• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियूक्तिः हालसम्मकै उच्च कुटनीतिक महत्व !

  •  खबरमाला संवाददाता
  • २०८३ कार्तिक १, शनिबार ०४:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दलेला नेपालका लागि राजदूत नियुक्त भएको जानकारी दिएको हो। उनले छिट्टै जिम्मेवारी सम्हाल्ने मन्त्रालयले जनाएको छ। दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कूटनीतिज्ञलाई नेपालका लागि राजदूत नियुक्त गरिएको यो सम्भवतः पहिलोपटक हो।

    सन् २०२५ देखि आर्थिक सम्बन्ध सचिवको जिम्मेवारीमा रहेका दलेलाले यसअघि भुटानका लागि भारतीय राजदूतका रूपमा तीन वर्ष काम गरेका थिए। उनको कूटनीतिक अनुभव दक्षिण एसियाली छिमेकीसँगको सम्बन्धदेखि आर्थिक कूटनीति र बहुपक्षीय सहकार्यमसम्म फैलिएको छ। सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले आफ्नो कूटनीतिक करिअर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए। उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

    उनले सन् २००६ देखि २००७ सम्म भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनमा काम गरेका थिए। त्यसपछि सन् २०१६ देखि २०१९ सम्म सोही डिभिजनमा सहसचिवका रूपमा कार्यरत रहे। उक्त अवधिमा उनले नेपाल र भुटानसँग भारतको सम्बन्धसम्बन्धी विषयमा नजिकबाट काम गरेका थिए।

    दलेलाले सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा पनि काम गरेका थिए। उनको जिम्मेवारीमा दक्षिण एसियाली छिमेकी, पूर्वी एसिया, इन्डो–प्यासिफिक, खाडी क्षेत्र, मध्यपूर्व र अफ्रिकी मुलुकसँगको सम्बन्धसम्बन्धी विषयसमेत परेका थिए।

    दलेलासँग व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा समेत अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका थिए। विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा उनले दुईपटक सेवा गरिसकेका छन्।

    भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिव रहँदा उनले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशसँग विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषय हेर्दै आएका थिए।

    त्यस्तै, अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा काम गरेका दलेलाले वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलासम्बन्धी मन्त्री र सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

    भारतका लागि नेपालमा राजदूतको जिम्मेवारी सम्हालिसकेका श्याम शरण र विनयमोहन क्वात्रा पछि भारतको विदेश सचिव बनेका थिए। दलेलाको नियुक्तिलाई नेपाल–भारत सम्बन्धको कूटनीतिक जिम्मेवारीमा अनुभवी अधिकारीको चयनका रूपमा हेरिएको छ। नेपालमा उनले सम्हाल्ने जिम्मेवारी र दुई देशबीचका राजनीतिक, आर्थिक तथा विकास साझेदारीका विषयमा उनको अनुभव महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपालमा पठाउने कुटनीतिक व्यक्तिहरु वजनदार हुँदै जानुमा भारतले नेपाललाई महत्व नेपाल महत्वको हुँदै गएको वा सम्बन्धमा केहि बढेको रुपमा बुझ्न थालिएको छ ।

    Post Views: 132
    प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार ०४:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?
    बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने
    संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा
    Advertisement
    ताजा अपडेट
    • १. नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?

    • २. बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने

    • ३. संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

    • ४. अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

    • ५. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    चर्चित
    • १. अमेरिकी निर्वाचनमा तीन नेपाली मुलका उम्मेदवार ह्यारी, सराहाना र विश्व बिजयी

    • २. आज अमेरिकामा मध्यवधि निर्वाचन, कँग्रेस र सिनेटमा कस्ले ल्याउँछ बहुमत ?

    • ३. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    • ४. अमेरिकी चुनाव: रिपब्लिकनलाई धक्का, अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण

    • ५. नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.