गत अगस्ट २६ मा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि बाढी पीडितका नाममा विश्वका विभिन्न देशबाट सहयोग जुटाउने क्रम तीव्र बनेको छ। व्यक्तिगत, सामुदायिक तथा गैरनाफामूलक संस्थाहरूले गोफण्ड मी लगायतका अनलाइन प्लेटफर्ममार्फत राहत रकम संकलन गरिरहेका छन्।अहिलेसम्म गोफण्ड मी मार्फत नेपालका बाढीपीडितका लागि विश्वभरबाट कति रकम संकलन भयो भन्ने आधिकारिक एकीकृत तथ्यांक सार्वजनिक भएको छैन। हामीले सम्पर्क भएका र सामाजिक सन्जालमा भेटिएका केहि प्रतिनिधि सस्थाहरुको तथ्यांक सार्वनजिक गरेका छौ । जुन सामाजिक सन्जालमा उपलब्ध छ ।


सन्चालनमा आएका विभिन्न माध्यमबाट सहयोग रकम उठाउने अभियानमा करोडौ रुपिया संकलन भएका छन । अभियान उद्देश्य बाढी पीडितका लागि भनिएका छन । त्यसरी रकम जम्मा गर्ने व्लोबल प्लेटफर्म गो फण्ड मी मा विभिन्न नाममा उठाइएका रकम फरक फरक नाममा जम्मा भएको देखिन्छ । धेरै जसो विदेशमा बस्ने नेपालीहरुले रकम सहयोग गर्न भन्दै खुलेको आव्हानमा केहि सय देखि एक लाख डलर भन्दा बढी पुगेका छन । त्यो रकम कसरी कुन माध्यमबाट नेपाल पुग्ला त्या भने निश्चित छैन ।
यस अभियानमा केहि विदशी र धेरै नेपालीले सन्चालनमा ल्याएका छन । त्यसरी सन्चालन गरिएका सहयोग धे्ररै जसो संघ सस्था र केहि व्यक्तिहरुले पनि बाढी पीडितका लागि भन्दै रकम उठाएको विभिन्न माध्यमहरुमा भेटिन्छन । तीमध्ये हामीले सम्पर्क गरेका केहि सस्थाले नेपाल सरकारसंग संयोजन गरेर नेपाल पठाउने बताए भने कतिपयले सरकारलाई रकम दिएमा दुरुपयोग हुने भएकोले प्रत्यक्ष पीडितलाई दिने दावी गरेका छन । तर भुकम्पको बेला जसरी व्यापक रुपमा उठेको रकम दुरुपयोग भएको भनिएको थियो यसपाली पनि उठेका रकम पुर्ण सदुपयोग हुनेमा आशंका प्रसस्तै छ । त्यसैले नेपाल सरकारले यस विषयमा चनाखो हुनु जरुरी छ ।

नेपाली संघसंस्था, विद्यार्थी समूह तथा नेपाल गएर फर्केका विदेशीहरुले सञ्चालन गरेका सहयोग उठाउने अभियानले दसौं हजार डलर उठाएका छन्। यसरी विदेशमा रहेका नेपाली र उनीहरूका समर्थकहरूले उठाएको रकम चुस्त दुरुस्त विवरण राख्ने कुनै एउटै सार्वजनिक तथ्य छैन । नेपाल सरकारले बाढीपछिको प्रारम्भिक पुनर्निर्माण तथा पुनःस्थापनाका लागि करिब ४६ विलययन आवश्यक पर्ने अनुमानसहित अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागिरहेको छ। घटनापछि आएको बाढीले सडक, पुल, जलविद्युत् आयोजना, घर तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
सेप्टेम्बर ४ मा रोयटर्सले उद्धृत गरेको सरकारी प्रारम्भिक अनुमानअनुसार बाढीबाट नेपालमा भएको सम्पत्तिगत तथा पूर्वाधार क्षति करिब रु ३ सय ८७ दशमलव ५ अर्ब पुगेको थियो। नेपालमा विपद्का बेला विदेशमा रहेका नेपाली समुदायले ठूलो मात्रामा आर्थिक सहयोग जुटाउँदै आएका छन्। तर यस्ता प्लेटफर्ममा कति अभियान छन्, कति रकम उठ्यो, आयोजक को हुन्, रकम नेपालमा कसरी पठाइयो र कसरी खर्च भयो भन्ने विवरण एउटै ठाउँमा नहुँदा वास्तविक रकमको यकिन गर्न कठिन हुँदै आएका छन ।
त्यसैले विदेशमा रहेका नेपाली समुदाय, सामाजिक संस्था र व्यक्तिगत अभियन्ताहरूले सञ्चालन गरेका यस्ता अभियानमा संकलित रकम, खर्च विवरण, लाभग्राही र रकम हस्तान्तरणको प्रमाण सार्वजनिक गर्नु आवश्यक देखिन्छ। विशेषगरी एउटै विपद्का लागि विभिन्न नाममा धेरै अभियान सञ्चालन भइरहेका अवस्थामा सहयोगदाताले रकम पठाउनुअघि अभियान आयोजक, बैंक र भुक्तानी विवरण, रकमको प्रयोग र विगतको राहत कार्यको विश्वसनीयता जाँच्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ।

नेपालमा बाढीबाट मृत्यु तथा बेपत्ता हुनेको संख्या हजारौं पुगेको र ठूलो भौतिक क्षति भएको अवस्थामा आगामी दिनमा राहतभन्दा पनि पुनःस्थापना तथा पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने देखिएको छ। त्यसैले अहिले विश्वभरबाट उठिरहेको सानो–ठूलो सहयोगको पारदर्शी अभिलेख राख्नु राज्य, गैरसरकारी संस्था र समुदाय सबैको साझा जिम्मेवारी बन्न पुगेको छ। अमेरिका, बेलायत, क्यानडा, अष्टे्रलिया, जापान, यूरोपका विभिन्न देशहरु, खाडी राष्टहरुमा सहयोग रकम खोल्ने कार्य भएका छन । जसमा गोफण्डमी मा २३ वटा संस्थाहरुको नाम उल्लेख गरिएको भेटिन्छ ।

अमर नेपाल डटकम नामक अनलाईनको तथ्यांकमा हेर्दा गोफण्डमीको केहि तथ्यांकहरु पनि संलग्न देखिन्छ । त्यसमा पनि कति रकम उठेको प्रमाणित भए नभएको पुष्टि नभए पनि निकै ठुलो रकम जम्मा भएको देखिन्छ । यो समाचार पोर्टलभन्दा फरक नेपालसम्बन्धी सूचना, तथ्यांक र सन्दर्भ सामग्रीमा केन्द्रित डिजिटल प्लेटफर्मका रूपमा विकास गरेको देखिन्छ। यो अनलाईनले नेपालसम्बन्धी तथ्य, तथ्यांक, सरकारी सूचना तथा विभिन्न उपयोगी जानकारीलाई एउटै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने गरेको देखिन्छ । यो समाचरमा संलग्न तथ्यांक विभिन्न समाचार माध्यमबाट संकलन गरिएको हो ।
यो समाचारको विस्तृत थाहा पाउन तलको लिंकमा हेर्न सक्नु हुन्छ ।
https://amarnepal.com/disasters/bhote-koshi-flood-2026/gofundme-tracker





