• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मारवाडी सेवा समितिलाई पाँच महिनाको तलब दिने मन्त्री आलेको घोषणा

  •  
  • २०७८ पुष २५, आईतवार १०:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    शताब्दीऔं पहिला मानिसहरुलाई दाम्लोले बाँधेर सहर बजारमा बिक्रीका लागि राखिन्थ्यो भन्दा हामीलाई आश्र्चय लाग्न सक्छ। इसापूर्व सय वर्षभन्दा पहिले यस्तै समाजिक व्यवस्था थियो जसलाई हामी दासप्रथा भन्छौं। दास मालिकहरुले दासहरुलाई माल समान ओसारपसार गरे जस्तै कोचाकोच गरेर एक मुलुकबाट अर्को मुलुकमा, एक ठाउँबाट अर्को ठाउँसम्म लैजान्थे।

    त्योे त्यस्तो जमाना थियो जसका घरमा बलिया बलिया दास हुन्थे ती घरलाई सम्पन्न मानिन्थ्यो। धेरै बलिया दास पाल्नु सामाजिक प्रतिष्ठाको कुरा हुन्थ्यो। प्रायजसो पश्चिमी मुलुकहरुमा यस्तो अमानवीय दासप्रथाको विरुद्ध पहिलो एतिहासिक विद्रोह रोमनमा भएको थियो, जसको श्रेय स्पार्टाकसलाई जान्छ।

    स्पार्टाकसलाई दाविद्रोहको पहिलो नेता मानिन्छ। उनको नेतृत्वमा भएको विद्रोहमा दासहरु मात्रै होमिएका थिएनन्, किसान, भेडागोठाला तथा सानातिना व्यवसायी समूहहरु पनि सामेल थिए। यसलाई विश्वको पहिलोे जनविद्रोह मानिन्छ। स्पार्टाकसको नेतृत्वमा भएको दासविद्रोहलाई रोमनलगायत अन्य विभिन्न मुलुकका जनताको समर्थन थियो।

    वास्तवमा स्पार्टाकसलाई बिक्रिका लागि दासमालिकले मिश्रबाट रोमनमा ल्याएका थिए। अरु दासहरुजस्तै अउनी पनि दासहरुलाई थुन्ने खोरमा थुनिएका थिए। मान्छेलाई खोरमा थुन्ने यस्तो अमानवीयता लाखौंपटक निन्दनीय छ।
    स्वतन्त्र विवेक नभएका कारण हामी गाईवस्तुलाई सजिलै हाम्रो बशमा राख्न सक्छौँ। आफ्नो अनकुलमा पशुहरुलाई प्रयोग गर्न सक्छौं। बिक्रि र काटमार गर्न सक्छौं। एकताका (इसापूर्व सय वर्षभन्दा पहिले) मानिसले मानिसलाई पशुलाई जस्तै व्यवहार गर्थे। मानिसलाई साङ्लोले बाँधेर बजारमा बेच्न लैजान्थे। ती दासहरुको हैसियत पशुको भन्दा माथि हुँदैनन्थयोे।

    हुटिट्याउँले आकाश थाम्छ भनियो भने कसैको चित्त नबुझेजस्तै त्यतिखेर दासहरु पनि एकदिन स्वतन्त्र हुन्छन् भन्ने कसैलाई शङ्कासपना थिएन्। मानौँ, दासहरुका लागि स्वतन्त्रता भन्ने चीज आकाशको फल हो। तर, सम्भव भयो। स्पार्टाकसले आफूलाई बिक्रि गर्ने मालिकलाई मात्रै होइन, सारा रोमन राज्यमै हल्लिखल्लि मच्चाइदिए।

    गहिरो आँखा, मोटो नाक, सिल्लिक परेको ठूलो निधार र हट्टाकट्टा जिउडाल भएका स्पार्टाकस बोलक्कड थिए। आफूसँगै थुनिएका दास साथीहरुलाई उनी कुरा गरेरै मख्ख ािर्न सक्थे। उनमा रोमन सरकारप्रति घृणा जाग्न थालेको थियो। उनी यो कुरा आफ्ना साथीहरुलाई गफैगफमा सुनाउँथे। विस्तारविस्तार उनमा विद्रोहको भाव जाग्न थाल्यो। उनमा साथीहरुलाई सम्झाउने राम्रो सीप पनि थियो। समूहका माझमा उनी प्रभावकारी ढङ्गले भाषण दिन सक्थे। यही सीपका कारण उनले खोरमा थुनिएर राखिएका अन्य थुप्रै दासहरुको मन जिते। आफ्नो मनभित्र हलक्कै बढेको दासमालिकप्रतिको घृणाको भाव उनले आफूसँगै खोरमा रहेका अन्य दासहरुलाई पनि बताउन सुरु गरे। जबकि त्यसबेला आफ्नो मालिकको विरुद्धमा सोच्नुसम्म पनि दासहरुको लागि अपराध मानिन्थ्यो। मालिकले भनेको सानोभन्दा सानो कुरा पनि नमान्दा तातो झिर र आँगोमा रपाइएको फलामले डामिन्थ्योे। दासहरुलाई सजायस्वरुप तातो तेलले खन्याउने खाडलमा माटोले पुर्ने, तिखो भालाले रोप्ने जस्ता अति अमानविय क्रुरसजाय दिइन्थ्यो। यस्तो यस्तो यातनाका बाबजुद पनि दासहरु स्पार्टाकसको कुरा सुन्थे। उनको कुरालाई निकै महत्व दिन्थे। यसले वितारविस्तार दादसहरुमा रोमन सरकारप्रति श्रद्धा होइन घृणाको भाव उर्लेर आयो।

    इसापूर्व ७३ मा स्पार्टाकस बन्दी जीवनबाठ उम्किन सफल भए। घाँटीमा बाँधिएको साङ्गलो र खोरको चौघेराबाट स्वतन्त्र भएको दिन उनी ज्यादैँ खुसी भएका थिए। अन्य लाखौं दासहरुलाई यो आनन्द दिलाउन स्पार्टाकसले उनीहरुलाई संगठित गर्न थाले। अन्ततः उनले रोमन सेना विरुद्ध युद्ध गरे। उनले रोमन सेनाको नेतृत्व गरेर आएका दुई सैनिक अधिकृतहरुलाई कब्जामा लिए।

    स्पार्टाकसको नेतृत्वमा दासहरुले रोमन सरकारको अत्याचार विरुद्ध विद्रोह गर्दाको वखत दासहरुसँग आफ्नो भन्नु कोही पनि हुदैनथ्यो। आफ्नै छोराछोरी मालिकले बिक्रिका लागि कहाँ पु¥याउँछ, आमाबुबालाई थाहै हुदैनथ्यो। उनीहरुको गलामा दाम्लो हुन्थ्यो। ट्रकमा कोचेर बिक्रि गर्न हिँडाइएका राँगाभैसीं जस्तै उनीहरुलाई पनि कोचेर ठूला–ठूला सहरहरुमा बिक्रिका लागि लगिन्थ्यो। को कहाँबाट खरेटीएर आएका हुन, अत्तोपत्तो हुदैनथ्यो। यस्तो अमानवीय व्यवस्था विरुद्ध यस विरुद्ध स्पार्टाकसले विद्रोहको झण्डा उठाए। त्यसो नगरेको भए त्यति छिट्टै दास व्यवस्था उन्मूलन हुने थिएन। स्पार्टाकस नै त्यस्ता अगुवा हुन, जसले मानिसहरुलाई दासताबाट मुक्तीको बाटो देखाए।
    स्पार्टाकसको बहादुरीलाई विषयवस्तु बनाएर हावर्ड फास्टले उपन्यास नै लेखेका छन् ‘स्पार्टाकस’। सन १९५० मा प्रकाशित यो उपन्यास विश्वव्यापी रुपमा लोकप्रिय भयो। यो इसापूर्व ७१ मा स्पार्टाकसले गरेको दासविद्रोहमा आधारित छ। हावर्ड फास्टले जेलमा छदाँ यो उपन्यास लेखेका थिए। यो यति लोकप्रिय भयो–उपन्यास प्रकाशन भएको पहिलो चार महिनामा नै सातौं पटक छापिएको थियो। पचास हजारप्रति मध्ये चालिस हजार तत्कालै बिक्रि भएको थियो। यसै उपन्यासबाट प्रभावित भएर सन १९६० मा स्टान्ली कुसिकले चलचित्र बनाए। स्पार्टाकसको स्वतन्त्रता, प्रेम, आशाको अभिव्यक्ति उपन्यास चलचित्र दुवैमा पाइन्छ। यस बाहेक स्पार्टाकस जीवनमाथि दर्जनौं फिल्महरु बनेका छन्। जर्मनिमा त विश्व नेतृ रोजा लक्जेम्बर्गले ‘स्पार्टाकस लिग’ नामको पार्टी नै खोलिकी छिन्।

    एकपटक रोमन सेनाहरुलाई दासमाथि दमन गर्न खटाइयोे। निकै ठूलो सङ्ख्यामा रहका ति सेनाहरुले स्पार्टाकस बसेको त्यो पहाड नै घेराबन्दी गरे। स्पार्टाकसका दास सेनाहरुलाई खाने कुराको अभाव भयो। त्यसले गर्दा उनीहरुले आत्मासमर्पण स्वीकार्य थिएन। घेराबन्दीबाट उम्किने कुनै उपाय नभएपछि उनले पहाडबाट लामो डोरीको सहायताले रोमन सेनाहरुको भिडमा हाम्फाले। उनले रोमन सेनाका ‘डेपुटी कमान्डर’ सहित थुप्रैको हत्या गरे। हतियारहरु पनि खोसे। उनको यो बहादुरीले गर्दा दासहरु स्पार्टाकसप्रति व्यापक रुपमा आकर्षित भए स्पार्टाकसको समूहमा थुप्रै दास समूहरु आवद्ध हुन थाले। यो एकताको लहर निकै पछिसम्म चल्यो।
    दासहरुले समयसमयमा विद्रोह गर्दै आएका थिए। कुनै त कुनै रुपमा दासहरुले मालिकको अवज्ञा गर्दै आकै थिए। तर ती अवज्ञाहरु सामूहिक तथा सङ्गठित थिएनन्। ती सबै एतिहासिक विद्रोहहरुलाई मुख्यतः तीन चरणमा विभाजन गरेर हेर्न सकिन्छ।

    इसापूर्व १३५ देखि १३२ का बीचमा सिसिली र अचेइयामा पहिलो दास विद्रोह भएको थियो। त्यसपछि क्रमशः इसापूर्व १०४ देखि १०० का बीचमा दोस्रो दासविद्रोहको लहर चलेको थियो। यसमध्ये स्पार्टाकसको कुशल र साहसी नेतृत्व हुनु नै हो। रोमन सरकारका तर्फबाट युन िर कोलिन दुई सेनाको नेतृत्वमा पहिलो दासविद्रोह दमन गरिएको थियो। यी सेनाको विरुद्धमा लुसियस काल्पुसियस, कपिलिय, कन्सुलजस्ता दासहरुले लडेका थिए। तर रोमन सरकारले उनीहरुलाई सजिलै दमन ग¥यो। यस विद्रोहको २८ वर्षपछि फेरि सिसिलीमा द्रास्रो विद्रोह भएपनि अन्ततः यो पनि असफल भयो। यो विद्रोहमा मानियस, कोन्सुल जस्ता दासहरुले नेतृत्व गरेका थिए।
    दासप्रथाका विरुद्ध दासहरुले गरेका तीनवटा महत्वपूर्ण विद्रोहहरुमध्ये निर्णयक र एतिहासिक विद्रोह तेस्रो विद्रोह थियो। इसापूर्वक ७३ मा भएको यस विद्रोहलाई सबैभन्दा लोकप्रिय विद्रोह मानिन्छ। यो विद्रोहमा स्पार्टाकसको नेतृत्वमा करिब ४ वर्षसम्म युद्ध चलेको थियो। यसले त्यसबेलाको सबैभन्दा शक्तिशाली रोमन सेनालाई तहसनहस पारेको थियो।

    रोमनको लाकप्रिय मानेरञ्जन दासीहरुबीचको युद्धकला थियो। यस्ता युद्धहरुमा प्रयोग हुने दासहरुलाई पौष्टिक आहाराको व्यवस्था गरिन्थ्यो। मानिसहरु ल्याएर ती लडाकु दासहरुको यौनचाहना पूरा गराइन्थयो। उनीहरुको काम भनेकै युद्धमा सहभागी हुनु थियो। दासहरुलाई प्रशिक्षण दिने यस्ता ठाउँलाई लानिस्ता भनिन्थ्यो। रोमनमा ठाउँठाउँमा लानिस्ताहरु बनाइएका हुन्थ्ये, जहाँ रोमन जनताहरु पैसा तिरेर दासहरु लडेका हेर्थे।
    त्यसबखत थ्रेसमा बस्ने दास धारिलो चक्कु खेलाउने काममा खप्पिस थिए। अफ्रिकाका दासहरु माछा मार्न र त्रिशुलजस्तो धारिलो हतियार चलाउन सिपालु थिए। यसले दासमालिकहरुलाई निकै रोमाञ्चक तुल्याउँथ्यो। त्यस्ता दास ग्लेडिडएटरहरु ज्यान माया मारेर मालिकहरुलाई रमाइलो दिलाउन बाध्य थिए। त्यसका लागि कापुआनगरमा दासहरुलाई प्रशिक्षणको लागि ढुङ्गाको अखडा बनाइएको थियो।
    जहाँसम्म स्पार्टाकसको कुरा छ, बाटियसले मिश्रको सुनखानिबाट स्र्पाटकसलाई खरिद गरेका थिए। मोटोघाटो जिउडाल भएका स्र्पाटकसलाई निकै आर्कषक देखिन्थे। बाटियसले पहिलो पटक खरिद गर्दा उनि अन्य दासहरुभन्दा निकै कम उमेरका थिए। तर उनको व्यवहार निकै परिपक्क देखिन्थ्यो।

    स्पार्टाकस बोलक्कड भएकोले उनको कुरा कसैले काट्दैनथे। बाटियसले कापुआको स्कुलमा स्र्पार्टाकससहित २ स लडाकाहरूलाई राखेका थिए। उनीहरू यहूदी, काला पसियाका दासहरू थिए। तीमध्ये एक थिइन् बारिनिया नामकी जर्मन दासमहिला। उनले स्पाटकिसलाई आफ्नो पति मानेर अन्तिम समयसम्म सहयोग गरेका थिए। एकदिन दुईजना रोमन नवयुवाहरु दासहरूको मल्ल हेर्न कापुआमा आए। बाटियासले २५ हजार डिनारमा दुई जोडीका बीचको लडाई हेर्न सौदाबाजी गरे।

    पहिलो लडाईँ यहुदी डेबिड र अर्को लडाकाका बीचमा भयो । यहुदी विजयी भए । तर, उनी हारेका लडाकाको हत्या गर्न तयार भएनन् । यो विद्रोहको पहिलो खुड्किलो थियो । फेरि पाले आयो, स्पार्टाकस र ड्रावाको । ‘रेफी’ ले सिटी बजाउनै पाएको थिएन, त्यही बेला ड्रावाले आफ्नोे निशाना रोेमन सेनाले उनको ढाडमा धारिलो भालाले रोपिदिए । ड्रावा र अर्का काला दासलाई दासहरूलाई चेतावनी दिनको लागि काठको सुलीमा भुन्ड्याइयो । सरकारले झुन्डिएको लास हेरेर दासहरुले आत्मसमर्पण गरून्, भन्ने चोहका थिए । तर, स्पार्टाकसको लागि यो झुन्डिएको लास बलियो प्ररेण बन्यो । स्पार्टाकसलाई यसले कमजोर होइन, झन दृढ बनायो । उनले रोमन सेना विरुद्ध लड््ने अठोट गरे ।
    स्पार्टाकसले सेनाको विरुद्ध आफ्नो पहिलो योजना सुनाउँदा दाराहरू पुरै जुरमुराएका थिए । बन्दी दासहरू बिहानको खाना खान गएको समयमा स्पार्टाकसले आजपूर्ण भाषण दिने क्रममा यो योजना सुनाएका थिए । यो भाषणले दासहरूलाई युद्धमा होमिनको लागि ठुलो हौसला दिएको थियो । यसपछि आफ्नो अखडामा रहेका पुलिसलाई पहिलोपटक दासहरूले सफाया गरिदिए।

    त्यहींबाट स्पार्टाकसले पहिलोपटक स्वतन्त्रताको अनुभुति गरे । ती पुलिस सेनाहरूको दासहरूको वीरतापूर्ण आक्रमणको सामु केही सीप चलेन । कापुआबाट आएका सैनिकहरुरूलाई पनि उनले ध्वस्त पारे । स्पार्टाकसले सबैभन्दा पहिले माउन्ट भिसुभिअसिलाईए आफ्नो नियन्त्रणमा लिए । दासहरूको विद्रोह झन् चुलिँदै गयो । दासहरू विद्रोहमा उर्लिएको देखेर रोमको सिनेटले यसलाई निकै गम्भीरताका साथ लियो । दासहरूलाई दमन गर्नको ३ हजार सेनाको नेतृत्व दिएर वारिनियसलाई त्यस ठाउँमा पठाए ।

    रोमन सेनाहरु उच्छृङ्खल त थिए नै, त्यसमा पनि उनीहरुमा मानवीय संवेदन पटक्कै थिएन । उनीहरुले दसहरुलाई गर्नुसम्म ज्यादति गरे । कब्जामा लिएका दासहरुलाई ज्यादै यातना दिएर हत्या गरे । यो क्रूरताले दासहरुलाई झनै आक्रोशित पारेको थियो । तर, उनीहरुबीच भइको लडाइँमा अन्ततः सेनाहरु पराजित भए । दासहरुले रोमन सेनाहरुलाई छानीछानी हत्या गरे दिनमा आक्रमण गर्न नसक्ने भएपछि रोमन सेनाहरुले स्पार्टाकसको नेतृत्वमा रहेको दाससेनाहरुमाथि रातको समय परेर आक्रमण गरेका थिए । तर, स्पार्टाकसले एक रोमान सैनिकलाई भन्यो, “जाऊ, सिनेटसँग भन ! दासताको सङ्गीत सुन्दासुन्दा हामी वाक्क भइसक्यौं । अब हामी दासै रहिरहन तयार छैनौं ।”

    स्पार्टाकसको यस्तो स्पष्ट दृष्टिकोणका कारण उनीप्रति दासहरुको उच्च विश्वास बढ्यो । दासहरुका सानासाना समूहहरु उनको समूहमा मिल्न आए । स्पार्टाकस सेनाको सङ्ख्या लाखभन्दा बढी भयोे । रोमन सरकारले स्पार्टाकसको लडाकुसँग भिड्नको लागि झनै बलशाली सेनाको टोली पठायो । यो टोलीसँग स्पार्टाकस नेतृत्वको दाससेनाहरुले वीरताका साथ लडाइँ लडे । रोमन सेनामा भागाभाग मच्चियो । इतिहासमा । रोमन सेनाहरु कसै देखि भाग्नुपरेको थिएन, दाससेनाहरुसँग हारेर पहिलोपटक भाग्नुप¥यो । निकै रोचक कुरा त के छ भने यही समयमा स्पार्टाकसले ममियस र सर्बियस रोमन सेनालाई कब्जामा लिएपछि उनीहरुलाई दासलाई जस्तै एकआपसमा लडाएका थिए ,

    त्यसपछि रोमन सरकारले लिसिनियस क्रेससकोृ नेतृत्वमा स्पार्टाकसको लडाकु दस्तालाई दमन गर्न ठुलो सैन्यशक्ति पठायो । यी सेनाहरुसँग लड्दालड्दै स्पार्टाकसको निधन भयो । यो युद्घमा पराजित ७ हजारभन्दा बढी दासहरुलाई रोमन सेनाले कब्जा गरेर कापुवामा सबैले देख्ने ठाउँमा झुन्ड्यायाृ । तर, दासहरुको विद्रोहको अदम्य साहसलाई भने कहिल्यै झुन्ड्याउन सकेन । र, कुनै पनि निरङ्कश सत्ताले त्यसो गर्न सक्ने पनि छैन ।

    Post Views: 206
    • लडाकु
    • साहसलाई
    • स्पार्टाकसलाई
    प्रकाशित मिति: २०७८ पुष २५, आईतवार १०:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.