• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

द्वन्द्ववादी दर्शनमा हेगेलको योगदान

  •  
  • २०७८ भाद्र २४, बिहीबार ०१:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जर्ज विल्हेम फ्रेडरिक हेगेलको जन्म सन् १७७० मा दक्षिण पश्चिमको जर्मनीको स्टुटगार्टमा सम्भ्रान्त परिवारमा भएको थियो । उनका पिता सरकारी अधिकारी थिए । आमा शिक्षित र सम्पन्न वकीलकी छोरी थिइन् । शिक्षित र सम्पन्न परिवारमा जन्मेका हेगेलले सानैदेखि दर्शन, शेक्सपियरको साहित्य, जर्मन साहित्य, बाइबल, इत्यादिको अध्ययन गरेका थिए । त्यसैले उनको दार्शनिक जग बलियो बनेको थियो । उनलाई जर्मन, ल्याटिन, ग्रिक, अंग्रेजी र फ्रेन्च भाषाको ज्ञान थियो, जसको कारण हेगेललाइ धेरै विषयको अध्ययनका लागि सहज बनाएको थियो ।
    हेगेल जर्मनीको जोना विश्वविद्यायका दर्शनशास्त्रका प्रध्यापक थिए । उनी तर्कशास्त्र र पराभौतिकवादबारे प्रवचन दिन्थे । हेगेल आफ्नो समयको निकै प्रसिद्ध दार्शनिक थिए । उनको दार्शनिक प्रवचन सुन्न देशविदेशबाट विद्धानहरुको उपस्थिति हुन्थ्यो । हेगेल र उनका साथी दार्शनिक स्केलिङ्ग मिलेर सन् १८०२ मा ‘क्रिटिकल जर्नल अफ फिलोसफी’ नामक जर्नल प्रकाशित गरेका थिए । ‘The difference between fichte’s and schelling system of philosophy’ हेगेलको पहिलो दर्शनिक पुस्तक थियो । हेगेलको दोस्रो दार्शनिक पुस्तक थियो– ‘phenomenology of Mind’ ।

    नेपोलियनले सन् १८०७ मा जेना शहर कब्जा गरेपछि जेना विश्वविद्यालय बन्दा गराइयो, जहाँ हेगेल प्राध्यापक थिए । विश्वविद्यालय बन्द भएपछि उनले वेरोजगारीका कारण आर्थिक संकट झेल्नुपरेको थियो । त्यसपछि उनी जेना शहर छाडेर बाम्वर्र्ग शहरमा गए र त्यहाँ बाम्वर्ग जेइतुङ नामक पत्रिकाको सम्पादक भएर काम गरे । त्यही वर्ष घरमालिकनी क्रिश्चियानासित गैर–वैवाहिक यौन सम्बन्धबाट पहिलो सन्तानका रुपमा छोरा जन्मियो । त्यसपछि उनी सन् १८०८–१८१६ सम्म नुरेम्बर्गमा जिम्नासियमका प्रधानाध्यापक भए । उनले सन् १८११ मा औपचारिक विवाह गरेका थिए भने सन् २०१७ मा अबैध छोराले परिवारको सदस्यको रुपमा प्रवेश पाएका थिए ।

    हेगेललको चर्चित पुस्तक ‘Science of Logic’ तीन भोलुममा क्रमशः १८१२, १८१३ र १८१६ मा प्रकाशित गरिएको थियो । उनले त्यहाँ ‘phenomenology of Mind’ को व्यापक प्रयोग गरे । साथै उनले त्यही समयमा ‘comprehensive Encyclopedia of philosophical  sciences’ को तयारी गरे, जुन सन् १८१७ मा प्रकाशित भयो । त्यसैगरी उनको अर्को महत्वपूर्ण दर्शनिक कृति ‘Elements of the philosophy of right’ सन् २०२१ मा प्रकाशित भएको थियो ।

    हेगेलको द्वन्द्ववाद

    हेगेल आधुनिक युगका महान् द्वन्द्ववादी दार्शनिक हुन् । हेगेले द्वन्द्ववादी दर्शनलाई तार्किक निष्कर्षमा पु¥याउने काम गरेका थिए । माक्र्स–एंगेल्सले हेगेलेको द्वन्द्ववादलाई जर्मन शास्त्रीय दर्शको महानतम उपलब्धि मनेका थिए । माक्र्सवादी दर्शनको मुख्य स्रोत हेगेलको द्वन्द्ववाद थियो । माक्र्सको विश्वप्रसिद्ध ग्रन्थ ‘पुँजी’ हेगेलको वाद, प्रतिवाद र संवादको आधारमा अर्थात् हेगेलको तर्कशास्त्रको सूत्रमा लेखिएको थियो । लेनिनले भनेका छन्– ‘हेगेलको साइन्स अफ’ लजिक नपढी माक्र्सको पुँजी बुझिंदैन ।’ माक्र्सवाद पढ्दा जताततै हेगेल भेटिन्छन् ।

    माक्र्स–एंगेल्सको द्वन्द्वात्मक भौतिकवादी दर्शनमा द्वन्द्ववादको स्रोत हेगेलको द्वन्द्ववाद हो । माक्र्स र एगेल्स आफै पनि शुरुमा वामपन्थ युवा हेगेलवादी थिए । भौतिकवादी दार्शनिक (जसको दर्शनबाट माक्र्सले भौतिकवादी अवधारणा प्राप्त गरेका थिए) फायरबाख पनि हेगेलवादी नै थिए । पछि उनी हेगेलको द्वन्द्ववादलाई परित्याग गर्दै भौतिकवादी दार्शनिकका रुपमा परिचित बने । फायरबाखले भौतिकवादी दर्शनलाई पूर्णता दिएका थिए, तर उनको भौतिकवाद अधिभूतवादी थियो ।

    हेगेलले द्वन्द्ववादलाई प्रवर्ग, नियम र सिद्धान्तको रुपमा व्यवस्थित रुपले व्याख्या गरेका छन् । हेगेलको द्वन्द्ववाद व्यवस्थित हुँदाहुँदै पनि त्यो चिन्तनमा मात्र लागु गरिएको थियो तर माक्र्स–एंगेल्सले उनको द्वन्द्ववादलाई विकास गरेर प्रकृति जगत र चिन्तन जगत दुबैमा लागु ह्ुने विज्ञानको रुपमा विकास गरे । माक्र्स–एंगेल्सले हेगेलको द्वन्द्ववादनमा रहेको आदर्शवाद र फायरबाखको भौतिकवादमा रहेको अधिभूतलाई निषेध गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनको प्रवर्तन गरेका थिए । (अधिभूतवादी दर्शनले परिवर्तन अस्विकार गर्दछ, जुन फायरबाखको भौतिकवादी दर्शनको कमजोरी थियो । त्यसैगरी आदर्शवादले संसारको प्राथमिक तत्व चेतनालाई मान्दछ, जुुन कमजोरी हेगेलको द्वन्द्ववादमा थियो ।)

    हेगेलको द्वन्द्ववादको सन्दर्भमा एंगेल्सले भनेका छन्, “माक्र्स र म दुईजना मात्र यस्ता व्यक्ति थियौं, जसले द्वन्द्ववादलाई जर्मन आदर्शवादी दर्शनशास्त्रबाट मुक्त गरेर त्यसलाई प्रकृति र इतिहासको भौतिकवादी धारणामाथि लागु गर्यौं ।”


    दर्शनको इतिहासमा हेगेलको सबभन्दा महत्वपूर्ण योगदान द्वन्द्ववादमा थियोे । द्वन्द्ववादको सुरुवात प्राचीन कालिन दार्शनिक हिराक्लिटसले गरेका थिए । त्यसपछि प्लेटोको दर्शनमा द्वन्द्ववाद तर्क गर्ने प्रणालीका रुपमा अभिव्यक्त हुन्छ । अर्थात् हिराक्लिटसले सुरुवात गरेको द्वन्द्ववाद प्लेटोमा पुगेर विकसित हुन्छ । तर यसलाई पूर्णता दिने काम हगेलले गर्दछन् । उनले द्वन्द्ववादको सर्वांगीण विकास गर्दछन् । र, यसका सबै पक्षहरुको स्थापना गर्दछन् । उनले द्वन्द्ववाको प्रवर्ग, नियम र सिद्धान्त सबैलाई पूर्णता दिन्छन् । यसरी द्वन्द्ववादलाई दर्शनको एउटा प्रमुख धाराका रुपमा हेगेलले स्थापित गर्दछन् । त्यसलाई नै पछि माक्र्सले लिएर भौतिकवादसँग जोड्छ र द्वन्द्वात्मक भौतिकवादको विकास गर्छ ।

    हेगेलले द्वन्द्ववादलाई प्रवर्ग, नियम र सिद्धान्तको रुपमा व्याख्या गरेका छन् । ।

    द्वन्द्ववादी दर्शनका प्रवर्तक हेगेलले प्रवर्गलाई सत्ताको प्रवर्ग, सारको प्रवर्ग र धारणाको प्रवर्गको रूपमा व्याख्या गरेका छन् । मूर्त अथावा ठोस वस्तुको अध्ययन गर्ने प्रवर्गलाई सत्ताको प्रवर्ग भनिन्छ । हेगेलले सत्ताको प्रवर्गलाई तीन भागमा विभाजन गरेका छन्– गुण, माात्रा र माप ।
    द्वन्द्ववादको दोस्रो प्रवर्ग सारको प्रवर्ग हो । कुनै पनि वस्तु या घटनाको वास्तविकताको अध्ययन गर्ने सिद्धान्तलाई सारको प्रवर्ग भनिन्छ । सारको प्रवर्गका पनि तीन पक्ष हुन्छन्– सार, रूप र वास्तविकता ।

    तेस्रो प्रवर्ग हो– धारणाको प्रवर्ग । धारणा चिन्तन प्रकृयाको अन्तिम रूप हो । चिन्तन प्रकृया पहिला सत्ताको रूपमा आउँछ । त्यो मूर्त हुन्छ ।
    प्रवर्गपछि नियम आउँछ । नियम भनेको प्रकृति, समाज र चिन्तन वा सबै क्षेत्रमा जुन घटनाहरु घट्दछन्, वस्तुहरुबीच परिवर्तन नहुने सम्बन्धहरु हुन्छन्, एक पटक घटेपछि अर्को पटक घट्दैनन्, त्यसालई नियम भनिन्छ । स्थायी प्रकारका घटनाहरुलाई, स्थायी प्रकारका सम्बन्धहरुलाई नियम भनिन्छ । हेगेलले द्वन्द्ववादको नियमलाई तीन भागमा विभाजन गरेका छन् । ती हुन्– १) मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम, २) प्रतिपक्षहरुको एकता र ३) संघर्षको नियम र निषेधको निषेध नियम ।

    द्वन्द्ववादको तेस्रो संघटक सिद्धान्त हो । यो प्रवर्ग र नियमको संयोजनबाट बन्छ । प्रवर्ग, नियम र सिद्धान्तबाट द्वन्द्ववादी दर्शन बन्दछ । कुनै पनि वस्तु तथा घटनाहरुको समग्र व्याख्या गर्ने चीज सिद्धान्त हो भने कुनै वस्तु तथा घटनाको एउटा–एउटा पक्षको व्याख्या गर्ने चीज नियम हो । द्वन्द्ववादका तीन सिद्धान्त छन्– परिवर्तनको सिद्धान्त, विकासको सिद्धान्त र अन्तर्सबन्धको सिद्धान्त ।

    वस्तुगत आदर्शवादी दार्शनिक

    वस्तुगत आदर्शवादका प्रवर्तक जर्ज विलहेल्म हेगेल थिए । यो आदर्श जगत वस्तुगत जगतकै रुपमा उपलब्ध हुन्छ । उनकाअनुसार त्यो आदर्श सत्ता अर्थात् विचार चेतन स्वरुपको छ । त्यो आइडियाका रुपमा आउने जुन सत्ता छ, त्यो चेतनाको रुपमा छ । र, त्यो चेतनाको रुपमा हुने सत्ता वस्तुगत जगतमा रुपमा पनि व्यक्त हुन्छ । यो वस्तुगत जगत र आदर्शगत जगतमा कुनै भेद छैन भन्ने धारणा हेगेलको थियो । । त्यसकारण कान्टले समाधान गर्न नसकेको द्वैतवादी सत्तालाई हेगेलले एकीकृत गर्दै अद्वैतवादी आदर्शका रुपमा वस्तुगत आदर्शवाद स्थापित गरेका थिए ।
    हेगेको एउटा बहुचर्चित युक्ति थियो, ‘यथार्थ तर्कसंगत छ र तर्कसंगत यथार्थ छ ।’ (The rational is real, and the real is rational.) त्यसको तात्पर्य यो सम्पूर्ण संसार आर्दर्श स्वरुप छ । तर्क स्वरुप छ । यी सम्पूर्ण विविधताहरुमा एकता ल्याउने विचार तार्किक छ । त्यसकारण त्यो अथार्थ स्वरुपमा पनि व्यक्त हुन्छ र शास्वत पनि रहन्छ । उनले जायज हुनलाई विस्तविक हुनुपर्छ भन्नेमा जोड दिए । उनले भने कि जो आवश्यक हुन्छ, त्यो जायज हुन्छ । उनको यो दार्शनिक मान्यतालाई त्यतिखेरको निरंकुश जर्मन राजतन्त्रले आफ्नो निरंकुशता जायज भएको पुष्टि गर्नका लागि यो तर्कलाई सहयोगी ठानेर राजकीय दर्शनको रुपमा मान्यता थिएको थियो । यो युक्तिका लागि उनलाई पुरस्कृतसमेत गरिएको थियो ।

    हेगेलले वस्तुगत आदर्शवादको स्थापना सर्बप्रथम‘The Phenomenology of Mind’ भन्ने ग्रन्थमा गरेका थिए । त्यसपछि उनले दोस्रो ग्रन्थ’Science of Logic ‘ मा विस्तृत रुपमा व्याख्या गरेका छन् । यो आइडिया निरन्तर निम्नस्तरबाट उच्चस्तरतर्फ विकसित हुँदै जान्छ । उनले त्यो कुरा आफ्नो ग्रन्थ ‘Science of Logic ‘ मा तीन चरणमा वर्णन गर्दछन् । पहिलो चरणमा सत्ताको सिद्धान्तका रुपमा वर्णन गरिएको छ । सत्ताको सिद्धान्तमा त्यो आइडिया अर्थात् आदर्श तत्व प्रत्यक्ष रुपमा व्यक्त हुन्छ । त्यसपछि दोस्रो चरणमा त्यो सारको सिद्धान्तमा जान्छ । सत्ताबाट सारमा जाँदा त्यो ठोसबाट अमूर्त बन्दछ, सार बन्छ । तेस्रो चरणमा त्यो सारबाट धारणामा परिणत हुन्छ । धारणाको सिद्धान्तमा त्यो सार धारणा बन्छ । हेगेलले यी तीन सिद्धान्तमा आदर्श तत्वको विकास प्रक्रियालाई वर्णन गर्दछन् । निम्नस्तरबाट उच्चस्तमा, सीमितबाट असीमितमा, विशेषबाट सामान्यमा र अपूर्णबाट पूर्णमा यो आदर्श तत्वको विकास हुन्छ । अन्ततः यो आदर्श तत्व एब्सुलुट आइडियामा अर्थात् निरपेक्ष विचारमा परिणत हुन्छ । त्यो निरपेक्ष विचार भएपछि सम्पूर्ण संसारका विविधताहरु एकीकृत हुन्छन् र आदर्श तत्वमा परिणत हुन्छन् । यो आदर्श तत्व नै सम्पूर्ण संसारको मूल सत्ता हो । यसरी हेगेलले आदर्शवादलाई पूर्णतामा पुर्याइदिन्छन् ।
    आधुनकि दर्शनका तीन धारा अनुभवगत आदर्शवाद, आत्मगत आदर्शवाद र वस्तुगत आदर्शवादको अन्त्य हेगेलको दर्शनमा हुन्छ । हेगेलले आधुनिक दर्शनलाई पूर्णता दिन्छन् ।

    Post Views: 367
    प्रकाशित मिति: २०७८ भाद्र २४, बिहीबार ०१:०९
    Advertisement
    संबन्धित शिर्षकहरु
    परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने
    अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने
    आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश
    Advertisement
    ताजा अपडेट
    • १. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • २. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ३. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    • ४. संविधान दिवसमा अमेरिकी विदेशमन्त्री रुबियोको शुभकामना

    • ५. अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.