प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्क पुगेका छन् । राष्ट्रसंघको महासभामा सम्बोधनका लागि मंगलबार उनी त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधी राम भण्डारीले स्वागत गरे ।
प्रधानमन्त्री शाहको टोलीमा प्रमुख सल्लाहकार कुमार बेनसहित अन्य सदस्यहरू छन् । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय छलफलअन्तर्गत सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सोही दिन प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग समेत भेटवार्ता गर्नेछन् ।





