• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मुख्यमन्त्रि केजरीवाल पक्राउपछि अमेरिका भारतबीच चिसोपना

  •  
  • २०८० चैत्र १८, आईतवार ०८:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नयाँ दिल्लीमा मुख्यमन्त्री केजरीवाल पक्राउ परेपछि अमेरिकाले मानवअधिकार र स्वतन्त्रताको विषयलाई लिएर आफ्नो टिप्पणी गरिरहेको छ भने भारतले आफ्नो आन्तरिक मामला भएकाले त्यसमा नबोल्न स्पष्ट संकेत दिएपछि दुई देशबीच चिसोपना शुरु भएको छ ।

    केजरीवाल पक्राउ परेको विषय सतहमा देखिएको भए पनि आन्तरिक रूपमा भने दुवै देशले आफूलाई शक्तिशाली भएको देखाउन खोजिरहेका छन्। अर्कोतर्फ पश्चिमा देशहरूको टावर अमेरिका हो र एसियन मुलुकहरूको टावर भारत हो भन्ने स्पष्ट शक्ति देखाउन खोजिएको छ।अमेरिकाले प्रजातन्त्र, मानवअधिकार, महिला स्वतन्त्रता, प्रेस स्वतन्त्रता, जातीय विभेद, शिक्षालगायतका विषयमा देशभन्दा माथि उठेर टिप्पणी गर्ने गरेको छ। विश्वभरका देशहरूमा हुने साना तथा ठूला घटनामा यदि मानवअधिकार प्रजातन्त्रको विषय जोडिएको छ भने अमेरिकाले आफ्नो विचार राखिरहेको पाइन्छ। यता भारतले पनि आफूलाई प्रजातन्त्रको जननी भन्ने गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक भाषण गर्दै भारत प्रजातन्त्रको आमा भनेका थिए।

    तर, समाचारहरूमा आएका विषय र त्यहाँको समाजलाई आधार मान्ने हो भने भारत अझै पछि छ भन्ने देखाउँछ। जस्तै महिला विभेद, जातीय विभेद, समानता, शिक्षा जस्ता विषयमा भारत भारतीय सोचमै अल्झिरहेको देखिन्छ। अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीलाई लिएर टिप्पणी गर्दै, निष्पक्ष कानुनी न्याय दिलाउन भनेको छ।

    भारतले त्यसको जवाफमा भारतको सार्वभौमसत्ताको कदर गर्दै आन्तरिक बिषयमा नबोल्न भनेको छ।

    यतिबेला भारत र अमेरिका सवाल जवाफमा छन्। भारतीय विदेशमन्त्री जयशंकरका भेटघाट र प्रतिक्रियाहरूले पनि अमेरिकालाई आन्तरिक मामलामा नबोल्न संकेत गरिरहेको छ।

    यस्तै त्यसको जवाफमा अमेरिकाले मोदी सरकारले विपक्षीहरूलाई केन्द्रमा राखेर गरेको कारबाहीलाई नजिकबाट नियाली रहेको र आफूहरू कानुनी प्रक्रियालाई आधार मान्ने भनेर जवाफ दिएको छ। अर्कोतर्फ भारतमा भारतको आन्तरिक राजनीतिले काम गर्छ। उसले विश्वभर हुने राजनीतिक विषयहरूमा अधिकांश विषयमा बोल्नुपर्ने प्रधान विषयभन्दा माथि उठ्नै सकिरहेको देखिन्न्। भारतले भित्रि राजनीति हेरेर प्रििक्रृया दिने गरेको छ।

    बिभिन्न देशहरूका बीचमा सतहमा देखिने विवादका पछि थुप्रै कारणहरू जोडिएका हुन सक्छन्, यति बेला अमेरिका र भारतका बीचमा देखिएको टकरावको मुख्य कारण भारत अति हिन्दुवादी हुँदै जानु मुख्य कारण हुन सक्छ। मुख्यमन्त्री पक्राउपछि जर्मनीले दिएको प्रतिक्रिया लगत्तै भारतले जमर्नलाई बोलाएर सोध्नु र अमेरिकाले कानुनी उपचारमा जाउ भनेर दिएको प्रतिक्रिया लगत्तै सोधपुछ गर्नु अति हिन्दुवादी मोह र त्यसको प्रतिवाद पनि मुख्य कारण हुन सक्छ।

    पश्चिमादेशहरूले भारत र मुख्य गरी मोदी सरकार अति हिन्दुवादी हुँदै गएकाबारे विशेष चासोपूर्वक हेरिरहेका छन्। अमेरिका र भारतको टकरावको पछाडि मोदी सरकार हिन्दु अतिवादी हुँदै गएका बेला केजरीवाल पक्राउपछि त्यसलाई दबाबमा राखेको हुन सक्छ।

    जब कुनै देशहरूका बीचमा विवाद हुन्छ त्यसबेला यस्ता विषयलाई दबाबका रूपमा राख्ने गरिन्छ। अर्कोतर्फ चुनावको मुखमा मोदी सरकार थप निरंकुश हुनु पनि पश्चिमादेशहरूको चासो छ। आफूलाई प्रजातन्त्रको आमा भन्नु र विपक्षी दलहरूका विरुद्ध धावा बोल्ने मोदी सरकारलाई थप दबाब राख्न पश्चिमादेशहरूले बोल्नु प्रजातन्त्र सवलीकरणको पक्षमा उभिनु पनि हो।

    Post Views: 152
    प्रकाशित मिति: २०८० चैत्र १८, आईतवार ०८:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.