राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका आईपुगेका शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्लाव सिकोरस्कीबीच भेटवार्ता भएको छ । उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्लाव सिकोरस्कीले नेपालमा भइरहेका सकारात्मक राजनीतिक तथा आर्थिक परिवर्तनलाई समर्थन गर्दै आवश्यक विशेषज्ञ सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्लाव सिकोरस्कीले नेपालसँगको भेटवार्ताका क्रममा उक्त धारणा व्यक्त गरेका हुन्। सिकोरस्कीका अनुसार भेटमा नेपालमा भइरहेका सकारात्मक राजनीतिक तथा आर्थिक परिवर्तनमा पोल्यान्डको समर्थन र विशेषज्ञ सहयोगका विषयमा छलफल भएको थियो।
त्यस क्रममा नेपालले युक्रेनलाई गर्दै आएको सहयोगप्रति पोल्यान्डले कृतज्ञता व्यक्त गरेको छ। युक्रेनमाथि रुसको आक्रमणका क्रममा नेपालले युक्रेनको समर्थनमा व्यक्त गरेको अडानलाई पोल्यान्डले महत्त्व दिएको हो।
भेटमा रुसले नेपाली नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको विषयमा पनि चर्चा भएको थियो। नेपाली नागरिकको शोषण गर्दै उनीहरूलाई युक्रेनमा युद्ध लड्न बाध्य पारिएको भन्दै पोल्यान्डले रुसको यस्तो कार्यको निन्दा गरेको सिकोरस्कीले बताएका छन्। नेपाल र पोल्यान्डबीच राजनीतिक, आर्थिक तथा प्राविधिक क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
पोल्यान्डले नेपालमा भइरहेका सकारात्मक राजनीतिक तथा आर्थिक परिवर्तनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सहयोगअन्तर्गत आवश्यकताअनुसार विशेषज्ञ सहायता उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ। नेपाल र पोल्यान्डका अधिकारीबीच भएको भेटवार्तामा नेपालको राजनीतिक तथा आर्थिक रूपान्तरणका विषयमा छलफल भएको हो।





