• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी सिनेटरको आरोपमा सत्यता छैनः अमेरिकी दुतावास, सिनेटरले यस्तोे बोलेका थिए (भिडियो)सहित

  •  
  • २०८० चैत्र १४, बुधबार ०७:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौं । अमेरिकाले नेपालमा धार्मिक स्वतन्त्रता तथा नास्तिकता प्रवर्द्धन गर्न रकम बाँडेको भनी अमेरिकी सिनेटरले लगाएको आरोप र त्यससँग जोडिएर आएका सार्वजनिक टिप्पणीहरुबारे अमेरिकी दुतावासले प्रष्ट पारेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार यससम्बन्धी स्पष्ट धारणा सार्वजनिक गर्दै अमेरिकी सरकार हरेक नागरिकहरुलाई आफ्नो रोजाइको धर्म मान्ने वा नमान्ने अधिकारको पक्षमा रहेको स्पष्टीकरण दिएको हो । निर्वाचनको संघारमा अमेरिकी राजनीतिज्ञहरु यतिखेर एकले अर्कालाई होच्याउन विभिन्न आरोप प्रत्यारोपमा उत्रिएका छन ।

    ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन पारित भएको २५ वर्षभन्दा लामो समयदेखि अमेरिकी सरकार संसारभर सबै ठाउँका मानिसहरूको आआफ्नो सिद्धान्तअनुसार विश्वास गर्ने वा नगर्ने अधिकारका पक्षमा उभिएको छ’ दूतावासबाट जारी नोटमा भनिएको छ, ‘अमेरिकी विदेश मन्त्रालयको यस विश्वव्यापी अनुदानलाई सबै व्यक्तिको धार्मिक स्वतन्त्रताको प्रवर्द्धन र रक्षा गर्नका निम्ति तर्जुमा गरिएको थियो । यसमा त्यस्ता देशका सीमान्तकृत धार्मिक वा विश्वास समुदायका सदस्यहरू समेत पर्दछन्, जहाँ उनीहरूले उत्पीडनको सामना गरिरहेका छन् ।’

    दूतावासद्धारा जारी नोटमा भनिएका विषय जस्ताको तस्तै उल्लेख गरिएको छ ।

    ‘अमेरिकी विदेश मन्त्रालयका कार्यक्रमहरूले कहिल्यै पनि कुनै निश्चित धार्मिक विश्वास, दर्शन वा सिद्धान्तहरूलाई प्रवर्द्धन गर्दैनन् । बरु तिनीहरूले सबै व्यक्तिहरूको दुर्व्यवहार, विभेद र हिंसाबाट मुक्त रही आफ्नो रोजाइको धर्म वा विश्वास ग्रहण गर्न वा अपनाउन सक्ने क्षमतालाई प्रवर्द्धन गर्दछन् । यस कार्यक्रमले दक्षिण एसियाका त्यस्ता स्थानीय संघसंस्था र समुदायहरूको क्षमता अभिवृद्धि गर्न मद्दत पुर्‍याएको छ जहाँ उनीहरूले आफ्नो विश्वासका कारण विभेद र सीमान्तीकरण भोगेका छन् ।

    नेपालमा अमेरिकी सरकारको यस आर्थिक सहयोगले जातीय विभेद तथा बालविवाह विरुद्ध लड्ने र सबैको सहिष्णुता र पारस्परिक सम्मानका लागि वकालत गर्ने लगायतका कार्यमार्फत सीमान्तकृत विश्वास समुदायका सदस्यहरूको संरक्षण र उनीहरूका लागि पैरवी गर्ने प्रयासमा सहयोग गरेको छ ।’

    अघिल्लो साता अमेरिकी सिनेटमा विपक्षी दल रिपब्लिकनका सांसद माट ब्रायनले सरकारमाथि नेपालमा धार्मिक स्वतन्त्रता र नास्तिकताको प्रवर्द्धनका लागि रकम बाँडेको आरोप लगाएका थिए । उनले कोलम्बिया लगायत देशमा यौनकर्मी समलिंगीहरुलाई समेत रकम बाँडिएको भन्दै असन्तोष जनाएका थिए ।

    नेपालसँग सम्बन्धित भएर उनले उठाएका प्रश्न र त्यसबारे नेपालका विभिन्न व्यक्ति, पार्टी र संस्थाहरुले प्रश्न उठाइरहेको सन्दर्भमा अमेरिकी दूतावासले जवाफ दिएको हो ।

    नेपालमा धार्मिक आस्था, धर्म परिवर्तन लगायत विषयमा बाह्य देशहरुले भूमिका खेलिरहेको भनी उठ्ने गरेका आशंकालाई बल दिंदै रिपब्लिकन सिनेटरले मार्च २२ मा संसदीय समितिमा प्रश्न उठाएका थिए । दुई वर्षअघि रिपब्लिकनकै अर्का सांसद न्युट ग्रिनरिचले पनि यस्तै आशंका सहित प्रश्नहरु गरेका थिए ।

    https://www.youtube.com/watch?v=QJUUIlAYv_o

     

    Post Views: 188
    प्रकाशित मिति: २०८० चैत्र १४, बुधबार ०७:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    • ५. जेन जीका कारण सरकार तनावमाः सरकार जेनजी संझौता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.