• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सहकारीको अपचलन छानबिन गर्न संसदीय समिति गठन नगरुन्जेल कांग्रेसले संसद चल्न नदिने

  •  
  • २०८० चैत्र ७, बुधबार ०७:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सहकारीको पैसा अपचलन छानबिन गर्न संसदीय समिति गठन नगरून्जेल कांग्रेसले संसद चल्न नदिने बताएको छ।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका थिए। उक्त माग पूरा नभए संसद अवरूद्ध हुने तर यसको जबाफदेही सरकार हुने बताएका हुन्।

    ‘सहकारीको पैसा अपचलनबारे एउटा छानबिन समिति गठन गरौं। यो संसदीय अभ्यास हो, संसदभित्र संसदको छानबिन समिति गठन गरौं र निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गरौं,’ लेखकले भने, ‘यसमा सरकारलाई आपत्ति छ भने सरकार आफैं गैरजिम्मेवार मानिनेछ। र, सदनको नियमित कामलाई बाधा पुर्‍याएको मानिनेछ।’

    उनले थप भने, ‘कांग्रेसले संसद र सदनको काम अवरोध गरेको छैन र गर्न पनि चाहेको छैन। तर यसरी गम्भीरतापूर्वक कुरा उठाउँदा उठाउँदै पनि सरकारले गम्भीरतापूर्वक लिएन, यो कुरा अगाडि बढाएन भने संसद कांग्रेसले अवरूद्ध गर्दैन, सरकार आफैंले गरेको मानिनेछ।’

    यति कुरा भनिसकेपछि पनि संसदको नियमित कामकारबाही अगाडि बढ्न नसके सरकारले नै संसद अवरूद्ध गरेको मानिने उनले बताए।

    ‘यसको जिम्मा सरकारले लिनुपर्छ। मेरो माग, आग्रह र चुनौती छ,’ उनले भने।

    कांग्रेस सांसद रामहरि खतिवडाले पनि संसदीय छानबिन समिति गठन गर्न माग गरेको र यो माग सरकारले पूरा नगरे बुधबारदेखि संसद चल्न नदिने बताएका छन्।

    बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले भने, ‘हाम्रो माग पूरा नभए भोलिदेखि संसद चल्दैन। के गर्ने हो, यो काम सरकारकै हातमा छ।’

    Post Views: 178
    प्रकाशित मिति: २०८० चैत्र ७, बुधबार ०७:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.