• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भरतपुर महानगरपालिका प्रमुख दाहाललाई लन्डनमा अन्तर्राष्ट्रिय अवार्ड

  •  
  • २०८० चैत्र ८, बिहीबार ०८:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले लन्डनमा एक अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छन् । दाहालले हाउस् अफ कमन्सको टेरेस पेभिलियनमा बिहीबार आयोजित समारोहबीच इपिजी नामक संस्थाले प्रदान गरेको ’पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्ड्स २०२४’ अन्तर्गत ’इन्टरनेसनल मेयर अवार्ड’ प्राप्त गरेकी हुन् । भरतपुर महानगरपालिका प्रमुख दाहाललाई लन्डनमा अन्तर्राष्ट्रिय अवार्ड लन्डन मेयर सादिक खानले दाहाललाई अवार्ड हस्तान्तरण गरेका थिए । ’दोस्रो कार्यकाल मेयर निर्वाचित भएर भरतपुरवासी जनताका लागि काम गर्दा अन्तर्राष्ट्रियस्तरबाट जुन खालको मूल्यांकन भयो, यसले ज्यादै खुशी भएको छु,’ अवार्ड लिएपछि उनले भनिन् ’यस अवार्डले अझ ऊर्जा, हौसला र जनताको पक्षमा काम गर्नका लागि बल पुग्ने विश्वास छ ।’

    आयोजकले अवार्ड दिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी र बाबुको राजनीतिक उत्तराधिकारी भन्दै उनको परिचय दिएका थिए । एउटै स्टेजमा लन्डन मेयर सादिक खानले ’लोकल गभरमेन्ट अवार्ड’ प्राप्त गर्दा मरिससकी पहिलो मुस्लिम महिला राष्ट्रपति (२०१५ देखि २०१८) अमिना गुरिव फकिमले ’इन्टरनेशनल वुमन अफ द इयर अवार्ड’ पाइन् । उता, भारतीय राजनीतिज्ञ तथा ऋषिहुड युनिभर्सिटीका चान्सलर सुरेश प्रभाकर प्रभुले ’लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन् । बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेनले ’पार्लियामेन्टरियन अफ द इयर’ (गभरमेन्ट), राज्यमन्त्री रोबर्ट हाल्फोनले ’मिनिष्टर अफ द इयर’, सांसद ग्यारेथ थोमसले ’स्याडो मिनिष्टर अफ द इयर अवार्ड’ ग्रहण गरे । त्यसैगरि, सनराइज रेडियोले ’मिडिया अफ द इयर अवार्ड’ पायो भने इन्टरकन्टिनेन्टल लन्डन ओटुले ’होटल अफ द इयर अवार्ड’ पाएको छ । प्रोफेसर जसपाल कोनरले ’डक्टर अफ द इयर अवार्ड’ प्राप्त गरे ।

    निर्णायकहरूको छनोटमा कुल २४ विद्यामा प्रदान गरिएको उक्त १६ औं वार्षिक अवार्डस् वितरण समारोहको होष्ट सांसद भ्यालिरी भाज थिइन् । इपिजी बेलायत, भारत र युगान्डामा कार्यालय भएको एउटा आर्थिक तथा रणनीति परामर्श फर्म हो, जसले रणनीतिक सञ्चार, व्यापार र लगानी प्रवर्धन, आर्थिक विश्लेषण एवं विश्वभरका व्यवसाय र सरकारहरुका कर्पोरेट इभेन्ट आयोजना गर्ने गर्दछ ।

    Post Views: 218
    प्रकाशित मिति: २०८० चैत्र ८, बिहीबार ०८:०४
    Advertisement
    संबन्धित शिर्षकहरु
    परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने
    अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने
    आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश
    Advertisement
    ताजा अपडेट
    • १. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • २. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ३. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    • ४. संविधान दिवसमा अमेरिकी विदेशमन्त्री रुबियोको शुभकामना

    • ५. अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    • ५. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.