• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रा सुवेदीले पठाएको मस्यौदा मसंग अझै  सुरक्षित छः प्रधानमन्त्री प्रचण्ड

  •  
  • २०८० चैत्र ६, मंगलवार ०८:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९५० को नेपाल भारत सन्धि पुनरवलोकनका लागि अन्तरर्राष्ट्रिय कानूनका विज्ञ प्राध्यापक डाक्टर सूर्य सुवेदीले पठाएको मस्यौदा आफूसँग अझै सुरक्षित रहेको बताएका छन् ।
    शनिबार बिहान काठमाडौंमा आयोजित ‘प्रा.सूर्य सुवेदीः महा विद्यावारिधि देखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।
    आफू पहिलो पटक प्रधानमन्त्री पदमा निर्वाचित भए पछि भारतको भ्रमणमा जानु अघि दुई देश बीचको सन् १९५० को सन्धि पुनरावलोकन गर्नका लागि धेरै पक्षबाट सुझाव आएको र ती मध्ये प्रा.सुवेदीले पठाएको सुझावको प्रति आफूसँग अझैं सुरक्षित रहेको पनि बताए ।  ‘मेरो भ्रमण पछि सन्धि पुनरवलोकनको कुरा  संयुक्त विज्ञप्तिमा पनि उल्लेख भएको छ, तर कतिपय कारणले उक्त विषय अगाडी बढ्न सकेको छैन्’ उनले भने ।
    विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हुनुहुन्छ । प्रा सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरवलोकनबारे मैले सहयोग मागेको थिएँ । उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो। पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले  लागू पनि गर्यौँ । तपाईंको विज्ञतालाई हामी निरन्तर कदर गर्ने छौं उनले भने ।

    प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुसालले प्रा सुवेदीको संघर्ष र उपलब्धिको कथाले युवा पुस्तालाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।  लक्ष प्राप्तिको लागि सुवेदीले गरेको मेहनत सबैको लागि उदाहरणीय भएको बताइन् ।  विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो नेपाली प्रा सुवेदी जस्ता व्यक्तित्वको ज्ञान, सीप र अनुभव नेपालले प्रयोग गर्न ढिलो गर्नु नहुने बताइन् ।
    पूर्व मंत्री तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले सुवेदीले प्राज्ञिक क्षेत्रबाट संसारमै नेपाललाई चिनाई रहेको बताए ।  ‘हामीले निष्ठापूर्वक  देशको लागि केही गर्छौं कि गर्दैनौ, मुख्य कुरा त्यो हो’ उनले भने ।   शान्ति क्षेत्रको प्रस्तावको हामीले विरोध ग¥यौं, तर अहिलेको भूराजनीतिक स्थिति हेर्दै जाँदा शान्ति क्षेत्रको प्रस्ताव गलत थियो भन्ने मलाई लाग्दैन ।  हामीले  निर्वाचन पद्धतिलाई बदल्नु पर्छ र  अगाडी बढ्नु पर्छ ।  उनले प्रा सुवेदीले आफुसँग भएका अन्तरराष्ट्रिय कानून सम्बन्धी  दुर्लभ ग्रन्थहरु नेपाल ल क्याम्पसलाई प्रदान गरेको भन्दै त्यसको प्रशंसा पनि गरे ।
    लोकार्पण समारोहलाई सम्बोधन गर्दै  बेलायतको लिड्स विश्व विद्यालयमा अन्तरर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सुवेदीले नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका क्षेत्रमा  आफुले बटुलेको अनुभव र ज्ञान नेपाल र नेपालीको हितका लागि उपयोग गर्न आफु सधैं तत्पर रहेको बताए ।  पत्रकारद्वय भगीरथ योगी तथा नवीन पोखरेलले लेखेको उक्त पुस्तक बुक हिलले प्रकाशन गरेको हो ।  कार्यक्रमको संचालन बुक हिलका प्रकाशक कवि तथा पत्रकार भूपेन्द्र खड्काले गरेका थिए ।

    Post Views: 251
    प्रकाशित मिति: २०८० चैत्र ६, मंगलवार ०८:१३
    Advertisement
    संबन्धित शिर्षकहरु
    परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने
    अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने
    आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश
    Advertisement
    ताजा अपडेट
    • १. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • २. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ३. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    • ४. संविधान दिवसमा अमेरिकी विदेशमन्त्री रुबियोको शुभकामना

    • ५. अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.