• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

शान्ति स्थापनार्थ नेपाल १० हजार सैनिक खटाउन तयार छ : परराष्ट्रमन्त्री खनाल

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन ८, बिहीबार ०४:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाकाअभियानमा नेपालले पुर्‍याउँदै आएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा राष्ट्रसंघका शान्ति सञ्चालन विभाग उपमहासचिव जाँ-पिइरे लाक्रोइक्ससँग न्युयोर्कमा खनालले  साइडलाइन भेट गरेका थिए । त्यस क्रममा मन्त्री खनालले नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसंघले निरन्तर व्यक्त गर्दै आएको विश्वास र सहकार्यका लागि हार्दिक आभार व्यक्त गरे ।

    ”संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका अभियानमा नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसंघले निरन्तर व्यक्त गर्दै आएको विश्वासका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु,” मन्त्री खनालले भने, ”नेपालले संयुक्त राष्ट्रसंघसँगको आफ्नो दीर्घकालीन सहकार्यलाई उच्च महत्त्व दिएको छ र पारस्परिक विश्वास, सम्मान तथा सहकार्यमा आधारित यस सम्बन्धलाई आगामी दिनमा थप सुदृढ तुल्याउन चाहन्छ।”

    मन्त्री खनालले नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा प्रमुख सैनिक तथा प्रहरी योगदानकर्ता राष्ट्रका रूपमा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गरे । ”हाल करिब १२ वटा संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा चार हजार ३ ०० बढी नेपाली सैनिक तथा प्रहरी कर्मचारीले सेवा प्रदान गरिरहनुभएको छ,” उनले भने, ”संयुक्त राष्ट्रसंघको आवश्यकता र अनुरोधअनुसार थप जनशक्ति आवश्यक परेको अवस्थामा नेपाल १० हजारसम्म शान्ति सैनिक योगदान गर्न तत्पर रहेको छ।”  संयुक्त राष्ट्रसंघबाट शान्ति स्थापनाका लागि आवश्यक सहयोगको आह्वान हुँदा नेपालले सदैव सकारात्मक, जिम्मेवार र रचनात्मक ढंगले प्रतिक्रिया जनाएको खनालले बताए ।

    नेपाली शान्ति सैनिकहरूले व्यावसायिकता, अनुशासन, समर्पण, कार्यदक्षता तथा तोकिएको जिम्मेवारीको प्रभावकारी कार्यान्वयनमार्फत उच्च योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै मन्त्री खनालले संयुक्त राष्ट्रसंघीय मापदण्डअनुरूप प्रशिक्षण, कार्यसम्पादन, जबाफदेहिता तथा अन्तरसञ्चालन क्षमताको निरन्तर अभिवृद्धि गर्न नेपाल प्रतिबद्ध रहेको बताए।

    Post Views: 4
    प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार ०४:४८
    Advertisement
    संबन्धित शिर्षकहरु
    संयुक्त राष्ट्र संघमा सम्बोधनलगत्तै ट्रम्पले गरे ग्रिनल्यान्ड र डेनमार्कसँग सम्झौता
    एकैपटक ८८ चिनियाँको भिसा रद्द, जरिवाना तिराएर ‘डिपोर्ट’ गर्ने तयारी
    राष्ट्रसंघको महासभामा सम्बोधनका लागि न्युयोर्क पुगे प्रधानमन्त्री
    Advertisement
    ताजा अपडेट
    • १. संयुक्त राष्ट्र संघमा सम्बोधनलगत्तै ट्रम्पले गरे ग्रिनल्यान्ड र डेनमार्कसँग सम्झौता

    • २. एकैपटक ८८ चिनियाँको भिसा रद्द, जरिवाना तिराएर ‘डिपोर्ट’ गर्ने तयारी

    • ३. राष्ट्रसंघको महासभामा सम्बोधनका लागि न्युयोर्क पुगे प्रधानमन्त्री

    • ४. नेपाली समाज ‘असहिष्णु’ र ‘अधैर्य’ किन बन्दैछ ? अब कता जाँदैछ ? कसरी समाज जोगाउने ?

    • ५. शान्ति स्थापनार्थ नेपाल १० हजार सैनिक खटाउन तयार छ : परराष्ट्रमन्त्री खनाल

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.