भोटेकोसी बाढीपीडितका लागि अमेरिकामा रहेका विभिन्न चार सस्थाहरुले फरक फरक कार्यक्रमा झण्डै ५ करोड डलरभन्दा बढी रकम परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरिएको छ । जसमा एनएच नेपाली समाजबाट १ लाख २० हजार अमेरिकी डलर, अमेरिका नेपाल हेल्पिङ सोसाइटी भर्जिनियाबाट ९३ हजार अमेरिकी डलर र गुरुङ सोसाइटी यूएसएबाट १३ हजार अमेरिकी डलरका राहत सहयोगको लागि प्रदान गरेका हुन् । सम्बन्धित संस्थाका प्रतिनिधिहरूले छुट्टाछुट्टै चेक मन्त्री खनाललाई हस्तान्तरण गरे ।

मन्त्री खनालले बाढीबाट प्रभावित नेपालीप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि सम्बन्धित संस्था तथा नेपाली समुदायप्रति आभार व्यक्त गरे ।अमेरिकाको न्यूह्यामसर राज्यमा बसोबास गर्ने नेपाली अमेरिकी समुदायले नेपालका भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि १ करोड ८४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।
त्यसैगरी न्यूह्यामसर नेपाली समाजको अगुवाइमा सञ्चालन गरिएको राहत संकलन अभियानमार्फत १ लाख २० हजार अमेरिकी डलरभन्दा बढी रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
समाजका अध्यक्ष लाक्पा शेर्पा नेतृत्वको प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित एक समारोहबीच उक्त सहयोग रकम औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
यस अघि जनसम्पर्क समितिले पनि सबा करोड रुपिया नेपाल सरकारलाई बरझाएको थियो ।





