• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो , २० जनाको अवस्था अज्ञात (भिडियोसहित)

  •  
  • २०८० चैत्र १४, बुधबार ०५:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी सहर बाल्टिमोरमा पानीजहाज पुलमा ठोक्किएको छ। जहाज ठाेक्किँदा पुलमा क्षति पुगेको छ भने कम्तीमा २० जना पानीमा फसेको मेरिल्यान्ड यातायात प्राधिकरणले जनाएको छ।

    पानीजहाजको ठक्करका कारण ‘आई–६९५ कि ब्रिज’मा आंशिक क्षति पुगेको प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अन्तरराज्य राजमार्ग प्रशासनलाई उद्धृत गरी साझा गरेको पोस्टमा उल्लेख गरिएको छ। प्राधिकरणले भिडियोमार्फत सवारीचालकहरूलाई पटाप्सको नदीको पुल प्रयोग नगर्न निर्देशन दिएको छ।

    प्राधिकरणले पुलमा भएको क्षतिका कारण पुलको दुवैतर्फका सडक बन्द गरिएको जनाएको हो। बाल्टिमोर प्रहरी विभागका प्रहरी प्रवक्ताले एनबिसी न्युजलाई दुर्घटनामा परेका मानिस नदीमा रहेको हुन सक्ने बताए। स्थानीय अधिकारीका अनुसार दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेका छन्।

    बाल्टिमोर सिटी प्रहरीलाई मंगलबार बिहानै जहाजको ठक्करका कारण करिब १ः३५ मा पुल भत्किएको सूचना आएको बाल्टिमोर प्रहरीका निकी फिनोयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ।

     

    पानीजहाजहरूको अनुगमनबारे जानकारी दिने वेबसाइट ‘मरिन ट्राफिक’ले मंगलबार बिहान डाली नामक सिंगापुरको ध्वजावाहक कन्टेनर दुर्घटनाग्रस्त पुलमुनि रोकिएको देखाएको थियो।

    बाल्टिमोरका मेयर ब्रान्डन स्कुट र बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सेब्स्की जुनियर दुवैले घटनाबारे जानकारी पाएपछि तत्काल उद्धार कार्यका लागि उद्धारकर्मी खटाइएको बताए। यसैगरी प्रभावितहरूको जीवनरक्षाका लागि प्रार्थना गरिदिन ओल्सेब्स्कीले  सामाजिक सञ्जाल एक्समार्फत आह्वान गरे।

     

    Post Views: 212
    प्रकाशित मिति: २०८० चैत्र १४, बुधबार ०५:४७
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.