएएस फाइबरलाई ब्याकअपका रूपमा प्रयोग गरिएको र माइक्रोवेभ लिंक प्रयोग गरेर प्रभावित क्षेत्रका साइटहरू सञ्चालनमा ल्याइएको हो,’ उनले भने। उनका अनुसार टेलिकमले प्रभावित क्षेत्रका आफ्ना एक लाख ६० हजार बासिन्दालाई बुधबारदेखि दुइए दिनका लागि निःशुल्क गरिएको डाटा, एसएमएस र भ्वाइस सेवालाई  पाँच दिनसम्मका लागि बढाइएको बताए।

    एनसेलका नेटवर्क प्रमुख लीना केशरी कंशाकारका अनुसार रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको बाढी तथा पहिरोका कारण एनसेलका दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको थियो।

    बाढीका कारण रसुवादेखि करिब ७०–८० किलोमिटरको क्षेत्रमा विभिन्न स्थानमा फाइबर काटिनुका साथै बगाएपछि एनसेलका २७ वटा बिटीएस साइट प्रभावित भएका थिए ।

    उनका अनुसार त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायको सहयोगमा प्राविधिक टोली परिचालन गरी प्रभावित क्षेत्रमा सेवा पुनःस्थापनाको काम सुरु गरिएको थियो।

    बाढीपछि अवरुद्ध भएका २७ बिटिएस टावरमध्ये १८ वटा सञ्चालनमा ल्याइसकिएको र अब ९ वटा मात्रै सञ्चालनमा आउन बाँकी रहेको एनसेलले जनाएको छ । ती बिटिएस टावर पनि चाँडै सञ्चालनमा आउने एनसेलको भनाइ छ ।

    फाइबरमार्फत सेवा पुनःस्थापना गर्न सम्भव नभएका स्थानमा पुराना माइक्रोवेभ लिंकको प्रयोग गरी टावर सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ।

    साथै, विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा जेनेरेटर सञ्चालनका लागि आवश्यक इन्धनसमेत हेलिकप्टरमार्फत पुर्‍याइएको कम्पनीको भनाइ छ।

    एनसेलले बाढी प्रभावित मानिसहरुका लागि थप ७ दिन निःशुल्क सेवा दिने समेत घोषणा गरिसकेको छ।

    ‘हाम्रो यो योगदानले प्रभावित समुदायलाई यो विपद्का बेलामा आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौं। यस कठिन समयमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो,’ एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने। यसअघि एनसेलले तीन दिनका लागि निःशुल्क भ्वाइस, एसएमएस र डेटा सेवा घोषणा गरेको थियो।

    एनसेलले नेटवर्क पुनःस्थापनाका क्रममा सहयोग प्रदान गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा सञ्चार मन्त्रलय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, नेपाली सेना, हुवावेलगायतका संस्थाले ठूलो सहयोग गरेको जनाएको छ।

    प्रविधि सेवा प्रदायक कम्पनी हुवावे नेपालका अनुसार कम्पनीले बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकम र एनसेलको सहकार्यमा गरी १० वटा महत्वपूर्ण हब साइटसहित कुल ७० वटा साइट पुनः सञ्चालन गरेको जनाएको छ।

    यसमध्ये दुई वटा महत्वपूर्ण फाइबर लिंक र दुई वटा प्रमुख हब साइटको पुनःस्थापनाले थप २९ साइट पुनः सञ्चालनमा आएको कम्पनीको भनाइ छ।

    कम्पनीले बाढी प्रभावित क्षेत्रममा सञ्चार पुनःस्थापनाका लागि रेडियो, माइक्रोवेभ र फाइबर कनेक्टिभिटीका लागि साइट तथा ट्रान्समिसन लिंक सुधारमा काम गरेको तथा इन्धन, जनशक्ति, उपकरण तथा सामग्री परिचालनलगायतका लजिस्टिक्स र फिल्ड सहयोगलाई तीव्रता दिइएको जनाएको छ।

    साथै दुर्गम तथा बाढी प्रभावित क्षेत्रमा आवश्यक परेको अवस्थामा हेलिकोप्टरको सहयोगसमेत लिएको हुवावे नेपालको भनाइ छ।

    RSS

    Post Views: 5
    प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार ०९:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    बिनासकारी बाढीमा विदेशी उद्धार टोलीको प्रस्ताव किन अस्वीकार गर्यो सरकारले ?
    ४१ पुल र करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त
    अस्ट्रेलियाले नेपाललाई ५० लाख डलर सहयोग गर्ने
    Advertisement
    ताजा अपडेट
    • १. भीषण बाढीपछि अवरूद्ध सञ्चार यसरी भयो पुनर्स्थापना

    • २. बिनासकारी बाढीमा विदेशी उद्धार टोलीको प्रस्ताव किन अस्वीकार गर्यो सरकारले ?

    • ३. ४१ पुल र करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त

    • ४. अस्ट्रेलियाले नेपाललाई ५० लाख डलर सहयोग गर्ने

    • ५. भीषण बाढीबाट जनधनको क्षतिप्रति राष्ट्रसंघका महासचिवले गरे दुःख व्यक्त

    चर्चित
    • १. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • २. ल्हेन्दे खोलामाथि बनिरहेको ताल कति जोखिमपूर्ण हो ? फुट्यो भने फेरी के होला ?

    • ३. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • ४. ४१ पुल र करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त

    • ५. भोटेकोशी नदीमा आएको भीषण बाढी ६ घन्टामा नारायणीसम्म के के भयो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.