• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

दशैँको उत्पत्तिको अन्तर कथा

  •  
  • २०७८ आश्विन २४, आईतवार ०९:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    खोज

    दशैँ नेपालीहरुको सबैभन्दा ठूलो ‘राष्ट्रिय चाड’ मानिन्छ । कतिले ‘हिन्दूहरुको महान् पर्व’ पनि भन्दछन् । यी कुरा झट्ट सुन्दा राम्रा लाग्छन् तर यी अतिशयोक्ति हुन् । किनभने दशमीबाट दशैँ हुन आइपुगेको यस पर्वको उत्पत्ति सामरिक दृष्टिले भएको देखिन्छ । पछि यसले धार्मिक रुप लियो । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म यो पर्व मनाइन्छ । घटस्थापनादेखि नवमीसम्मलाई नौरथा भनिन्छ र दशौँ दिनमा टीका ग्रहण गरिन्छ । यस दिनलाई दशमी वा विजयादशमी भनिन्छ ।

    विजय प्रतिस्पर्धा वा सामरिक महत्व जनाउने शब्द हो । ऐतिहासिक र पौराणिक कालमा कसैले कसैमाथि विजय गरेको कुरालाई नै यस पर्वले तानतुन् गरेको छ । संस्कृतिविदहरु भन्छन्–दशैँमा मौलो राखेर भोग दिने चलन द्रव्यशाहको पालादेखि आएको हो । त्यतिखेर मौलोको ठूलो महत्व हुन्थ्यो । एउटा गाउँ र अर्को गाउँ मात्र होइन, एउटा राज्य र अर्को राज्यको सिमाङ्कन मौलोले गथ्र्यो । एउटा मौलोलाई एउटा उमरा वा जिम्वालको आधिपत्यमा छोडिएको हुन्थ्यो । बाइसे चौबिसे लगायत अनेक भुरे टाकुरे राज्यहरु थिए र ती आपसमा लडिरहन्थे । तर स्थायी सेना थिएन । त्यसो भएकाले वर्षात्को काम सकिएर शारदीय मौसम सुरु भएपछि कोट भएको ठाउँमा उमरा र नभएको ठाउँमा जिम्वालले गाउँका नौजवानलाई मौलोको वरिपरि जम्मा पारेर सामरिक अभ्यास गर्न लगाउने र त्यसमा उम्दा हुनेलाई ‘जोदाहा’ भन्ने चलन थियो । उसलाई अविर जात्रा गरिन्थ्यो । लडार्र्इँँमा राजाहरुले जोदाहा माग्थे । जोदाहाहरुलाई लडाईँमा पठाइन्थ्यो । त्यस्तो जोदाहाको खाँडो जागेको भनिन्थ्यो । ऊ लडाईँबाट विजयी भएर आएपछि विजय उत्सव हुन्थ्यो (गुरुङ, २०५५ ः ७–८) ।

    अचेल भने दशैँको यस सामरिक पक्षालाई बिर्सिएर यसको धार्मिक पक्षको मात्र पक्षपोषण गर्ने गरिएको पाइन्छ । आज यसलाई ‘हिन्दूहरुको महान पर्व’ भनिन्छ । दुर्गा भगवतीको आराधना गरिन्छ । शक्ति प्राप्तिको कामना गरिन्छ । दुर्गा भगवतीलाई शक्तिको श्रोत मानिन्छ । ‘आसुरी शक्तिमाथि दैवी शक्तिको विजय’ भनेर विजयादशमकिो गुणगान गाइन्छ । दुर्गा भगवतीको नौवटा रुप मानेर ‘नवदुर्गा’को आराधना गरिन्छ । पशुपंक्षीको वध गरेर उनलाई रगत चढाइन्छ । मूुक पशुको व्यापक रुपमा बली चढाइन्छ र दुर्गा भगवतीलाई ‘प्रसन्न’ पारिन्छ । कालरात्रीमा गोप्य पूजा गरिन्छ । त्यहाँ पनि बलि दिइन्छ ।

    यसरी पशुपंक्षीको रगतको खोलो बगाएर दशैँ धुमधामसँग मनाइन्छ । यसलाई धार्मिकता भनिन्छ । शक्ति पूजाको अनुपम उदाहरण भनिन्छ । अब प्रश्न उठ्छ शक्ति पूूँजाको नाममा यस्तो हिंस्रक, अमानवीय र विभत्स रुपको यस प्रवृत्तिलाई किन पालनपोषण गरिएको छ ?

    हिन्दूहरु पनि विभिन्न मतमा विभक्त छन् । कोही शैव, कोही वैष्णव, कोही सनातनी र कोही वैदिक मतका छन् । यिनीहरुमध्ये शैव, वैष्णव र वैदिकहरुले काटमार गर्दैनन्, मांसाहार गर्दैनन् । सनातनीहरु पनि यति हिंस्रक त होइनन् । तर शाक्त धर्मको प्रभावले वा तन्त्रको प्रभावले उनीहरुले हिंसाको बाटो लिएका हुनसक्छन् । शाक्त सम्प्रदाय आज अस्तित्वमा छैन । केही भिन्न रुपमा अघोर पन्थ भने अझै अस्त्विमा छ । प्राचीन र मध्यकालमा शाक्त सम्प्रदाय थियो । त्यसले शक्तिको आराधना गथ्र्यो । शक्ति प्राप्तिका लागि अविद्यातन्त्रको प्रयोग गथ्र्यो । त्यो सम्प्रदायले मारन, मोहन, स्तमभन, विद्वेषण, उच्चाटन र वशीकरण जस्ता ६ वटा अभिचार (तान्त्रिक) संस्कारलाई अवलम्बन गर्ने गथ्र्यो (शर्मा, २०५८ ः १०९) ।

    यहलौकिक र परलौकिक सत्तालाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने यो मत झूटो चिन्तन र साधना पद्धतिमा आधारित थियो । पछि यसमा पूूँजा–आजा, देवीदेवता, योग अनुष्ठान सबै जोडेर पूर्ण ज्ञान पद्धतिको रुपमा प्रस्तुत गरियो । यसमा वामाचारका मध्य, मांस, मत्स्य, मुद्रा र मैथुन जस्ता पञ्चमकार थपेर यसैलाई आफ्नो पवित्र र प्रिय पन्थ बनाइयो । यिनले जातभात मानेनन्, सतीप्रथाबाट नारीलाई मुक्त हुन सिकाए, रजस्वला हुनुअघि नै कन्यादान गर्ने प्रचलन, विधवा विवाहलाई निेषेधगर्ने प्रचलन जस्ता नारीलाई कुण्ठित पार्ने चलनबाट नारीलाई मुक्त पारे (सुरभ, २०३३६८) । तर फेरि पनि ‘साध्या’ को रुपमा नारी शरीरको शोषण भने कायमै रÞयो । यिनले पञ्चमकार बढाउँदै लगेपछि जनसमूहमा यो फैलियो । वैदिक धर्मका कट्टर नियमको तुलनामा यो सहज भएकाले लोकप्रिय बन्दै गयो ।

    दशैँमा यसको प्रभाव परेको छ । द्रव्य शाहको मौलो पुँजाको आधारशीला पनि तन्त्र नै हुनुपर्छ । वाईसे चौवीसे राज्यकालको वरपर नै सातौँ शताब्दीदेखि प्रभावशाली बनेको तन्त्रले मल्ल कालमा दरवारभित्र पनि ठूलो आसन जमाएको उल्लेख पाइन्छ ।
    तन्त्रको प्रभाव दशैँमा कति परेको छ भनेर अध्ययन गर्नलाई अन्त जानु पर्दैन । दशैँकी आराध्यदेवी दुर्गा भगवतीको महिषासुरमर्दिनी रुप हेर्दा नै थाहा हुन्छ । मुण्डमाला धारण गरेकी, दाहिने आठवटा बाहुमा खड्ग, बज्र, वाण, चक्र, अंकुश, वरदमुद्रा, त्रिशूल, र खप्परु धारण गरेकी, बायाँ आठ बाहुमा ढाल, घण्टा, धनु, भयमुद्रा, पास, तर्जनी (चार औँला ठडाएको) दैत्यको केश समातेको र विन्दुमुद्रा (ज्ञानमुद्रा) धारण गरेकी, दाहिने खुट्टो सिंहमाथि र बायाँ खुट्टो काटिएको महिषासुरमाथि टेकेर उभिएकी, रुद्रचण्डी स्वरुपकी देवीको यो भयोत्पादक र उग्र रुप वैदिक वाङ्मयमा पाइँदैन (जवरा, २०३० ः ६६) । यो तन्त्रशास्त्रको करामत हो ।

    नेपालमा मुण्डमाला लगाउने चलन शाक्त साम्प्रदायको मुण्डशृङखलिक पाशुपतहरुमा थियो (रेग्मी, २०४० ः १२४) । मुण्डमाला लगाउने कापालिकहरुको हूल सातौँ शताब्दीमा नेपाल आउने चिनियाँ यात्री Þवेन साङ्ले पनि देखेका थिए (खत्री, २०५० ः २५) । कापालिकहरु पनि शाक्तहरुकै वंशज हुन् । उनीहरु शिवको चण्ड, महाकाल र भैरव रुपका उपासक थिए । महिषासुरमर्दिनी भगवतीको मुण्डमाला धारणले यही तान्त्रिक शाखाको याद दिलाउँछ ।

    दुर्गा भगवतीले उग्ररुप धारण गरेर महिषासुरलाई वध गरेको र त्यसकै खुशीयालीमा दशैँ मनाउन लागिएको धार्मिक व्याख्यालाई केलाउँदा महिष नामको असुरले दुर्गादेवीको के बिगारेको थियो र उनलाई त्यति ठूलो शत्रु ठानियो ? साथै, असुर र देवहरु को थिए ? केको लागि सङ्ग्राम गरे ? के असुरहरु देवहरुले भनेजस्तै खराब मान्छे थिए ? के देवहरु असल र न्यायी थिए ? तान्त्रिक देवी भगवतीले हामीलाई के दिइन् ? अर्थात्, समाजमा कुन त्यस्तो व्यवस्था स्थापित गरिन् र हामी उनको पूजा गर्दैछौँ ? असुरहरुले हाम्रो के बिगारेका थिए ? समाजमा कुन त्यस्तो अवस्था ल्याएका थिए र हामी आँखा चिम्लिएर उनीहरुको विरोध गरिरहेका छौँ ? देवी देवता र असुरहरुको बीचमा झगडा थियो होला । तर देवता र राक्षसहरुबीचको झगडाको बोझ हामी मानिसले किन बोक्ने ?

    कतिपयले विजयादशमीलाई रामले रावणलाई विजय गरेको स्मृति स्वरुप मनाएको पर्व भन्छन् । कतिले किराँतहरुले द्रविडहरुमाथि विजय गरेको उत्सव पर्व भन्छन् । कतिले आर्यखसहरुले द्रविडमाथि विजय गरेकाले विजयादशमी भनिएको हो भन्छन् । कसै–कसैले मगध सम्राट अशोकले हिंसा छोडेर बौद्धधर्म अङ्गीकार गरी हिंसामाथिअहिंसाको विजयस्वरुप विजयादशमीको प्रचलन चलेको पनि भन्छन् । भनाइहरु धेरै छन् तर व्यवहारमा दुर्गा भगवती र महिषासुरको युद्धको प्रसङ्गले नै स्थान पाएको छ ।

    महिषासुर असुर भनिएका द्रविड जातिको प्रतीक हुनसक्छ र महिषासुरमर्दिनी भगवती चाहिँ एकदमै उग्र, तान्त्रिक मतलाई मान्ने, सिंहको बिम्बमा किराँत जातिको साहारा पाएकी, कोल कन्या (कालो जातिकी कन्या) हुनुपर्छ । किनभने पौराणिक आख्यानका पात्रहरु प्रतीकात्मक स्वरुपका हुन्थे । अलौकिक हुन्थे, तिलस्मी हुन्थे, वीर साहसी हुन्थे । तर तिनमा मानव पात्र हुँदैनथे । देवदेवी, असुर, दानव, भूत प्रेत, पशु, पंक्षी आदि मात्र आख्यानका पात्र हुन्थे । ती अलौकिक हुन्थे तर लौकिक धर्मका नायक नायिका बनेर आउँथे ।

    यसरी दशैँमा पौराणिक आख्यानका तिलस्मी पात्रहरु जोडिएका छन् । प्राचीन र मध्यकालको तन्त्रशास्त्र जोडिएको छ । युद्ध अभ्यासका वा सामरिक महत्वका कुराहरु जोडिएका छन् ।

    जोडिएका कुराहरु अरु पनि छन् । जमरा र रातो अक्षता जोडिएको छ । फूलपातीको बढाइँ जोडिएको छ । ‘खड्ग जात्रा’ र ‘खड्ग सिद्दि’ जोडिएको छ । दुर्गा सप्तशति वा वैदिक मन्त्रहरु, तन्त्रबाटै आएको रेखी, कुभिण्डो र वनस्पतिको बलि जोडिएको छ । लोक साहित्यको पर्वगान– मालसिरी (मालश्री रागबाट) लोक सांस्कृतिक मनोरञ्जनका कुराहरु, लिङ्गे पिङ र रोटे पिङ जोडिएको छ । टिकाटालोको लागि टाढाटाढाबाट आउने र जानेहरुको भेटघाट र आपसी सद्भाव जोडिएको छ । जोडिएका कुराहरु धेरै छन् । चिन्तन, प्रवृत्ति, संस्कृति र प्रविधिका थुप्रै कुराहरु जोडिएका छन् । यिनको प्रत्येकको अध्ययन र विश्लेषण आज जरुरी भएको छ । किनभने इतिहासका कतिपय सभ्यताहरु पोखरीको पानी जस्तो जमोट भएर बसेका छन् र तिनले सलल बग्न, गतिमान हुन, विकसित हुन पाएका छैनन् । एकदमै परम्परागत चिन्तनमा जेलिएका, परिस्कार नपाएका कुराहरु समयसँगै हराउने गर्छन् ।

    दशैँ नेपालीहरुको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो भन्ने भनाइ पनि पूर्णरुपमा ठीक भनाइ होइन । यसलाई आफ्नो चाड नमान्ने बौद्ध, इसाई, इस्लाम लगायतका समुदायहरु छन् । उनीहरु यस चाडलाई आफ्नो होइन, हिन्दूको चाड भन्न रुचाउँछन् । नेपालमा कतिपय जनजातिले यसलाई बहिस्कार पनि गर्न थालेका छन् ।

    दशैँको धार्मिक पक्षलाई पौराणिक कथाहरु, मिथकीय धारणाहरु तन्त्रका जटिल अभिव्यक्तिहरुले एकातिर गन्जागोल बनाएको देखिन्छ भने अर्कोतर्फ यसको सामाजिक पक्षलाई पुष्टि गर्ने अनेक कुराहरु पनि यसैभित्र छिपेर रहेको छ । उपत्यकाको ‘खड्ग जात्रा’ यसको एउटा उदाहरण हो । पचलीभैरवको नाम पाएको यस जात्रामा निस्कनेहरुले हातहातमा खड्ग लिएर त्यसलाई चम्काउँदै जात्रा गर्छन् । पचली भैरव र उनका अष्ट–मातृका गणसहितको टोलीले नृत्यनाच पनि प्रदर्शन गर्छन् । यही मात्र नभई मल्ल राजाहरुले दशमीको राती पचलीभैरवसित आफ्नो खड्ग साट्ने र त्यसलाई ‘खड्गसिद्धि’ भन्ने गरिएको पाइन्छ (जोशी, २०३९ ः ३८) । गाउँगाउँमा मौलोमा बलि दिन र योद्धा छान्न जुन सामरिक अभ्यास गरिन्थ्यो त्यसैले दरवारमा पनि दशैँ घरमा घटस्थापना गर्ने र अनि बलिदिने, खड्गजात्रा गर्ने, हतियारको पूजा गर्ने आदि कार्य सामरिक महत्वकै कार्यहरु भएको देखिन्छ ।
    दशैँका धार्मिक, सामरिक पक्षलगायत तन्त्रको पक्षले पनि त्यति नै घर जमाएको र यो अभिसारिक कार्यले आधुनिक समयमा झन् अनौठो रुप धारण गर्न लागेको देखिन्छ । दशैँको बलिको विस्तार हुँदै गएर नयाँ किनिएको मोटरसाइकल, गाडीहरु र हवाइजहाज समेतमा बलि दिने, रगतले पोत्ने, अगाडिको मुहारभागलाई रगताम्य बनाइदिने संस्कारको विकास भएको छ (शर्मा, २०५८ ः १०९) । यो भोलि दशैँको अनिवार्य अभिसारिक भाग बन्न पुग्न सक्छ । दशैँमा यसरी नै बेअर्थका कुराहरु थपिँदै जाने र मौलिक पक्ष त्यत्तिकैे हराउँदै जाने हुन्छ ।

    अन्तमा दशैँको नाममा, शक्ति प्राप्तिको नाममा असङ्ख्य पशुपंक्षीहरुको बलि दिने हिंस्रक प्रवृत्ति कति खतरनाक हुन्छ भन्ने कुरा गढीमाइको मेला र त्यहाँ एकै दिन बलि चढाइने लाखौँ पशुपंक्षीहरुको हत्याको तमासा र धार्मिकोन्मादले देखाउँछ । यसप्रकारको बर्बरता, पशुहत्याको दुर्दान्त दृश्यले हामीलाई आधुनिक सभ्य संसारमा कहाँनिर उभ्याउँछ ? राज्यले यस्ता कुरामा बलप्रयोग गरेरै भए पनि उन्मादी कार्यलाई रोक्नु पर्छ । दशैँमा प्रस्तुत हुने राम्रा कुराहरुको संरक्षण गर्दै, हिंस्रक कुराहरुलाई हतोत्साहित बनाउँदै र अन्योलका कुराहरुलाई अध्ययन विश्लेषणका आधारमा प्रष्ट पार्दै दशैँलाई आधुनिक सभ्य समाजको सांस्कृतिक बिम्बको रुपमा विकास गर्नेतिर सरोकारवाला सबैले ध्यान पु¥याउनु जरुरी छ ।

    स्रोतः आजको मूल्यांकन

    Post Views: 308
    प्रकाशित मिति: २०७८ आश्विन २४, आईतवार ०९:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने
    अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने
    आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश
    Advertisement
    ताजा अपडेट
    • १. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • २. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ३. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    • ४. संविधान दिवसमा अमेरिकी विदेशमन्त्री रुबियोको शुभकामना

    • ५. अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.