• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

१५ बर्षमा वैदेसिक रोजगारीमा जाने १३ हजार ४ सयको मृत्यू : बर्षमा १० खर्ब रेमिट्यान्स भित्र्याउनेको कथा

  •  
  • २०८० चैत्र १९, सोमबार ०८:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    खबरमाला समाचारदाता । रेमिट्यान्सकै भरमा मुलुक चलिरहेको छ भन्दै गर्दा वैदेशिक रोजगारीमा गएका श्रमिकहरु जो विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउनेको सख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्ने हो भने कामको शिलशिलामा ज्यान गुमाउनेहरुको कहाली लाग्दो तथ्यांक देखिन्छ । एक दशकमा झन्डै १० हजार युवाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । आर्थिक वर्ष २०७९÷८० को वैशाखसम्म १० महिनामा एक हजार ३२ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्क छ । उसका अनुसार त्यसको अघिल्लो वर्ष एक हजार ४७९ जनाको शव नेपाल आएको थियो ।
    चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आव २०७९÷८० मा एक हजार २०८ जनाले ज्यान गुमाएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवको आठ महिनामा ४७ जनाले बढी हो ।
    यो ग्राफ क्रमश बढी रहेको छ । रेमिट्यान्सको चर्को मूल्य हेर्ला एक वर्षमा १० खर्ब रुपैयाँ आम्दानी भयो तर १५ सय जनाको मृत्यु भएको तथ्यांक छ । यो अवस्था भयावह हो । त्यतिमात्रै होईन मृत्यू जसरी भएपनि आफन्तले त्यस्ता लास नेपालसम्म ल्याउन निकै पापड पेल्नु पर्ने अवस्था छ ।
    नेपालबाट जाने करिब सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्षका रहने गरेको श्रम मन्त्रालयको भनाइ छ । पछिल्ला तीन वर्षमा आधा सङ्ख्या २५ देखि ३४ वर्ष उमेर समूहको छ । त्यसरी विदेशमा ज्यान गुमाउनेहरु कसरी किन मृत्यूवरण गरी रहेका छन सरकारसंग कुनै भरपर्दो कारण र जवाफ छैन ।
    यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेहरूको सङ्ख्या धेरै छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् । त्यहि सहायता रकम लिन पनि निकै राजनीति हुने गरेको मृतकका आफन्तको गुनासो छ । लास लिन एयरपोर्ट पुग्दा जसले हस्ताक्षर गरयो उसैले क्षतिपुर्ति पाउने भएकाले लास लिन जाने आफन्त भनौदाहरुको तछाँडमछाँड हुने गरेको छ ।
    पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युबरण गर्न परेको हो । तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि दैनिक औसतमा एक हजार नौ सय बढी श्रम स्वीकृति लिएर जाँदा पाँच वटा शव काठको बन्द बाकसमा नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् । बोर्डका पछिल्लो आठ महिनाको अवधिमा साउदी अरबबाट ५१४, मलेसियाबाट ३३३, कतारबाट १२३ र संयुक्त अरब इमिरेट्स (युएई) बाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको छ । यीमध्ये १९७ वटा शव बोर्डको खर्चमा सम्बन्धित देशको दूतावास, गैरआवासीय नेपाली सङ्घलगायतको समन्वयमा नेपाल ल्याइएको बोर्डले जनाएको छ । स्मरणीय रहोस गत आव २०७९÷८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर बिदेसिएका थिए । उक्त वर्ष औसतमा दैनिक दुई हजार ११३ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए । विभागका अनुसार, चालु आव २०८०÷८१ को साउनदेखि फागुनसम्मको आठ महिनाको अवधिमा श्रम स्वीकृति लिई चार लाख ७१ हजार २१० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । चालु आव सुरु भएपछि दैनिक औसतमा एक हजार ९६३ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएको देखिन्छ ।
    गत आवमा मृत्यु भएका एक हजार २०८ जनाको परिवारलाई बोर्डले आर्थिक सहायतास्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपियाँ प्रदान गरेको थियो । आव २०६५÷६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार ४४ जनाको परिवारलाई आर्थिक सहायतास्वरूप चार अर्ब ८६ करोड ३० लाख ४४ हजार रुपियाँ उपलब्ध गराइएको छ । चालु आवको आठ महिनामा वैदेशिक रोजगारीका क्रममा बिरामी, अङ्गभङ्ग भएका ३३३ जनालाई आर्थिक सहायतास्वरूप १० करोड छ लाख ३५ हजार रुपियाँ उपलब्ध गराइएको छ । बोर्डका अनुसार आव २०६५÷६६ देखि २०८०÷८१ को फागुनसम्म (१५ वर्ष आठ महिनामा वैदेशिक रोजगारीमा गएका १३ हजार ३९५ जनाको मृत्यु भएको छ ।

    Post Views: 163
    प्रकाशित मिति: २०८० चैत्र १९, सोमबार ०८:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.