नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरैमात्रै सकिएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए ।

शुक्रबार बिहान सुरू भएको मतदान राति १० बजे मात्रै सकिएको थियो। निर्वाचन समितिले मतदानको समय पटक पटक थप्दा मतदान राति १० बजे सकिएको हो।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ मत खसेको छ।





