• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

दसैँको टीकाभन्दा भविष्यको चिन्ता, रोकिएन विदेशिने युवाको लर्को

  •  खबरमाला संवाददाता
  • २०८३ कार्तिक ६, बिहीबार १८:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ।

    दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन्।

    काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भिडभाड त्यत्तिकै देखिन्छ। विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन्। यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिएका छन्।

    चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ। तर केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा विदेशिने युवाको सङ्ख्या बढ्दो छ।

    अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ। आफ्नै गाउँघर, सहर-बजार अर्थात् स्वदेशमा अध्ययन तथा पेसा-व्यवसाय गर्न छोडेर विदेशतर्फ आकर्षित हुने आमप्रवृत्तिका कारण गाउँघर रित्तो भई खेतबारी बाँझिएको अवस्था छ।

    यसैबिच, रोजगारीका लागि विदेशिन लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताए। उनले भने, ‘योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बिचमा परिवार छाडेर विदेश जाने मन थिएन। आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु।’

    शिक्षा, स्वास्थ्यको व्यवस्थासहित परिवारको दैनिकी चलाउने, आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि केही बचत गर्ने उद्देश्यले नेपाली युवा विदेशिने गरेको उनको भनाइ छ।

    विमानस्थलमै भेटिएका गुल्मीका प्रकाश खत्री स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा आफ्नो भविष्य निर्माणका लागि युवा पुस्ताले विदेश रोज्ने गरेको बताउँछन्।

    ‘नेपालमा रोजगारीको अवसर नभएको, भए पनि सेवासुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरूको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउनेभन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ,’ उनले भने।

    यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल आएका कैलालीका ठक्कर कलेल वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न तथा जीवनस्तर उकास्न सहयोग पुर्‍याए पनि देशभित्रको सक्रिय जनशक्ति यसरी विदेशिँदा मुलुकमा दीर्घकालीन चुनौती उत्पन्न हुन सक्ने बताउँछन्।

    दक्ष तथा मेहनती युवा विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उनको चिन्ता छ। रासस

    Post Views: 151
    प्रकाशित मिति: २०८३ कार्तिक ६, बिहीबार १८:४१
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?
    बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने
    संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा
    Advertisement
    ताजा अपडेट
    • १. नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?

    • २. बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने

    • ३. संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

    • ४. अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

    • ५. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    चर्चित
    • १. अमेरिकी निर्वाचनमा तीन नेपाली मुलका उम्मेदवार ह्यारी, सराहाना र विश्व बिजयी

    • २. आज अमेरिकामा मध्यवधि निर्वाचन, कँग्रेस र सिनेटमा कस्ले ल्याउँछ बहुमत ?

    • ३. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    • ४. अमेरिकी चुनाव: रिपब्लिकनलाई धक्का, अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण

    • ५. काठमाडौं आइपुगे भारतीय राजदूत सुधाकर दलेला

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.