• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बालेन सरकारलाई सर्वोच्चको फुलकोटद्धारा सरकारलाई सचेत

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन १३, मंगलवार ०३:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको गिरफ्तारी गैरकानुनी रहेको भन्दै सर्वोच्च अदालतले तीन विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार सर्वोच्चको फुलकोर्टको बैठकबाट सर्वोच्चले तीन विषयमा सरकारलाई सचेत गराएको हो ।

    फुलकोर्टको बैठकमा गैरकानुनी गिरफ्तारीका घटनाप्रति चिन्ता व्यक्त गर्दै भविष्यमा त्यस्ता घटना जोकोहीमाथि हुनसक्ने भन्दै न्यायाधीशहरूले चिन्ता व्यक्त गरेका थिए । न्यायाधीशहरूको उक्त चिन्तापछि गैरकानुनी गिरफ्तारी रोकिनुपर्नेदेखि अन्य विषयमा सर्वोच्चले सरकारको ध्यानाकर्षण गराएको हो ।

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई आइतबार मध्यरातमा प्रहरीले निवासबाट गिरफ्तार गरेको थियो। कानुनी रितको पालना गर्ने हो भने कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुअघि उसलाई प्रहरीले पक्राउको आधार खुलाएर पुर्जी दिनुपर्छ ।

    फौजदारी अपराध संहिता ऐन २०७४ मा उक्त व्यवस्था छ । मध्यरातमा पूर्वप्रधानन्यायाधीशलाई गिरफ्तार गर्न पुगेको प्रहरीले राणालाई पक्राउ पुर्जी नदिएको परिवारको दाबी छ । राणाको गैरकानुनी गिरफ्तारी भएको भन्दै संसद्‌मा विरोध भएको छ भने मानवअधिकार आयोगले समेत आपत्ति जनाएको थियो ।

    राणाको गैरकानुनी गिरफ्तारी भएको जिकिरसहित चौतर्फी विरोध भएपछि यस विषयमा छलफलका लागि प्रधानन्यायाधीश डा मनोज शर्माले सोमबार सर्वोच्चको फुलकोर्टको बैठक बोलाए । उक्त बैठक पूर्वप्रधानन्यायाधीश राणाको गिरफ्तारीमा केन्द्रित थियो ।

    फुलकोर्टको बैठकमा गैरकानुनी गिरफ्तारीका घटनाप्रति चिन्ता प्रकट भएको छ । भविष्यमा जोकोहीमाथि पनि यस्ता घटना हुनसक्ने चिन्ता न्यायाधीशहरुले बैठकमा व्यक्त गरेका थिए । गैरकानुनी गिरफ्तारीविरुद्ध सरकारलाई सचेत गराउनु आवश्यक रहेको धारणा न्यायाधीशहरुले व्यक्त गरे ।

    फुलकोर्टले गिरफ्तारीको कानुनी सीमा सम्झाउँदै कानुनी रित पुर्‍याएर मात्रै पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सोमबारको फुलकोर्ट बैठकमा पूर्वप्रधानन्यायाधीश राणाको गैरकानुनी गिरफ्तारी मानवअधिकारको हननसहित मानमर्दन पनि रहेको निष्कर्ष निकालेको एक न्यायाधीशले बाह्रखरीलाई जानकारी दिए । ”पूर्वप्रधानन्यायाधीशलाई कसुरविनै पक्राउ गर्ने र हिरासतमा राख्ने कार्य गैरकानुनी मात्र नभई मानमर्दन पनि रहेको कुरा उठ्यो । भविष्यमा यस्ता घटना जोकोहीमाथि पनि पर्नसक्ने चिन्ता बैठकमा प्रकट भएपछि सचेत गराउने ढंगले विज्ञप्ति आएको छ,” ती न्यायाधीशले भने ।

    विज्ञप्तिमार्फत सर्वोच्चले सरकारलाई तीन विषयमा सचेत गराएको छ । पहिलो संविधानका मौलिक हकको पालना गर्न उसले भनेको छ । दोस्रो, पक्राउबारेका कानुनी प्रक्रियाको पूर्ण पालना गर्न ध्यानाकर्षण गराएको छ । तेस्रो कसैको पनि मानमर्दन नगर्न र संवैधानिक अंगका पदाधिकारी रहेकाहरूमाथि संवेदनशील व्यवहार गर्न सर्वोच्चले भनेको हो ।

    नेपालको संविधानले नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षण गर्न भनेको छ । सर्वोच्चको विज्ञप्तिमा भनिएको छ,”प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणार्थ प्रचलित कानुनले निर्धारण गरेको उचित प्रक्रिया अपनाएर मात्रै नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको छ । ”

    Post Views: 99
    प्रकाशित मिति: २०८३ आश्विन १३, मंगलवार ०३:४६
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?
    बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने
    संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा
    Advertisement
    ताजा अपडेट
    • १. नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?

    • २. बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने

    • ३. संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

    • ४. अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

    • ५. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    चर्चित
    • १. अमेरिकी निर्वाचनमा तीन नेपाली मुलका उम्मेदवार ह्यारी, सराहाना र विश्व बिजयी

    • २. आज अमेरिकामा मध्यवधि निर्वाचन, कँग्रेस र सिनेटमा कस्ले ल्याउँछ बहुमत ?

    • ३. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    • ४. अमेरिकी चुनाव: रिपब्लिकनलाई धक्का, अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण

    • ५. काठमाडौं आइपुगे भारतीय राजदूत सुधाकर दलेला

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.