• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति ट्रम्पकी नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाकारिया

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन २९, बिहीबार १८:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एजेन्डा अघि बढाउने प्रतिबद्धता जनाउँदै नयाँ प्रेस सेक्रेटरी क्याटी जाकारियाले ह्वाइट हाउसमा आफ्नो पहिलो औपचारिक पत्रकार सम्मेलन सुरु गरिन । न्युज म्याक्रीकी पूर्व टिप्पणीकार जाकारियाले आफ्नो पहिलो ब्रिफिङका क्रममा अधिकांश समय तयार पारिएको स्क्रिप्ट हेरेर बोलेकी थिइन्। राष्ट्रपति ट्रम्पले जाकारियाको पहिलो सार्वजनिक ब्रिफिङलाई ‘उत्कृष्ट’ भन्दै प्रशंसा गरेका छन्। ट्रम्पले सञ्चारमाध्यमसँग प्रत्यक्ष संवाद गर्दा प्रायः कडा भाषा प्रयोग गर्ने र आफ्ना आलोचक पत्रकारहरूप्रति आक्रामक शैली अपनाउने गरेका कारण ह्वाइट हाउसको प्रेस सेक्रेटरी पदलाई चुनौतीपूर्ण जिम्मेवारीका रूपमा हेरिन्छ।

    जाकारियाले भने ट्रम्प प्रशासनको एजेन्डालाई अघि बढाउने र सरकारका नीति तथा उपलब्धिबारे अमेरिकी जनतालाई जानकारी गराउने आफ्नो प्राथमिकता रहेको बताएकी छन्। उनको पहिलो ब्रिफिङमा प्रश्न सोध्ने अवसर पाएका सञ्चारमाध्यममा ‘ब्रेटबार्ट’, ‘फक्स न्युज’ र ‘डेली मेल’ लगायत थिए। आलोचनात्मक प्रश्न र पत्रकारहरूसँगको प्रत्यक्ष संवादका लागि महत्त्वपूर्ण मानिने प्रेस ब्रिफिङमा सीमित प्रश्नलाई मात्र अवसर दिइएको विषयले उनको सञ्चार शैलीबारे चासो बढाएको छ।

    यसअघि ट्रम्प प्रशासनकी प्रेस सेक्रेटरी रहेकी क्यारोलिन लेभिटले १७ महिनाको कार्यकालपछि गत अगस्टमा पद छाडेकी थिइन्। जाकारियाले आफ्नो पहिलो ब्रिफिङमा लेभिटकै शैलीमा ट्रम्प प्रशासनका नीतिहरू, अर्थतन्त्रको विकास र ऊर्जा उत्पादनसम्बन्धी उपलब्धिहरूको प्रशंसा गर्न जोड दिएकी छन्।ब्रिफिङका क्रममा जाकारियाले अमेरिकाकी ग्रीसका लागि राजदूत किम्बर्ली गुइफोसँग ह्वाइट हाउसले राजीनामा मागेको र उनले राजीनामा दिएको जानकारी पनि सार्वजनिक गरिन्।

    ह्वाइट हाउसको प्रेस सेक्रेटरीले राष्ट्रपतिको नीति र निर्णयबारे जानकारी दिने मात्र नभई पत्रकारका प्रश्नको जवाफ दिने तथा सरकार र सञ्चारमाध्यमबीच संवाद कायम गर्ने जिम्मेवारीसमेत निर्वाह गर्नुपर्ने हुन्छ। त्यसैले जाकारियाको आगामी कार्यशैलीलाई उनको पहिलो ब्रिफिङभन्दा व्यापक रूपमा मूल्याङ्कन गरिनेछ।

    Post Views: 56
    प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार १८:५५
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?
    बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने
    संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा
    Advertisement
    ताजा अपडेट
    • १. नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?

    • २. बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने

    • ३. संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

    • ४. अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

    • ५. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    चर्चित
    • १. अमेरिकी निर्वाचनमा तीन नेपाली मुलका उम्मेदवार ह्यारी, सराहाना र विश्व बिजयी

    • २. आज अमेरिकामा मध्यवधि निर्वाचन, कँग्रेस र सिनेटमा कस्ले ल्याउँछ बहुमत ?

    • ३. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    • ४. अमेरिकी चुनाव: रिपब्लिकनलाई धक्का, अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण

    • ५. नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.