चर्चित नेपाली हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाटै निर्माण गरिएको नयाँ हास्य शृंखला “म त मर्छु की क्या हो ” धुर्मुस सुन्तली यूट्यूवबाट प्रसारण शुरु भएको छ ।

शृंखलाको पहिलो र दोश्रो भाग यूट्यूवबाट हेर्न सकिन्छ । पहिलो शृंखलाको कथावस्तुमै बाढीपीडितका लागि राहतको सन्देशसमेत समेटिएको छ।
पीडितका लागि रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको प्रसंगलाई कथामा समावेश गरिएको छ। कट्टेलका अनुसार शृंखला हरेक शुक्रबार नेपाली समयअनुसार राति ८ः१५ बजे प्रसारण हुनेछ। अमेरिकाको पूर्वी समयअनुसार भने शुक्रबार बिहान १०ः३० बजे शृंखला हेर्न सकिनेछ।
शृंखलाको निर्देशन कट्टेलले गरेका छन्। वरिष्ठ हास्यकलाकार मोहन मिश्रले शृंखलामा प्रमुख भूमिकामा अभिनय गरेका छन्। कलाकारहरूमा दिनेश कार्की, शंकरराज वाग्ले, संयम लामिछाने, मनिका चौलागाईं, चुडा धिमाल, धर्म भारती र शुभद्रा आचार्य रहेका छन्। यस शृंखलाबाट कट्टेल र घिमिरेकी छोरी सुबिहानी कट्टेलले बाल कलाकारका रूपमा अभिनय यात्रा सुरु गरेकी छन्।





