• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

१५ बर्षमा वैदेसिक रोजगारीमा जाने १३ हजार ४ सयको मृत्यू : बर्षमा १० खर्ब रेमिट्यान्स भित्र्याउनेको कथा

  •  
  • २०८० चैत्र १९, सोमबार ०८:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    खबरमाला समाचारदाता । रेमिट्यान्सकै भरमा मुलुक चलिरहेको छ भन्दै गर्दा वैदेशिक रोजगारीमा गएका श्रमिकहरु जो विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउनेको सख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्ने हो भने कामको शिलशिलामा ज्यान गुमाउनेहरुको कहाली लाग्दो तथ्यांक देखिन्छ । एक दशकमा झन्डै १० हजार युवाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । आर्थिक वर्ष २०७९÷८० को वैशाखसम्म १० महिनामा एक हजार ३२ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्क छ । उसका अनुसार त्यसको अघिल्लो वर्ष एक हजार ४७९ जनाको शव नेपाल आएको थियो ।
    चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आव २०७९÷८० मा एक हजार २०८ जनाले ज्यान गुमाएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवको आठ महिनामा ४७ जनाले बढी हो ।
    यो ग्राफ क्रमश बढी रहेको छ । रेमिट्यान्सको चर्को मूल्य हेर्ला एक वर्षमा १० खर्ब रुपैयाँ आम्दानी भयो तर १५ सय जनाको मृत्यु भएको तथ्यांक छ । यो अवस्था भयावह हो । त्यतिमात्रै होईन मृत्यू जसरी भएपनि आफन्तले त्यस्ता लास नेपालसम्म ल्याउन निकै पापड पेल्नु पर्ने अवस्था छ ।
    नेपालबाट जाने करिब सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्षका रहने गरेको श्रम मन्त्रालयको भनाइ छ । पछिल्ला तीन वर्षमा आधा सङ्ख्या २५ देखि ३४ वर्ष उमेर समूहको छ । त्यसरी विदेशमा ज्यान गुमाउनेहरु कसरी किन मृत्यूवरण गरी रहेका छन सरकारसंग कुनै भरपर्दो कारण र जवाफ छैन ।
    यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेहरूको सङ्ख्या धेरै छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् । त्यहि सहायता रकम लिन पनि निकै राजनीति हुने गरेको मृतकका आफन्तको गुनासो छ । लास लिन एयरपोर्ट पुग्दा जसले हस्ताक्षर गरयो उसैले क्षतिपुर्ति पाउने भएकाले लास लिन जाने आफन्त भनौदाहरुको तछाँडमछाँड हुने गरेको छ ।
    पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युबरण गर्न परेको हो । तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि दैनिक औसतमा एक हजार नौ सय बढी श्रम स्वीकृति लिएर जाँदा पाँच वटा शव काठको बन्द बाकसमा नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् । बोर्डका पछिल्लो आठ महिनाको अवधिमा साउदी अरबबाट ५१४, मलेसियाबाट ३३३, कतारबाट १२३ र संयुक्त अरब इमिरेट्स (युएई) बाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको छ । यीमध्ये १९७ वटा शव बोर्डको खर्चमा सम्बन्धित देशको दूतावास, गैरआवासीय नेपाली सङ्घलगायतको समन्वयमा नेपाल ल्याइएको बोर्डले जनाएको छ । स्मरणीय रहोस गत आव २०७९÷८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर बिदेसिएका थिए । उक्त वर्ष औसतमा दैनिक दुई हजार ११३ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए । विभागका अनुसार, चालु आव २०८०÷८१ को साउनदेखि फागुनसम्मको आठ महिनाको अवधिमा श्रम स्वीकृति लिई चार लाख ७१ हजार २१० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । चालु आव सुरु भएपछि दैनिक औसतमा एक हजार ९६३ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएको देखिन्छ ।
    गत आवमा मृत्यु भएका एक हजार २०८ जनाको परिवारलाई बोर्डले आर्थिक सहायतास्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपियाँ प्रदान गरेको थियो । आव २०६५÷६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार ४४ जनाको परिवारलाई आर्थिक सहायतास्वरूप चार अर्ब ८६ करोड ३० लाख ४४ हजार रुपियाँ उपलब्ध गराइएको छ । चालु आवको आठ महिनामा वैदेशिक रोजगारीका क्रममा बिरामी, अङ्गभङ्ग भएका ३३३ जनालाई आर्थिक सहायतास्वरूप १० करोड छ लाख ३५ हजार रुपियाँ उपलब्ध गराइएको छ । बोर्डका अनुसार आव २०६५÷६६ देखि २०८०÷८१ को फागुनसम्म (१५ वर्ष आठ महिनामा वैदेशिक रोजगारीमा गएका १३ हजार ३९५ जनाको मृत्यु भएको छ ।

    Post Views: 98
    प्रकाशित मिति: २०८० चैत्र १९, सोमबार ०८:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.