नेपाली मुलका अमेरिकी विश्वबहादुर शाह न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि डेमोक्रेटिक प्राइमरीमा निर्वाचित भएका छन्। म्यानचेस्टर निवासी शाहले हिल्सबरो काउन्टी जिल्लाबाट डेमोक्र्याटिक प्राइमरीमा तीन सदस्यीय राज्य प्रतिनिधिसभा सिटमध्ये एक जितेका हुन्। अब शाहले प्रतिनिधिसभामा सिट सुरक्षित गर्नका लागि नोभेम्बरमा हुने अन्तिम चुनावको सामना गर्नुपर्नेछ।

तीन जना प्रतिनिधि निर्वाचित हुने सा् स्थानमा सेप्टेम्बर ८ मा भएको डेमोक्र्याटिक प्राइमरीको ९९ प्रतिशत मत गणना हुँदा शाहले १४ सय ९५ मत अर्थात् २३ दशमलव २ प्रतिशत मत प्राप्त गरेर विजयी भएका हुन। शाहले आफ्नो अभियानमा जीवनयापनको खर्च घटाउने, आर्थिक न्याय, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा, बाल हेरचाह तथा ज्येष्ठ नागरिकलाई सहयोग गर्ने विषयलाई प्राथमिकता दिएका थिए।
शाहको विजय नेपाली अमेरिकी समुदायको बढ्दो राजनीतिक सहभागिताको क्रममा चौथो व्यक्ति हुन । मेरील्यान्डमा ह्यारी भण्डारी राज्य संसदमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी हुन्। न्युयोर्ककी असेम्बली सदस्य सरहाना श्रेष्ठ अमेरिकाकी पहिलो महिला नेपाली अमेरिकी राज्य सांसद हुन्। मेरील्यान्डमा सतीश चापागाईंले पनि हालै डेमोक्र्याटिक प्राइमरीमार्फत राज्य हाउस अफ डेलिगेट्सको आमनिर्वाचनका लागि प्रतिस्पर्धा गरी रहेका छन ।





