• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाली व्यवसायीको तीन अर्ब ५२ करोड लगानीमा होटल

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन २२, बिहीबार २०:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली व्यवसायीहरूको समूहले नर्थ क्यारोलाइनाको मेबन सहरमा १०३ कोठाको होटल सञ्चालनमा ल्याएको छ । ‘ला क्विन्टा इन’ र ‘हथोर्न एक्सटेन्डेड स्टे’ गरी दुई ब्रान्डअन्तर्गत एउटै भवनमा सञ्चालित होटलमा दुई करोड ३० लाख अमेरिकी डलर, अर्थात् करिब तीन अर्ब ५२ करोड नेपाली रुपैयाँ, लगानी भएको लगानीकर्ताहरूले बताएका छन् ।

    सेप्टेम्बर २४ मा आयोजित औपचारिक समारोहमा साझेदारहरूको प्रतिनिधित्व गर्दै सुमित सञ्जेल, सुधीर मरहट्टा र राधेश पण्डितले संयुक्त रूपमा रिबन काटेर होटल उद्घाटन गर्नुभयो । कार्यक्रममा स्थानीय व्यवसायी, समुदायका अगुवा तथा काउन्टी र नगरका अधिकारीसहित करिब छ दर्जन व्यक्तिको उपस्थिति थियो । होटल मेबनको २९० लोव्स बुलेभार्डमा अवस्थित छ ।

    अलामान्स चेम्बरले आयोजना गरेको कार्यक्रममा साझेदार पण्डितले जग्गा खरिददेखि योजना, अनुमति र निर्माण हुँदै उद्घाटनसम्म आइपुग्न आठ वर्ष लागेको बताउनुभयो । उहाँका अनुसार यो लगानीकर्ता समूहको स्वामित्व र सञ्चालनमा रहेको आठौँ होटल हो । विश्वव्यापी अर्थतन्त्रमा देखिएको सुस्तताका बाबजुद होटलको भविष्यप्रति आफू आशावादी रहेको उहाँले बताउनुभयो ।

    लगानीकर्ता सञ्जेलले लामो तयारीपछि होटलको औपचारिक उद्घाटन गर्न पाउँदा खुसी लागेको सुनाउनुभयो । होटल व्यवस्थापन समूहले राम्रो काम गरिरहेको र पाहुनाबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा अलामान्स चेम्बरकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रेगन सी. गुराल, अलामान्स काउन्टी बोर्ड अफ कमिसनर्सकी अध्यक्ष केली एलेन र मेबनका मेयर एड हुक्सलगायतले मन्तव्य राख्नुभएको थियो । उहाँहरूले मेबनमा भएको लगानीको स्वागत गर्नुभयो ।

    पछिल्लो समय अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली व्यवसायीले नर्थ क्यारोलाइनामा लगानी बढाएका छन् । होटलका साझेदार मरहट्टा र पण्डित आयोवामा बस्नुहुन्छ भने सञ्जेल भर्जिनियामा बस्नुहुन्छ ।

    व्यवसायसँगै नर्थ क्यारोलाइना बसाइँ सर्ने नेपालीहरूको संख्या पनि बढिरहेको छ । राले, ग्रिन्सबोरो, हाई प्वाइन्ट र सार्लोट क्षेत्रमा नेपालीहरूको बसोबास बढ्दै गएको छ । मौसम, विद्यालय र रोजगारीका अवसरले उनीहरूलाई आकर्षित गरेको बताइन्छ ।

     

    Post Views: 61
    प्रकाशित मिति: २०८३ आश्विन २२, बिहीबार २०:५८
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?
    बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने
    संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा
    Advertisement
    ताजा अपडेट
    • १. नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?

    • २. बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने

    • ३. संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

    • ४. अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

    • ५. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    चर्चित
    • १. अमेरिकी निर्वाचनमा तीन नेपाली मुलका उम्मेदवार ह्यारी, सराहाना र विश्व बिजयी

    • २. आज अमेरिकामा मध्यवधि निर्वाचन, कँग्रेस र सिनेटमा कस्ले ल्याउँछ बहुमत ?

    • ३. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    • ४. अमेरिकी चुनाव: रिपब्लिकनलाई धक्का, अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण

    • ५. काठमाडौं आइपुगे भारतीय राजदूत सुधाकर दलेला

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.