• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सचिवहरुको व्यापक सरुवा केहिको पदस्थापना हुन बाँकी

  •  
  • २०८० चैत्र २०, मंगलवार ०५:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    खबरमाला, सरकार परिवर्तन हुँदैपिच्छे नयाँ मन्त्रिहरुले सबैभन्दा पहिले गर्ने बहादुरी काम चनेको सचिवको सरुवा हो । यस पटक पनि नयाँ सरकारले त्यो बहादुरी पुरा गरेको छ । केहिको पदस्थापन भएका छन भने केहिको अझै टुंगो लागेको छैन । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेअनुसार अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवहरुलाई पत्र दिने काम धमाधम गरिरहेको बताइएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको जल तथा ऊर्जा आयोगमा सरुवा भएको छ । आयोगकी सचिव सरिता दवाडीको सिँचाइ सचिवका रुपमा ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्रालयमा सरुवा भएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सचिवका रुपमा ऊर्जाबाट गोपालप्रसाद सिग्देल फर्किएका छन् ।

    ऊर्जा सचिवमा हालका सिँचाइ सचिव रहेका सुशीलचन्द्र तिवारीले जिम्मेवारी पाएका छन् । सचिव रवीलाल पन्थको युवा तथा खेलकुद मन्त्रालयबाट निर्वाचन आयोगमा सरुवा भएको छ ।

    उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन मामिला सचिवका रुपमा सरुवा भएको छ । सचिव भएपछि बुर्लाकोटीले पहिलोपटक कुनै मन्त्रालयमा सचिवको जिम्मेवारी पाएका हुन् ।

    वित्त आयोगका सचिव कृष्णबहादुर राउत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग मामिला हेर्ने सचिवका रुपमा सरुवा गरिएको छ । उद्योग सचिव रहेका मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालयको सचिव बनाइएको छ ।

    मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य मामिला हेर्ने सचिवका रुपमा सिंहदरबार भित्रिएका छन् । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । वाणिज्य सचिव रहेका नारायणप्रसाद शर्मा दुवाडीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएको छ । अन्य केही सचिवहरुको पनि सरुवा भएपनि कुन–कुन निकाय र मन्त्रालयमा सरुवा भयो भन्ने खुल्न बाँकी छ ।

    Post Views: 161
    प्रकाशित मिति: २०८० चैत्र २०, मंगलवार ०५:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी
    बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा
    पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस
    Advertisement
    ताजा अपडेट
    • १. द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी

    • २. बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा

    • ३. पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    • ४. मेटाको पहिलो एआई डाटा सेन्टर भारतमा खुल्ने

    • ५.  प्रिय भारतीय पर्यटक, संसार तपाईँको नृत्य गर्ने मञ्च होइन

    चर्चित
    • १. १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन

    • २. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • ३. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • ४. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ५. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.