• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र २५, बिहीबार ०२:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    लिस्बन । पोर्चुगलमा कार्यरत  चर्चित सेलिब्रिटी शेफ टंक सापकोटाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख ११ हजार १ सय ५१ (करिब २९ हजार युरो) सहयोग प्रदान गरेका छन्।

    नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार तथा राहतका लागि सापकोटा परिवारले उक्त रकम प्रदान गरेको हो।

    सापकोटाले विपद्को कठिन घडीमा मातृभूमि र पीडित समुदायसँग आफ्नो परिवारले जीवनबाट प्राप्त गरेको केही अंश बाँड्न पाउनु कर्तव्यसँगै मानवता, कृतज्ञता र आत्मसम्मानको विषय  भएको बताए।

    “हामीले जीवनबाट प्राप्त गरेको केही अंश कठिन घडीमा आफ्नो मातृभूमि र पीडामा रहेका समुदायसँग बाँड्न सक्नु हाम्रो लागि कर्तव्यमात्र होइन, मानवता, कृतज्ञता र आत्मसम्मान पनि हो,” उनले भने।

    उनले पोर्चुगिज नागरिकहरूले वर्षौँदेखि आफू, आफ्नो परिवार, रेस्टुरेन्ट तथा व्यवसायप्रति देखाएको माया, विश्वास र सद्भावप्रति  आभार व्यक्त गरे। साथै, आफ्नो यात्रासँग जोडिएका ग्राहक, मित्र, शुभेच्छुक तथा विश्वभरिका सहृदयी व्यक्तिहरूलाई  पनि उनले धन्यवाद दिए।

    सापकोटाले पछिल्लो विपद्ले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको असरप्रति गम्भीर प्रश्नसमेत उठाएको बताए। जलवायु परिवर्तनमा न्यून योगदान गरेका निर्दोष मानिस तथा समुदायहरू नै यसको सबैभन्दा ठूलो मारमा परिरहेको उनको भनाइ छ।

    नेपालमा जन्मिएर विगत ३० वर्षदेखि पोर्चुगलमा बस्दै आएका सापकोटाले मातृभूमिमा आएको विपत्तिप्रति आफू उदासीन रहन नसकेको बताए।

    “नेपाल मेरो मातृभूमि हो, म जन्मिएको ठाउँ हो, मेरा जरा र मेरो पहिचानसँग जोडिएको देश हो। नेपाल र तिब्बतमा यति धेरै मानिसले दुःख पाइरहेको देख्दा मलाई अत्यन्त दुःख लागेको छ र म यसप्रति उदासीन रहन सक्दिनँ,” उनले भनेका छन्।

    सापकोटाले पोर्चुगलमा आफ्नो व्यावसायिक यात्राका क्रममा खानालाई विभिन्न सामाजिक अभियानसँग जोड्दै आएका छन्। आफ्ना रेस्टुरेन्ट तथा सार्वजनिक पहिचानमार्फत सामाजिक उद्देश्यका लागि समुदाय परिचालन गर्दै आएका उनले यसपटक पनि खानाको टेबललाई मानवीय सहयोग र एकताको माध्यम बनाएका हुन्।

    यस मानवीय अभियानमा साथ र सद्भाव प्रदान गरेकोमा सापकोटा परिवारले पोर्चुगलस्थित नेपाली राजदूतावासप्रति आभार व्यक्त गरेको छ।

    Post Views: 16
    प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार ०२:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व
    इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट
    प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय
    Advertisement
    ताजा अपडेट
    • १. पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

    • २. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ३. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ३. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ४. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.